नेफ्स्कूनको ३३औं वार्षिक साधारण सभाको उद्घाटन
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नेफ्स्कूनको ३३औं वार्षिक साधारण सभाको उद्घाटन

बुटवल, रुपन्देही । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) को ३३औं वार्षिक साधारण सभाको उद्घाटन सम्पन्न भएको छ । नेफ्स्कूनका अध्यक्ष चन्द्रप्रसाद ढकालको अध्यक्षतामा आयोजित सभाको उद्घाटन भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले लुम्बिनी प्रदेशको बुटवलस्थित बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा एक समारोहका बीच आज बिहान उद्घाटन गर्नुभएको छ । औपचारिक उद्घाटन सँगै संघको ३३औं वार्षिक साधारण सभा पनि विधिवत् शुरु भएको छ ।

दुई दिनसम्म चल्ने साधारण सभामा संघका बरिष्ठ उपाध्यक्ष दामोदर अधिकारीले स्वागत मन्तव्य राख्नुभएको छ । कार्यक्रम सञ्चालन संघका महासचिव घनश्याम अधिकारीको रहेको छ । 

सभामा लुम्बिीनी नेकपा एमाले सहकारी विभाग प्रमुख खगराज अधिकारी, राष्ट्रिय सहकारी महासंघ नेपालकी अध्यक्ष ओमदेवी मल्ल तथा अन्य विषयगत केन्द्रीय सहकारी संघका अध्यक्ष तथा प्रतिनिधिहरु, राष्ट्रिय सहकारी विकास बोर्डका सह–अध्यक्ष मित्रराज दवाडी, यसैगरी, बुटवल उप–महानगरपालिकाका प्रमुख खेलराज पाण्डेय, तिलोत्तमा, रुपन्देहीस्थित विभिन्न स्थानीय निकायका प्रमुख तथा उपप्रमुखहरु, सहकारी विभागका रजिष्ट्रार पिताम्बर घिमिरे, संघका पूर्व अध्यक्षहरु, नेफ्स्कून पूर्व सञ्चालक समिति तथा लेखा सुपरिवेक्षण समितिका पदाधिकारी एवम् सदस्यहरु, संघको रणनीतिक साझेदार निकायका प्रतिनिधिहरु, लुम्बिनी प्रोस्कूनका अध्यक्ष कृष्ण नेपाल, बागमती प्रोस्कूनका अध्यक्ष उद्धव सापकोटा, नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष, स्थानीय बुद्धिजीवी तथा पत्रकारहरु लगायतको आतिथ्यता रहेको छ ।

सभामा संघकी उपाध्यक्ष शान्ती अधिकारी, कोषाध्यक्ष दिपक थापा, लेखा सुपरिवेक्षण समिति संयोजक इन्द्रराज ज्योति पौडेल लगायत संघको सिङ्गो सञ्चालक समिति तथा लेखा सुपरिवेक्षण समितिसँगै डा.शिवजी सापकोटा नेतृत्वको व्यवस्थापन समूह, देशभरबाट सहभागी सदस्य संघ संस्थाका प्रतिनिधिहरुको उल्लेख्य सहभागिता छ । नेफ्स्कूनले १६ वर्षपछि काठमाडौं उपत्यकाबाहिर वार्षिक साधारण सभा आयोजना गरेको हो ।
 
लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप