नेफ्स्कूनको ३३औं वार्षिक साधारणसभामा सहभागिताको अवसर छुटाउँदैनौं 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नेफ्स्कूनको ३३औं वार्षिक साधारणसभामा सहभागिताको अवसर छुटाउँदैनौं 

काठमाडौं । नेफ्स्कूनको ३३औं वार्षिक साधारणसभाको मिति नजिकिदैं गर्दा देशैभरका यसका सदस्य संघ संस्थाहरुमा उत्साह सञ्चार भएको छ । साकोस अभियानलाई मार्गदिर्नेशित गर्ने केन्द्रीय संघको साधारणसभामा सहभागी भई निर्णयप्रक्रियामा सामेल हुने अवसर छुटाउन नहुने भन्दै सदस्यहरु उत्साहित भएका हुन् । यस्तै, सकारात्मक उत्साह नेफ्स्कून दाङ सदस्य सेवा कार्यालय अन्तर्गतका सदस्य साकोसहरुमा पनि रहेको पाइएको छ ।  

नेफ्स्कूनका बरिष्ठ उपाध्यक्ष एवम् सदस्य सेवा कार्यालय व्यवस्थापन उपसमिति संयोजक दामोदर अधिकारीको अध्यक्षतामा दाङ सदस्य सेवा कार्यालय अन्गर्तका साकोसहरुका अध्यक्षहरुसँग आज सम्पन्न अन्तरक्रिया कार्यक्रममा पुस ५ र ६ गते बुटवलमा हुने संघको साधारणसभामा सहभागी हुने विषयमा एकमत भएको हो । यसैगरी, आसपासका अन्य साकोसहरुलाई पनि साधारणसभामा सहभागिताका लागि आग्रह गर्ने सहमति भएको छ । 

नेफ्स्कूनको ३३ औं वार्षिक साधारणसभा सहभागिता सहजीकरण अन्तरक्रिया कार्यक्रममा सहभागीहरु दाङ र प्युठानका साकोसका अध्यक्षहरुले नेफ्स्कूनको वास्तविक स्थिति थाहा पाउन, सञ्चालक समितिको प्रतिवद्धताहरु र प्रतिवेदनबारे प्रष्ट हुन तथा भावी रणनीति तय गर्ने कार्यमा सहभागी हुने अधिकारको पूर्ण सदुपयोग गर्न बुटवल जाने विचार व्यक्त गर्नुभएको थियो ।

उक्त अवसरमा नेफ्स्कूनका बरिष्ठ उपाध्यक्ष अधिकारीले सभाको मुख्य उद्देश्य र मर्म मर्न नदिइ आन्तरिक पर्यटनको प्रवर्धनमा सहकारी क्षेत्रले हातेमालो गर्ने अवसरका रुपमा समेत यो साधारणसभाको तयारी भएको जानकारी गराउनुभयो ।

यसले सरकार र सहकारी अभियानको सम्बन्ध तथा समुदाय र सहकारीको सम्बन्ध पनि झनै बलियो बन्ने विश्वास उहाँले व्यक्त गर्नुभयो । संघको ३३औं वार्षिक साधारणसभा व्यवस्थापन उपसमितिका समेत संयोजक बरिष्ठ उपाध्यक्ष अधिकारीले यो दुई दिने साधारणसभा साकोस अभियानको समसामयिक विषयमा विषयविज्ञहरुबाट हुने गहन प्रस्तुतीकरणका कारण पनि विशेष हुने दाबी गर्नुभयो । 

आजको अन्तरक्रियामा संघको सदस्य सेवा कार्यालय व्यवस्थापन उपसमितिका सदस्यहरु शिवध्वज मल्ल, नेत्रमणि आचार्य, सुष्मा कुमारी रेग्मी र दुर्गा प्रसाद शर्मा लगायतको सहभागिता थियो । यसैबीच, आजै दाङ सदस्य सेवा कार्यालय व्यवस्थापन उपसमितिको बैठक समेत बसी संघको आसन्न वार्षिक साधारण सभालाई सभ्य र भव्य रुपमा सम्पन्न गर्ने दिशामा जिम्मेवारीपूर्वक काम गर्ने, आवश्यक सबै तयारी गर्ने, सक्रियता  प्रदर्शन गर्ने र व्यापक सहभागिता सुनिश्चित गर्ने निर्णय समेत गरेको छ  । यसैगरी, बैठकले स्थानीय व्यवस्थापनलाई पनि मार्गनिर्देशन दिएको सदस्य सेवा कार्यालय इन्चार्ज विष्णु जोशीले बताउनुभयो ।

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

२४ घण्टा अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

१ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

५ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप