सहकारी अभियानसँग मिलेर काम गर्दा समृद्धिको आधार तयार हुन्छः बुटवल उपमहानगर प्रमुख पाण्डेय
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सहकारी अभियानसँग मिलेर काम गर्दा समृद्धिको आधार तयार हुन्छः बुटवल उपमहानगर प्रमुख पाण्डेय

बुटवल, रुपन्देही । बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले मुलुकको समृद्धिको आधार सहकारी भएको बताउनुभएको छ । पुस ५ गते बुटवलमा आयोजित नेफ्स्कूनको ३३औं वार्षिक साधारणसभाको उद्घाटन कार्यक्रममा नगरप्रमुख पाण्डेयले भन्नुभयो, ‘हामीले चाहेको समृद्धि हो र समृद्धिको लागि सहकारी मुख्य आधार हो ।’ 

उहाँले सहकारी अभियन्ताहरु समुदायमा भिजेको व्यक्तिहरु हुने भन्दै उहाँहरुसँग मिलेर काम गर्दा समृद्धिको आधार तयार गर्न सकिने विश्वास व्यक्त गर्नुभयो ।

प्रमुख पाण्डेयले भन्नुभयो, ‘सहकारी अभियन्ताहरु प्रत्येक घर पुग्नुभएको हुन्छ । प्रत्येक परिवारका प्रत्येक सदस्य चिन्नुहुन्छ, हरेकका समस्यासँग जानकार हुनुहुन्छ, त्यसैले उहाँहरुसँग मिलेर सबैलाई सँगसँगै लिएर हिड्न सक्यौं भने स्थानीय पालिकाको अनुहार फेरिन्छ ।’

उहाँले भन्नुभयो, ‘सहकारीको सबल सन्देश देशभर जान सकोस्, दुई चारवटा सहकारीले बदमासी गरेर सहकारीका लागि जीवनभर कठिन परिश्रम गरेका सहकारी अभियन्ताहरुको शीर निहुराउनुपर्ने स्थिति नहोस् भन्नका लागि हामी कठिनभन्दा कठिन निर्णय लिन तयार छौं । 

आफू सहकारी अभियन्ताहरुको सहयोगबाट जनप्रतिनिधि हुने अवसर पाएको बताउँदै उहाँले सहकारीकर्मीहरुप्रति आफ्नो धेरै ठूलो सम्मान रहेको पनि उल्लेख गर्नुभयो । सहकारीलाई अझै कसरी जनस्तरसम्म लाने र विश्वासिलो बनाउने, उत्पादन र आयआर्जनसँग जोडेर दिगोपन दिने विषयमा बुटवल उपमहानगरपालिकाको चासो रहेको प्रमुख पाण्डेयले बताउनुभयो । 

एक अर्को प्रसङ्गमा उहाँले स्थानीय पालिकामा संघ र प्रदेशमा दर्ता भएका सहकारीहरु आउँदा स्थानीय पालिकाको सहमति बिना कार्यालय राख्न नपाइने कानूनी व्यवस्था आवश्यक भएको बताउनुभयो । 

संघ र प्रदेश कार्यक्षेत्र भएका सहकारीहरुले बुटवल उपमहानगरपालिकामा कार्यालय राख्दा घरधनीले कार्यालय भाडामा दिदा आफै जिम्मेवारी लिने गरी कागजपत्र गराएर मात्रै दिने व्यवस्था गरेको जानकारी पनि उहाँले जानकारी गराउनुभयो । 

सहकारीमार्फत गरिने संस्थागत सामाजिक उत्तरदायित्वका साथै छात्रवृत्ति एवम् सम्मान कार्यक्रमहरु स्थानीय पालिकामार्फत एकद्धार प्रणालीमार्फत गर्न पनि प्रमुख पाण्डेयले आग्रह गर्नुभयो । विभिन्न सहकारीहरुले प्रदान गर्ने छात्रवृत्ति, निःशुल्क उपचार सँगै ज्येष्ठ नागरिक, दलित महिला, बालबालिका तथा अपाङ्ग आदिलाई गर्ने सम्मानको रेकर्ड पालिकासँग नहुने भन्दै त्यसको लागि पालिकासँग समन्वय गरेर एकद्धारप्रणालीमार्फत गर्दा जानकारी सार्वजनिक गर्न सकिने उहाँले बताउनुभयो ।

उहाँले स्थानीय सहकारीहरुसँग पीपी (पब्लिक पार्टनरशीप) मोडलमा काम गर्ने सोच रहेको समेत बताउनुभयो । उहाँले भन्नुभयो, ‘तपाईहरुको बचतको सदुपयोग होस् भन्नका लागि त्यसको जिम्मा स्थानीय सरकारले लिने र त्यसको सही परिचालन गर्ने विषयमा पनि सोच्नुपर्ने हुन्छ ।’

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

२० घण्टा अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

१ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

५ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप