महासंघको आयोजनामा सहकारी सुशासन प्रवर्धन अभिमुखीकरण कार्यक्रम भोलि काठमाडौंमा हुँदै
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
महासंघको आयोजनामा सहकारी सुशासन प्रवर्धन अभिमुखीकरण कार्यक्रम भोलि काठमाडौंमा हुँदै

काठमाडौं । राष्ट्रिय सहकारी महासंघको आयोजनामा बागमती प्रदेश केन्द्रीत सहकारी सुशासन प्रवर्धन सम्बन्धी प्रादेशिक अभिमुखीकरण कार्यक्रम मंगलबार, पुस २ गते काठमाडौंमा सञ्चालन हुने भएको छ । सहकारी अभियानको महत्वपूर्ण केन्द्र बागमती प्रदेश भएकाले पनि यो कार्यक्रमलाई विशेष रुपमा हेरिएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको सहयोगमा आयोजना हुने यस कार्यक्रममा सहकारी सुशासन प्रवद्र्धनमा सरोकारवालाको भूमिका स्पष्ट पार्ने र प्रदेशभित्रका चुनौतीहरूको समाधान खोज्ने मुख्य उद्देश्य रहेको महासंघका अध्यक्ष ओमदेवी मल्लले बताउनुभएको छ ।

कार्यक्रममा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री माननीय बलराम अधिकारीले विशेष सम्बोधन गर्नुहुनेछ । सहकारी अभियानलाई नजिकबाट नियालेका पूर्व अर्थमन्त्री र नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर डा. युवराज खतिवडा प्रमुख वक्ताका रूपमा सहभागी हुनेहुन्छ ।

राष्ट्रिय सहकारी महासंघकी अध्यक्ष ओमदेवी मल्लले सहकारी अभियान र यसको पछिल्लो चुनौतीका विषयमा आफ्नो विचार प्रस्तुत गर्नुहुनेछ । सहकारी विभागका रजिष्ट्रार पिताम्बर घिमिरेले “सहकारी सुशासन प्रवद्र्धनः सरोकारवाला निकायहरूको भूमिका“ शीर्षकमा कार्यपत्र प्रस्तुत गर्नुहुने छ । 

सहकारीका वर्तमान समस्या र समाधानका उपायहरूमाथि केन्द्रित प्यानल छलफल कार्यक्रमका अर्को मुख्य आकर्षणका रुपमा रहेको छ । 

प्यानल सदस्यहरू राष्ट्रिय सहकारी विकास बोर्डका सदस्य सचिव डा. खगराज शर्मा,बागमती प्रदेशका संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयका रजिष्ट्रार राजन पोखरेल, बागमती प्रदेश सहकारी संघका अध्यक्ष रामशरण शर्मा घिमिरे, काठमाडौं महानगरपालिका सहकारी शाखा प्रमुख नमराज ढकाल हुनुहुन्छ । कार्यक्रम मोडरेशन महासंघकी महाप्रबन्धक चित्राकुमारी थाम्सुहाङ सुब्बाले गर्नुहुनेछ ।  

देशभरका सहकारी संस्थाहरूको ३५ प्रतिशत यस प्रदेशमा रहेको छ । २७ लाखभन्दा बढी सहकारी सदस्य बागमती प्रदेशमा छन् । कुल शेयर पुँजीको ५४.६४ प्रतिशत, बचतको ४५ प्रतिशत र कर्जा पोर्टफोलियोको ४६ प्रतिशत बागमती प्रदेशका सहकारी संस्थाहरूले ओगटेका छन् । 

सहकारी क्षेत्रमा सुशासन प्रवद्र्धन र नयाँ दिशानिर्देश प्राप्त गर्न यो कार्यक्रम महत्वपूर्ण हुने अपेक्षा गरिएको छ ।

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप