नेफ्स्कूनको ३३औं वार्षिक साधारणसभा बुटवलमा सम्पन्न, ४ बुँदे संकल्प प्रस्ताव समेत पारित
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नेफ्स्कूनको ३३औं वार्षिक साधारणसभा बुटवलमा सम्पन्न, ४ बुँदे संकल्प प्रस्ताव समेत पारित

रुपन्देही, बुटवल । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) को ३३औं वार्षिक साधारणसभा लुम्बिनी प्रदेशको बुटवलमा आज पुस ६ गते शनिबार सम्पन्न भएको छ । सभाले साकोस अभियानलाई थप मर्यादित र व्यवस्थित गर्न ४ बुँदे साझा संकल्प प्रस्ताव समेत पारित गरेको छ । 

१६ वर्षपछि काठमाडौं उपत्यका बाहिर आयोजना गरिएको नेफ्स्कूनको वार्षिक साधारणसभा बहुसरोकारवालाहरुको समेत सहभागितामा सभ्य, भव्य र साकोस अभियानलाई नयाँ उर्जा र दिशा दिर्ने संकल्प गर्दै बुद्धभूमिमा सम्पन्न भएको हो ।

सदस्यहरुको सर्वोच्च निकायको भव्य र उल्लासपूर्ण सहभागिता भएको सभालाई अन्तिम निर्णयकर्ताहरुबाट संघका गतिविधि, रणनीति र क्रियाकलापहरु, आय, व्यय र प्रगति प्रतिवेदनहरु तथा प्रस्तावित कार्यक्रमहरु पारित गराउने मात्र नभई साकोस अभियानका असल अभ्यासहरु, चुनौतीहरु र सम्भावनाहरुबारे विज्ञ सहजीकरणमार्फत भावी रणनीतिक मार्गचित्र कोर्ने महत्वपूर्ण काम समेत दुई दिने सभाले गरेको छ । दुई दिने सभाको निचोड ४ बुँदे साझा संकल्पमार्फत अभिव्यक्त भएको छ ।

नेफ्स्कूनका अध्यक्ष चन्द्रप्रसाद ढकालको अध्यक्षतामा आयोजित सभाको दोस्रो दिन सभाले संघको आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन तथा आर्थिक वर्ष २०८१/८२ को प्रस्तावित नीति तथा कार्यक्रम उपर सदस्यहरुको उत्साहपूर्ण एवम् सक्रिय सहभागितामा सघन छलफलसहित पारित गरेको छ । यसैगरी संघको गत आर्थिक वर्षको लेखा सुपरिवेक्षण समितिको प्रतिवेदनमाथि पनि यथेष्ट छलफलसहित पारित गरेको छ ।

सिङगो सञ्चालक समिति तथा लेखा सुपरिवेक्षण समिति सहभागी सभामा संघका महासचिव घनश्याम अधिकारीले महासचिवको प्रतिवेदन, कोषाध्यक्ष दिपक थापाले कोषाध्यक्षको प्रतिवेदन तथा लेखा सुपरिवेक्षण समिति संयोजक इन्द्रराजज्योति पौडेलले लेसुसको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । 

ती प्रतिवेदनहरुमाथि उत्साहपूर्वक सक्रिय सहभागी सदस्य संघ संस्थाका प्रतिनिधिहरुले सान्दर्भिक, मार्मिक र रचनात्मक राय, सल्लाह सुझाव प्रस्तुत गर्नुभएको थियो । प्रतिवेदनमाथिका जिज्ञासाहरुको सम्बोधन महासचिव, कोषाध्यक्षले गर्नुभएको थियो ।

प्रतिवेदन उपर छलफलमा सहभागी सदस्यहरुले वित्तीय सुशासनलाई केन्द्रमा राखेर सदस्य केन्द्रीत भई काम गर्न समितिलाई सुझाएको छ । भाखा नाघेको ऋण असुलीलाई तीब्रता, सञ्चालन खर्चमा सुधार, दूर दराजका सहकारीहरुको क्षमता अभिवृद्धिलाई प्राथमिकता, वित्तीय साक्षरताका कार्यक्रम सञ्चालनलाई व्यापकता, सफ्टवेयरका समस्याहरुको दिगो समाधान, स्थिरीकरण कोषको प्रभावकारी काउन्सीलिङ, प्रोफिट भन्दा सर्भिस मोटिभमा जोड, प्रारम्भिक संस्थाहरुको शसक्तीकरण रणनीति, सञ्जाल साझेदारीको प्रभावकारिता अभिवृद्धि, छुट्टै बचत ऋण सहकारी ऐन, कर्जा सूचना केन्द्र, कर्जा असूली न्यायाधिकरण लगायत साकोस अभियानका मुद्दाहरुमा सघन बहसपैरवी, विकास साझेदार निकायहरुको खोजी तथा समन्वयमार्फत दूरदराजका सदस्य संघ संस्थाहरुको क्षमता विकास आदिकुरामा सुझाव राख्नुभएको थियो । 

प्रत्युत्तरमा संघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेफ्स्कूनको गरिमामय लिगेसी कमजोर बनाउने गरी कुनै काम नगर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले इमानदारीपूर्ण मिहिनेत नतिजामा परिणत हुनुपर्ने धारणा सिङ्गो सञ्चालक समितिको रहेको भन्दै ‘इररलेस’ काम गरेको प्रतिवद्धता जाहेर गर्नुभयो । 

उहाँले स्थिरीकरण कोषको कार्यविधि संशोधनमार्फत जोखिम सुपरिवेक्षणको काम सुरु गरिएको बताउनुभयो । उहाँले ऋण असुलीमा निर्मम तरिकाले काम गरिएको भन्दै अझै निर्ममतापूर्वक जाने विश्वास दिलाउनुभयो । उहाँले भन्नुभयो हामी २२ अ‍ैं जानाको स्पिड बढेको छ र स्प्रिरिट पनि मिलेको छ ।

सभामा सहभागी संघका सल्लाहकारहरुले समेत सुझाव र मार्गदर्शन राख्दै अभियान एक ढिक्का भएर सहकारीप्रतिको छवि सुधारमा जुट्नुपर्ने बताउनुभयो ।

सभामा संघका बरिष्ठ उपाध्यक्ष एवम् ३३औं वार्षिक साधारणसभा आयोजना व्यवस्थापन उपसमिति संयोजक दामोदर अधिकारीले प्रस्तुत गर्नुभएको संकल्प प्रस्तावउपर सदस्य प्रतिनिधिहरुले ध्वनिमतका साथै ऐक्यबद्धता जाहेर गर्नुभएको थियो ।

सभा विर्सजन गर्दै संघकी उपाध्यक्ष शान्ती अधिकारीले ३३औं वार्षिक साधारणसभालाई सभ्य र भव्य रुपमा सम्पन्न गर्न सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गर्नुभएको थियो । केही आशंका र संशयबीच साधारणसभा उल्लेख्य सहभागितामा सम्पन्न भएकोमा उहाँले प्रत्यक्ष परोक्ष सहयोग गर्ने सबैप्रति कृतज्ञता व्यक्त गर्दै नयाँ उर्जा र जोशका साथ सहकारी अभियानको श्रीवृद्धिमा लाग्न आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘यो उपस्थिति साँच्चिकै गौरवमय भयो, बन्द सत्रको सहभागिता पनि उल्लेख्य रह्यो । लुम्बिनी प्रदेशमा आयोजना भएको यो सभालाई भव्यरुपमा सफल बनाउन सहयोग गर्ने खासगरी यो प्रदेशको सिङ्गो सहकारी अभियान, स्थानीय सरकारहरु तथा सरोकारवालाहरुलाई म हार्दिक धन्यवाद दिन चाहन्छु ।’

सभालाई सफलतापूर्वक सम्पन्न गर्न सहयोग पुर्याउने स्थानीय तह, विभिन्न व्यक्ति तथा संघ संस्थाहरुलाई प्रशंसा पत्र समेत प्रदान गरिएको थियो ।

सभाको उद्घाटन हिजो भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले गर्नुभएको थियो ।

संकल्प प्रस्तावः

भर्खरै
नियमित बचतको माध्यमबाट वृद्धाश्रममा बस्नुपर्ने बाध्यता अन्त्य हुन्छ: नेफ्स्कून महासचिव अधिकारी
नियमित बचतको माध्यमबाट वृद्धाश्रममा बस्नुपर्ने बाध्यता अन्त्य हुन्छ: नेफ्स्कून महासचिव अधिकारी

३ दिन अगाडि

भारत भ्रमण ‘ल्याण्डमार्क भिजिट’ साबित भएको छ 
भारत भ्रमण ‘ल्याण्डमार्क भिजिट’ साबित भएको छ 

४ दिन अगाडि

महाराष्ट्र बचत ऋण सहकारी संघको आयोजनामा अन्तर्राष्ट्रिय सहकारी सम्मेलन-२०२५ सम्पन्न
महाराष्ट्र बचत ऋण सहकारी संघको आयोजनामा अन्तर्राष्ट्रिय सहकारी सम्मेलन-२०२५ सम्पन्न

४ दिन अगाडि

नेफ्स्कूनद्वारा एनसीयूआइ तथा नाफ्कूबसँग नयाँ दिल्लीमा छलफल
नेफ्स्कूनद्वारा एनसीयूआइ तथा नाफ्कूबसँग नयाँ दिल्लीमा छलफल

७ दिन अगाडि

नेफ्स्कूनले वित्तीय विवरणमा कुनै छेडखानी नगरेको कोषाध्यक्ष थापाको स्पष्टोक्ति
नेफ्स्कूनले वित्तीय विवरणमा कुनै छेडखानी नगरेको कोषाध्यक्ष थापाको स्पष्टोक्ति

७ दिन अगाडि

हामीले सधै साकोस अभियानलाई साक्षी राखेर काम गरेका छौं : नेफ्स्कून महासचिव अधिकारी
हामीले सधै साकोस अभियानलाई साक्षी राखेर काम गरेका छौं : नेफ्स्कून महासचिव अधिकारी

८ दिन अगाडि

शुभकामना साकोसले रक्त संकलन कक्ष निर्माणमा आर्थिक सहयोग गर्ने
शुभकामना साकोसले रक्त संकलन कक्ष निर्माणमा आर्थिक सहयोग गर्ने

८ दिन अगाडि

नेफ्स्कूनको वित्तीय अवस्थालाई लिएर दिग्भ्रमित हुनुपर्ने अवस्था छैनः कार्यवाहक अध्यक्ष अधिकारी
नेफ्स्कूनको वित्तीय अवस्थालाई लिएर दिग्भ्रमित हुनुपर्ने अवस्था छैनः कार्यवाहक अध्यक्ष अधिकारी

८ दिन अगाडि

लोकप्रिय
भक्तपुरका साकोसहरुबीच वार्षिक योजना तथा बजेट निर्माण तालिम सञ्चालन
भक्तपुरका साकोसहरुबीच वार्षिक योजना तथा बजेट निर्माण तालिम सञ्चालन

९५५ दिन अगाडि

जिल्ला बचत संघ मोरङको आयोजनामा भोलिदेखि साकोस गोष्ठी सुरु हुने 
जिल्ला बचत संघ मोरङको आयोजनामा भोलिदेखि साकोस गोष्ठी सुरु हुने 

९५९ दिन अगाडि

जोखिम सुपरिवेक्षण कार्यक्रममा सहभागी काठमाडौं दोस्रो समुहको सिकाई व्यवस्थापन कार्यशाला सम्पन्न 
जोखिम सुपरिवेक्षण कार्यक्रममा सहभागी काठमाडौं दोस्रो समुहको सिकाई व्यवस्थापन कार्यशाला सम्पन्न 

९६३ दिन अगाडि

दिगो र सुशासित सहकारीका लागि बलियो आन्तरिक नियन्त्रण प्रणाली आवश्यक
दिगो र सुशासित सहकारीका लागि बलियो आन्तरिक नियन्त्रण प्रणाली आवश्यक

२८३ दिन अगाडि

नेफ्स्कून ’कन्सोलिडेटेड’ अवस्थामा पुगेको छ  
नेफ्स्कून ’कन्सोलिडेटेड’ अवस्थामा पुगेको छ  

२८९ दिन अगाडि

नवलपुर जिल्ला बचत संघको आयोजनामा 'लेखा सुपरिवेक्षण समितिको क्षमता विकास तालिम'
नवलपुर जिल्ला बचत संघको आयोजनामा 'लेखा सुपरिवेक्षण समितिको क्षमता विकास तालिम'

३२७ दिन अगाडि

'प्रथम सहकारी डिजिटल कन्क्लेभ’ को सात बुँदे प्रतिबद्धता
'प्रथम सहकारी डिजिटल कन्क्लेभ’ को सात बुँदे प्रतिबद्धता

३३६ दिन अगाडि

सहकारी अभियानको भावनासँग जोडिन्छु र सहयोग गर्छुः मन्त्री अधिकारी
सहकारी अभियानको भावनासँग जोडिन्छु र सहयोग गर्छुः मन्त्री अधिकारी

३४१ दिन अगाडि

पाठकबाट थप