नेफ्स्कून झापा सदस्य सेवा कार्यालयको आयोजनामा दुई महत्वपूर्ण कार्यक्रम
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नेफ्स्कून झापा सदस्य सेवा कार्यालयको आयोजनामा दुई महत्वपूर्ण कार्यक्रम

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) झापा सदस्य सेवा कार्यालयको आयोजनामा मंसिर २७ गते व्यवस्थापन उपसमितिको बैठक बस्नुका साथै उद्यमशीलता विकास सेवा कार्यक्रम समेत सम्पन्न भएको छ ।

नेफ्स्कून झापा सदस्य सेवा कार्यालय व्यवस्थापन उपसमिति संयोजक नेफ्स्कून महासचिव घनश्याम अधिकारीको अध्यक्षतामा बसेको बैठकले संघको आसन्न ३३औं वार्षिक साधारण सभालाई व्यापक सहभागितासहित उत्साहपूर्वक सम्पन्न गर्न स्थानीय साकोसहरुको उल्लेख्य सहभागिता सुनिश्चित गर्ने निर्णय गरेको छ । त्यसका लागि उपसमितिका सदस्यहरु, जिल्ला र प्रदेश संघ, स्थानीय अगुवा सहकारीकर्मीहरु तथा व्यवस्थापनको सहयोग र प्रयासलाई थप ‘पुष’ गर्ने निर्णय गरेको छ । उपसमितिले अन्य समसामयिक विषयहरुमा पनि छलफलसहित राय, सल्लाह र सुझावहरु संकलन गरेको छ ।

यस्तै, संघको स्थानीय व्यवस्थापनलाई पनि केही मार्गनिर्देशनहरु प्रदान गरेको छ । बैठकमा आमन्त्रित अतिथिका रुपमा झापा बचत संघका अध्यक्ष तुलाराम न्यौपाने सहभागी हुनुभएको थियो भने संघको झापा सदस्य सेवा कार्यालय व्यवस्थापन उपसमिति सदस्यहरु बुद्धिसागर बराल र पवित्रा सुब्बा (महिला उपाध्यक्ष, सहारा साकोस) को उपस्थिति रहेको नेफ्स्कून सदस्य सेवा कार्यालय प्रमुख रेग्मीले जानकारी गराउनुभयो ।

यसैगरी, उद्यमशीलता विकास सेवा सम्बन्धी कार्यक्रम अन्तर्गत नेफ्स्कूनको कुनै न कुनै गुणस्तर सुनिश्चितता कार्यक्रममा आवद्ध ९ स्थानीय साकोसका व्यवस्थापन प्रमुखहरुको सहभागिता थियो । नेफ्स्कून झापा सदस्य सेवा कार्यालय व्यवस्थापन उपसमिति सदस्य बुद्धिसागर बराल समेत सहभागी कार्यक्रममा विषवस्तुबारे सहजीकरण सदस्य सेवा कार्यालय प्रमुख रिसभराज रेग्मीले गर्नुभएको थियो ।

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप