३३औं वार्षिक साधारणसभाको अन्तिम तयारी
नेफ्स्कूनद्वारा पूर्व अध्यक्षहरुसँग परामर्श
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नेफ्स्कूनद्वारा पूर्व अध्यक्षहरुसँग परामर्श

काठमाडौं । ३३औं वार्षिक साधारणसभाको अन्तिम तयारीमा रहेको नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) ले आज पूर्व अध्यक्षहरु एवम्  सल्लाहकारहरुसँग परामर्श गरेको छ । साधारणसभालाई सफलापूर्वक सम्पन्न गर्ने सिलसिलामा नेफ्स्कूनका अध्यक्ष चन्द्रप्रसाद ढकाल, महासचिव घनश्याम अधिकारी, कोषाध्यक्ष दिपक थापा र प्रमुख कार्यकारी अधिकृत डा.शिवजी सापकोटा लगायतले आज अपरान्ह संघका पूर्व अध्यक्षहरु परितोष पौड्याल, डीबी बस्नेत, ऋषिराज घिमिरे र मिनराज कडेलसँग राय, सल्लाह, सुझाव लिनुभएको हो ।

कार्यक्रममा पूर्व अध्यक्षहरुले नेफ्स्कूनको वित्तीय अवस्थामा उल्लेख्य सुधार भएको भन्दै प्रशंसा गर्नुभएको थियो । साथै उहाँहरुले सहकारी अभियानका चुनौतीहरुको सामना एक ढिक्का भएर गर्ने विषयमा पनि नेफ्स्कूनको बुटवल साधारणसभाले बलियो सन्देश प्रवाह गर्ने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा नेफ्स्कूनका अध्यक्ष ढकाल, महासचिव अधिकारी, कोषाध्यक्ष थापा र प्रमुख कार्यकारी अधिकृत सापकोटाले साधारणसभालाई सफल बनाउन सबै किसिमका तयारीहरु अन्तिम चरणमा रहेको भन्दै संघले वित्तीय लगायत सुशासनका क्षेत्रमा उल्लेख्य सुधार गरेको तथ्याङ्क र दाबी समेटिएको प्रतिवेदनका मुख्य विषयहरु जानकारी गराउनुभएको थियो । साथै उहाँहरुले अग्रजहरुको सल्लाह र मार्गदर्शनले साकोस अभियानलाई बलियो बनाउने पनि जानकारी गराउनुभएको थियो ।

नेफ्स्कूनको ३३औं वार्षिक साधारणसभा पुस ५ र ६ गते बुटवलमा आयोजना हुँदैछ ।

भर्खरै
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

५ दिन अगाडि

पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न

बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड

६ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम सुलभ साकोसमा सम्पन्न

जनआकांक्षा महिला साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

नेफ्स्कूनद्धारा नशिक साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

७ दिन अगाडि

लोकप्रिय
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१० दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

९ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

८ दिन अगाडि

पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न

१५ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

२९ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

३२ दिन अगाडि

पाठकबाट थप