सहकारी मूल्य, मान्यता र सिद्धान्तप्रति नेतृत्व प्रतिबद्ध हुनुपर्छ: नेफ्स्कून उपाध्यक्ष अधिकारी
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सहकारी मूल्य, मान्यता र सिद्धान्तप्रति नेतृत्व प्रतिबद्ध हुनुपर्छ:  नेफ्स्कून उपाध्यक्ष अधिकारी

काठमाडौं । नेफ्स्कून र चितवन जिल्ला बचत तथा ऋण सहकारी संघ (चिस्कूनको) साझेदारी कार्यक्रम अन्तगर्त संचालक समिति, लेखा सुपरिवेक्षण समिति र उपसमितिहरुको क्षमता विकास तालिम मंसिर २६ गते चितवन सम्पन्न भएको छ । तालिममा संघको सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति र उपसमिति बाट ३० जनाको सहभागिता रहको थियो । तालिमबाट नीति विधि र प्रविधिमा अझ सशक्त ढंगले संघ अघि बढ्ने विश्वास लिइएको छ ।

चिस्कूनकी अध्यक्ष विद्या कोइरालाको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा संघको संचालक समिति, लेखा सुपरिवेक्षण समिति, उपसमिति तथा उच्च् व्यवस्थापनको सहभागिता थियो । उद्घाटन कार्यक्रम संचालन संघका सचिवको रहेको थियो ।

तालिम समापनमा नेफ्स्कूनकी उपाध्यक्ष शान्ति अधिकारीले संघको सञ्चालक समिति दक्ष र सहकारीको मूल्य मान्यता परिपालनाप्रति प्रतिवद्ध हुनुपर्नेमा जोड दिनुभयो  । उहाँले नेत्तृत्वले आफूले काम गरेर अरुलाई देखाउने भएकाले मूल्य, मान्यता र सिद्धान्त परिपालनामा कुनै सम्झौता गर्न नहुने धारणा राख्नुभयो ।

प्रारम्भिक संस्थाको सुदृढीकरण र सबलीकरण साथै शुसासन कायम गर्न स्तरीकरण कार्यक्रममा आवद्ध हुनुपर्ने उहाँले बताउनुभयो । साकोसमा एक पटकको सञ्चालक जीवनभर सञ्चलक हुने भएकाले साकोस सञ्चालन गर्दा नीति, विधि र निर्देशनलाई परिपालना गर्नुपर्ने उपाध्यक्ष अधिकारीले बताउनुभयो । सरकारले हाल अध्ययदेश मार्फत सहकारी कानुन संसोधन गर्न लागिरहेको सन्दर्भमा नेफ्स्कूनले उक्त विधेयक संसोधनको लागी सुझाव दिएको जानकारी पनि उहाँले गराउनुभयो ।


 

भर्खरै
घण्टीमाइ साकोस बाराको स्थलगत सुपरिवेक्षण सम्पन्न
घण्टीमाइ साकोस बाराको स्थलगत सुपरिवेक्षण सम्पन्न

७ घण्टा अगाडि

स्क्यान कार्यक्रम अन्तर्गत द गोर्खाज  साकोसको स्थलगत सुपरिवेक्षण
स्क्यान कार्यक्रम अन्तर्गत द गोर्खाज  साकोसको स्थलगत सुपरिवेक्षण

८ घण्टा अगाडि

सूर्यदर्शन साकोस झापाको स्थलगत सुपरिवेक्षण सम्पन्न
सूर्यदर्शन साकोस झापाको स्थलगत सुपरिवेक्षण सम्पन्न

८ घण्टा अगाडि

चुरेसंरक्षण महिला सहकारीमा नेफ्स्कूनद्वारा स्थलगत सुपरिवेक्षण सम्पन्न
चुरेसंरक्षण महिला सहकारीमा नेफ्स्कूनद्वारा स्थलगत सुपरिवेक्षण सम्पन्न

९ घण्टा अगाडि

शेयर सदस्यहरुका लागि सहकारी शिक्षा तालिम मार्फत सुन्दर अमरगढी साकोसले मनायो चौथो वार्षिक साधारण सभा
शेयर सदस्यहरुका लागि सहकारी शिक्षा तालिम मार्फत सुन्दर अमरगढी साकोसले मनायो चौथो वार्षिक साधारण सभा

१ दिन अगाडि

संगम साकोसमा नेफ्स्कूनद्वारा स्थलगत सुपरिवेक्षण
संगम साकोसमा नेफ्स्कूनद्वारा स्थलगत सुपरिवेक्षण

१ दिन अगाडि

बारा  स्थित सप्तरंगी साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
बारा  स्थित सप्तरंगी साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

१ दिन अगाडि

सिमरा महिला साकोस बाराको स्थलगत सुपरिवेक्षण सम्पन्न
सिमरा महिला साकोस बाराको स्थलगत सुपरिवेक्षण सम्पन्न

२ दिन अगाडि

लोकप्रिय
सूर्यदर्शन साकोस झापाको स्थलगत सुपरिवेक्षण सम्पन्न
सूर्यदर्शन साकोस झापाको स्थलगत सुपरिवेक्षण सम्पन्न

८ घण्टा अगाडि

चुरेसंरक्षण महिला सहकारीमा नेफ्स्कूनद्वारा स्थलगत सुपरिवेक्षण सम्पन्न
चुरेसंरक्षण महिला सहकारीमा नेफ्स्कूनद्वारा स्थलगत सुपरिवेक्षण सम्पन्न

९ घण्टा अगाडि

घण्टीमाइ साकोस बाराको स्थलगत सुपरिवेक्षण सम्पन्न
घण्टीमाइ साकोस बाराको स्थलगत सुपरिवेक्षण सम्पन्न

७ घण्टा अगाडि

नयाँ दिल्लीमा Co–op कुम्भ २०२५ अन्तर्राष्ट्रिय सम्मेलन, नेपालका नेफ्स्कून अध्यक्ष चन्द्रप्रसाद ढकालको सहभागिता
नयाँ दिल्लीमा Co–op कुम्भ २०२५ अन्तर्राष्ट्रिय सम्मेलन, नेपालका नेफ्स्कून अध्यक्ष चन्द्रप्रसाद ढकालक...

४ दिन अगाडि

सहकारीमा योग्यता तथा उपयुक्तता परीक्षण सम्बन्धि तालिम सम्पन्न
सहकारीमा योग्यता तथा उपयुक्तता परीक्षण सम्बन्धि तालिम सम्पन्न

२ दिन अगाडि

प्रोवेसन कार्यक्रम अन्तर्गत गौरीशंकर साकोसको स्थलगत सुपरिवेक्षण...
प्रोवेसन कार्यक्रम अन्तर्गत गौरीशंकर साकोसको स्थलगत सुपरिवेक्षण...

३१ दिन अगाडि

एक्सेस कार्यक्रम अन्तर्गत जनकल्याण साकोसको स्थलगत सुपरिवेक्षण
एक्सेस कार्यक्रम अन्तर्गत जनकल्याण साकोसको स्थलगत सुपरिवेक्षण

३६ दिन अगाडि

विकू साकोसद्धारा स्कुलमा देउसी भैलो कार्यक्रम...
विकू साकोसद्धारा स्कुलमा देउसी भैलो कार्यक्रम...

२८ दिन अगाडि

पाठकबाट थप