नेफ्स्कूनको ३३औं वार्षिक साधारणसभामा सहभागिताको अवसर छुटाउँदैनौं 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नेफ्स्कूनको ३३औं वार्षिक साधारणसभामा सहभागिताको अवसर छुटाउँदैनौं 

काठमाडौं । नेफ्स्कूनको ३३औं वार्षिक साधारणसभाको मिति नजिकिदैं गर्दा देशैभरका यसका सदस्य संघ संस्थाहरुमा उत्साह सञ्चार भएको छ । साकोस अभियानलाई मार्गदिर्नेशित गर्ने केन्द्रीय संघको साधारणसभामा सहभागी भई निर्णयप्रक्रियामा सामेल हुने अवसर छुटाउन नहुने भन्दै सदस्यहरु उत्साहित भएका हुन् । यस्तै, सकारात्मक उत्साह नेफ्स्कून दाङ सदस्य सेवा कार्यालय अन्तर्गतका सदस्य साकोसहरुमा पनि रहेको पाइएको छ ।  

नेफ्स्कूनका बरिष्ठ उपाध्यक्ष एवम् सदस्य सेवा कार्यालय व्यवस्थापन उपसमिति संयोजक दामोदर अधिकारीको अध्यक्षतामा दाङ सदस्य सेवा कार्यालय अन्गर्तका साकोसहरुका अध्यक्षहरुसँग आज सम्पन्न अन्तरक्रिया कार्यक्रममा पुस ५ र ६ गते बुटवलमा हुने संघको साधारणसभामा सहभागी हुने विषयमा एकमत भएको हो । यसैगरी, आसपासका अन्य साकोसहरुलाई पनि साधारणसभामा सहभागिताका लागि आग्रह गर्ने सहमति भएको छ । 

नेफ्स्कूनको ३३ औं वार्षिक साधारणसभा सहभागिता सहजीकरण अन्तरक्रिया कार्यक्रममा सहभागीहरु दाङ र प्युठानका साकोसका अध्यक्षहरुले नेफ्स्कूनको वास्तविक स्थिति थाहा पाउन, सञ्चालक समितिको प्रतिवद्धताहरु र प्रतिवेदनबारे प्रष्ट हुन तथा भावी रणनीति तय गर्ने कार्यमा सहभागी हुने अधिकारको पूर्ण सदुपयोग गर्न बुटवल जाने विचार व्यक्त गर्नुभएको थियो ।

उक्त अवसरमा नेफ्स्कूनका बरिष्ठ उपाध्यक्ष अधिकारीले सभाको मुख्य उद्देश्य र मर्म मर्न नदिइ आन्तरिक पर्यटनको प्रवर्धनमा सहकारी क्षेत्रले हातेमालो गर्ने अवसरका रुपमा समेत यो साधारणसभाको तयारी भएको जानकारी गराउनुभयो ।

यसले सरकार र सहकारी अभियानको सम्बन्ध तथा समुदाय र सहकारीको सम्बन्ध पनि झनै बलियो बन्ने विश्वास उहाँले व्यक्त गर्नुभयो । संघको ३३औं वार्षिक साधारणसभा व्यवस्थापन उपसमितिका समेत संयोजक बरिष्ठ उपाध्यक्ष अधिकारीले यो दुई दिने साधारणसभा साकोस अभियानको समसामयिक विषयमा विषयविज्ञहरुबाट हुने गहन प्रस्तुतीकरणका कारण पनि विशेष हुने दाबी गर्नुभयो । 

आजको अन्तरक्रियामा संघको सदस्य सेवा कार्यालय व्यवस्थापन उपसमितिका सदस्यहरु शिवध्वज मल्ल, नेत्रमणि आचार्य, सुष्मा कुमारी रेग्मी र दुर्गा प्रसाद शर्मा लगायतको सहभागिता थियो । यसैबीच, आजै दाङ सदस्य सेवा कार्यालय व्यवस्थापन उपसमितिको बैठक समेत बसी संघको आसन्न वार्षिक साधारण सभालाई सभ्य र भव्य रुपमा सम्पन्न गर्ने दिशामा जिम्मेवारीपूर्वक काम गर्ने, आवश्यक सबै तयारी गर्ने, सक्रियता  प्रदर्शन गर्ने र व्यापक सहभागिता सुनिश्चित गर्ने निर्णय समेत गरेको छ  । यसैगरी, बैठकले स्थानीय व्यवस्थापनलाई पनि मार्गनिर्देशन दिएको सदस्य सेवा कार्यालय इन्चार्ज विष्णु जोशीले बताउनुभयो ।

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

५ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

७ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

७ दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

८ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

८ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

९ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

१५ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१६ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

७ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३३ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२२ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२५ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२५ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२३ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३१ दिन अगाडि

पाठकबाट थप