अन्तर्राष्ट्रिय सहकारी सम्मेलन-२०२४
सहकारीमार्फत समृद्धिका लागि ‘एक्सन एजेण्डा’ जारी
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सहकारीमार्फत समृद्धिका लागि ‘एक्सन एजेण्डा’ जारी

काठमाडौं । भारतमा सम्पन्न अन्तर्राष्ट्रिय सहकारी सम्मेलन–२०२४ ले सहकारीमार्फत समृद्धिका लागि कार्यसूची एक्सन एजेण्डा जारी गरेको छ । विश्वव्यापी साझा चुनौतीहरुको सामनाका लागि सबै सरोकारवालाहरुको सहभागितामा असमानता, जलवायु संकट, आर्थिक अस्थिरता, युद्ध तथा अशान्ति, खुम्चिदो नागरिक अधिकारका पक्षमा सहकारीले आवाज बुलन्द गर्नुपर्ने भन्दै सम्मेलनले साझा ऐक्यबद्धता जनाएको हो ।

‘सहकारी भविष्यका लागि नयाँ दिल्ली एक्सन एजेण्डाः सबैका लागि समृद्धि’ नाम दिइएको उक्त एजेण्डाका ४ वटा मुख्य स्तम्भ रहेका छन् । 
१. सहकारी परिचयमा जोड
२. नीतिगत, कानूनी एवम् उद्यमशील पारिस्थितिक प्रणाली   
३. बलियो नेतृत्व विकास 
४. दिगो ‘सहकारी भविष्य’ निर्माण 

यी एजेण्डाहरुको पूर्ण कार्यान्वयनका लागि आईसीएले सबै सम्वद्ध पक्षहरुलाई आग्रह गरेको छ । नयाँ दिल्ली अन्र्राष्ट्रिय सहकारी सम्मेलनले यी एजेण्डा कार्यान्वयनका लागि मुख्य ७ सरोकारवालाहरु रहेको निचोडसहित प्रत्येक सरोकारवालाको अपेक्षित भूमिकाका सम्बन्धमा पनि विस्तृतमा उल्लेख गरेको छ ।

आईसीएले सहकारीमार्फत समृद्धि हासिल गर्ने दिशामा सहकारी संस्थाहरु, समुदाय, नागरिक समाज, निजी क्षेत्र, विचार प्रवर्तकहरु, सरकारी तथा नीति निर्माताहरु र बहुराष्ट्रिय कम्पनीहरु गरी सात निकायको भूमिका उल्लेख्य रहने जनाएको छ । 

संयुक्त राष्ट्र संघीय अन्तर्राष्ट्रिय सहकरी वर्ष २०२५ को औपचारिक सुरुवात भएको परिप्रेक्ष्य तथा अन्तर्राष्ट्रिय सहकारी सम्मेलनमा सहभागी विश्व सहकारी अभियानले सहकारीमार्फत समृद्धिको सपना लक्ष्य पूरा गर्न सामाजिक न्याय, दिगो शान्ति र समृद्धिका दिशामा मिलेर काम गर्ने साझा प्रतिबद्धता जाहेर गरेका हुन् । नोभेम्बर २५ मा सुरु भएको सम्मेलन नोभेम्बर २७ मा सम्पन्न भएको थियो । 


 

भर्खरै
तनहुँमा पुँजी पर्याप्तता विश्लेषण तालिम सम्पन्न
तनहुँमा पुँजी पर्याप्तता विश्लेषण तालिम सम्पन्न

६ घण्टा अगाडि

अर्घाखाँचीमा सहकारी सिद्धान्त अनुशिक्षण कार्यक्रम सम्पन्न
अर्घाखाँचीमा सहकारी सिद्धान्त अनुशिक्षण कार्यक्रम सम्पन्न

७ घण्टा अगाडि

इटहरीमा पुँजी पर्याप्तता विश्लेषण तालिम सम्पन्न
इटहरीमा पुँजी पर्याप्तता विश्लेषण तालिम सम्पन्न

७ घण्टा अगाडि

शिवज्योति साकोसको स्थलगत सुपरिवेक्षण कार्यक्रम सम्पन्न
शिवज्योति साकोसको स्थलगत सुपरिवेक्षण कार्यक्रम सम्पन्न

८ घण्टा अगाडि

जनकल्याण साकोसको स्क्यान अनुगमन कार्य सम्पन्न
जनकल्याण साकोसको स्क्यान अनुगमन कार्य सम्पन्न

९ घण्टा अगाडि

सहकारी सिद्धान्त अनुशिक्षण तथा स्क्यान  अभिमुखीकरण कार्यक्रम  गुल्मिमा सम्पन्न 
सहकारी सिद्धान्त अनुशिक्षण तथा स्क्यान अभिमुखीकरण कार्यक्रम  गुल्मिमा सम्पन्न 

१ दिन अगाडि

साकोस अनुगमनमा निरन्तरता, साथै स्क्यान कार्यक्रमको सम्झौता
साकोस अनुगमनमा निरन्तरता, साथै स्क्यान कार्यक्रमको सम्झौता

१ दिन अगाडि

सहकारीमा सम्पत्ति शुद्धिकरण निवारण सम्बन्धी तालिम सम्पन्न
सहकारीमा सम्पत्ति शुद्धिकरण निवारण सम्बन्धी तालिम सम्पन्न

१ दिन अगाडि

पाठकबाट थप