नेफ्स्कूनको ३३औं वार्षिक साधारण सभासम्बन्धी पत्रकार भेटघाट
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नेफ्स्कूनको ३३औं वार्षिक साधारण सभासम्बन्धी पत्रकार भेटघाट

बुटवल, रुपन्देही । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) ले बुटवलमा पुस ५ र ६ गते हुने आफ्नो ३३औं वार्षिक साधारण सभासम्बन्धी जानकारी स्थानीय पत्रकारहरुलाई गराएको छ । संघले पुस ३ गते पत्रकार भेटघाट कार्यक्रममार्फत स्थानीय सञ्चारमाध्यममा आवद्ध पत्रकारहरुसँग अन्तरक्रियात्मक भेटघाट गरेको हो ।

संघका अध्यक्ष चन्द्रप्रसाद ढकाल, बरिष्ठ उपाध्यक्ष एवम् ३३औं वार्षिक साधारण सभा व्यवस्थापन उपसमिति संयोजक दामोदर अधिकारी, उपाध्यक्ष शान्ती अधिकारी, महासचिव घनश्याम अधिकारी, सञ्चालकहरु कमलादेवि गिरी, ज्ञानु पौड्याल, लुम्बिनी प्रोस्कूनका अध्यक्ष कृष्ण नेपाल, प्रमुख कार्यकारी अधिकृत डा. शिवजी सापकोटा लगायतले पत्रकारहरुसँग साधारणसभाको तयारी, कार्यसूची, प्रस्तुतीकरण, आन्तरिक पर्यटन प्रवर्धनमा सहकारीको भूमिका लगायत थुप्रै विषयमा जानकारी गराउनुभएको थियो । 

सो अवसरमा पत्रकारहरुको जिज्ञासाको सम्बोधन गरिनुका साथै नेफ्स्कूनको बुटवल साधारण सभालाई भव्य रुपमा सफल पार्न तथा मुलुकको सहकारी अभियानलाई पुनर्जागृत गराउन सञ्चारमाध्यमको भूमिका अहम् हुने धारणा संघको तर्फबाट राखिएको थियो ।  

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

७ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

पाठकबाट थप