२४ औँ स्थापना दिवस-कास्की बचत संघ
'सहकारी सामाजिक उत्तरदायित्वका कार्यक्रम बढी प्रभावकारी हुन्छन्'
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
'सहकारी सामाजिक उत्तरदायित्वका कार्यक्रम बढी प्रभावकारी हुन्छन्'

पोखरा, १६ मंसिर । कास्की बचत तथा ऋण सहकारी संघ लि.ले आफ्नो २४ औँ स्थापना दिवस आइतबार पोखरामा खुल्ला रक्तदान कार्यक्रम गरी मनाएको छ । कास्कीका बचत तथा ऋण सहकारी संस्थाहरुको जिल्लास्तरीय संघले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत आयोजना गरेको रक्तदान कार्यक्रमबाट ३४ यूनिट रगत संकलन भएको थियो ।  

कार्यक्रममा प्रमुख अतिथि गण्डकी प्रदेश, सहकारी रजिष्ट्रार कार्यालयका रजिष्ट्रार भेषराज रिजालले सहकारी संस्थाले गर्ने सामाजिक उत्तरदायित्व अन्तर्गतका कार्य समुदाय लक्षित कार्यक्रम हुने भएकोले बढी प्रभावकारी एवम् प्रशंसायोग्य हुने बताउनुभयो । सहकारी रजिष्ट्रार कार्यालयको मुख्य कार्य सहकारीको प्रबद्र्धन, नियमन, तालिम तथा गोष्ठी भएको बताउँदै उहाँले यस क्षेत्रमा यदाकदा देखिएका कमीकमजोरी तथा समस्यालाई चिरफार गरी विद्यमान अवस्थामा सहकारी क्षेत्रको उन्नयनमा सबै जुटेर अगाडी बढ्नुको विकल्प नभएकोमा जोड दिनुभयो । प्रमुख अतिथि रिजालले सहकारी क्षेत्रलाई सुशासनयुक्त र समुदाय लक्षित सहकारी बनाउन सबैको राय सल्लाह आवश्यक रहेको बताए । 

पोखरा महानगरपालिका सहकारी समितिका अध्यक्ष तथा सल्लाहकार रविरमण तिवारीले सहकारीको मूल्य मान्यतालाई कसैले बिर्सन नहुने बताउँदै सहकारी क्षेत्रमा केही समस्या देखिएका छन्, समस्या निराकरण गरी सहकारी क्षेत्र बचाउन हामी सबैको प्रतिबद्धता आवश्यक रहेको उल्लेख गर्नुभयो ।

कार्यक्रमका अध्यक्ष तथा कार्यवाहक अध्यक्ष ईश्वरप्रसाद सुबेदीले समुदाय लक्षित सामाजिक कार्य सहकारी संस्थाले नियमित गराउन सके सहकारीको छवि समुदायमा बढ्ने विश्वास व्यक्त गर्नुभयो । कार्यवाहक अध्यक्ष ईश्वरप्रसाद सुबेदीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव मिनराज तिमिल्सिनाले गर्नुभएको श्रीराम सुबेदीले साकोस आवाजलाई जानकारी गराउनुभयो ।


 

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

७ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

८ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

८ दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

९ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

१० दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

१० दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

१६ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१८ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३५ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

८ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२७ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२७ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२७ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२५ दिन अगाडि

पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न
पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न

४० दिन अगाडि

पाठकबाट थप