काठमाडौं । सरकारले सहकारीसम्बन्धी मौजुदा कानुनमा चाँडै संशोधन गर्ने भएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले यस क्षेत्रको समस्या समाधान गर्न विद्यमान कानुनमा अपुग ऐन, नियम, कार्यविधि बनाएर कानुन परिमार्जनको प्रक्रिया सुरु गरेको हो । मन्त्रालयका अनुसार परिमार्जित विधेयक मन्त्रिपरिषद्मा पठाइने र त्यसलाई सरकारले अध्यादेशमार्फत जारी गर्ने तयारी छ ।
कर्जा सूचना केन्द्र, बचत तथा कर्जा सुरक्षण कोष, बचत तथा ऋण असुली न्यायाधीकरण र नियामक निकायलाई आवश्यक अधिकारको व्यवस्था गरी कार्यविधिको तयारी गरिएको मन्त्रालयले जनाएको छ ।
कानुनविद्, सरोकारवाला पक्षलगायतसग छलफल गरी विधेयक बनाइएको छ । संशोधन हुने कानुनमा समस्याग्रस्त सहकारी तथा आर्थिक अपचलन गरी ठगी गरेका सम्बन्धित सहकारीका सम्पत्ति लिलाम तथा जफत गरी पीडितलाई उनीहरूको निक्षेप अनुपातमा रकम उपलब्ध गराएर न्याय दिलाउने विषयलाई प्राथमिकतामा राखिएको छ ।
सहकारी सिद्धान्तअनुरूप सहकारी सङ्घसंस्थाका स्व–नियमनकारी प्रक्रिया सशक्त बनाइएको कार्यविधिमा सहकारी विकासका लागि सङ्घीय, प्रान्तीय र स्थानीय सरकारको क्षेत्राधिकारलाई जोड दिइएको छ । सङ्घीय सरकारले प्रान्तीय र स्थानीय सरकारका सहकारी निकायलाई आवश्यक नियामक, प्रवर्धनात्मक र प्रशिक्षणलगायत सेवाहरू प्रदान गरिनेछ । सहकारीमा बचतकर्ताको निक्षेप उठ्न नसक्दा पनि कानुनको अभावमा पीडकबाट सम्पत्ति असुली गरी पीडितलाई निक्षेप फिर्ता गर्न सकिएको थिएन ।
७ घण्टा अगाडि
७ घण्टा अगाडि
८ घण्टा अगाडि
२२ घण्टा अगाडि
२३ घण्टा अगाडि
१ दिन अगाडि
१ दिन अगाडि
३ दिन अगाडि
८ घण्टा अगाडि
३ दिन अगाडि
७ घण्टा अगाडि
२२ घण्टा अगाडि
५७५ दिन अगाडि
६६४ दिन अगाडि
६८४ दिन अगाडि
६८५ दिन अगाडि