नेफ्स्कूनको ३३औं वार्षिक साधारणसभा बुटवलमा सम्पन्न, ४ बुँदे संकल्प प्रस्ताव समेत पारित
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नेफ्स्कूनको ३३औं वार्षिक साधारणसभा बुटवलमा सम्पन्न, ४ बुँदे संकल्प प्रस्ताव समेत पारित

रुपन्देही, बुटवल । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) को ३३औं वार्षिक साधारणसभा लुम्बिनी प्रदेशको बुटवलमा आज पुस ६ गते शनिबार सम्पन्न भएको छ । सभाले साकोस अभियानलाई थप मर्यादित र व्यवस्थित गर्न ४ बुँदे साझा संकल्प प्रस्ताव समेत पारित गरेको छ । 

१६ वर्षपछि काठमाडौं उपत्यका बाहिर आयोजना गरिएको नेफ्स्कूनको वार्षिक साधारणसभा बहुसरोकारवालाहरुको समेत सहभागितामा सभ्य, भव्य र साकोस अभियानलाई नयाँ उर्जा र दिशा दिर्ने संकल्प गर्दै बुद्धभूमिमा सम्पन्न भएको हो ।

सदस्यहरुको सर्वोच्च निकायको भव्य र उल्लासपूर्ण सहभागिता भएको सभालाई अन्तिम निर्णयकर्ताहरुबाट संघका गतिविधि, रणनीति र क्रियाकलापहरु, आय, व्यय र प्रगति प्रतिवेदनहरु तथा प्रस्तावित कार्यक्रमहरु पारित गराउने मात्र नभई साकोस अभियानका असल अभ्यासहरु, चुनौतीहरु र सम्भावनाहरुबारे विज्ञ सहजीकरणमार्फत भावी रणनीतिक मार्गचित्र कोर्ने महत्वपूर्ण काम समेत दुई दिने सभाले गरेको छ । दुई दिने सभाको निचोड ४ बुँदे साझा संकल्पमार्फत अभिव्यक्त भएको छ ।

नेफ्स्कूनका अध्यक्ष चन्द्रप्रसाद ढकालको अध्यक्षतामा आयोजित सभाको दोस्रो दिन सभाले संघको आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन तथा आर्थिक वर्ष २०८१/८२ को प्रस्तावित नीति तथा कार्यक्रम उपर सदस्यहरुको उत्साहपूर्ण एवम् सक्रिय सहभागितामा सघन छलफलसहित पारित गरेको छ । यसैगरी संघको गत आर्थिक वर्षको लेखा सुपरिवेक्षण समितिको प्रतिवेदनमाथि पनि यथेष्ट छलफलसहित पारित गरेको छ ।

सिङगो सञ्चालक समिति तथा लेखा सुपरिवेक्षण समिति सहभागी सभामा संघका महासचिव घनश्याम अधिकारीले महासचिवको प्रतिवेदन, कोषाध्यक्ष दिपक थापाले कोषाध्यक्षको प्रतिवेदन तथा लेखा सुपरिवेक्षण समिति संयोजक इन्द्रराजज्योति पौडेलले लेसुसको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । 

ती प्रतिवेदनहरुमाथि उत्साहपूर्वक सक्रिय सहभागी सदस्य संघ संस्थाका प्रतिनिधिहरुले सान्दर्भिक, मार्मिक र रचनात्मक राय, सल्लाह सुझाव प्रस्तुत गर्नुभएको थियो । प्रतिवेदनमाथिका जिज्ञासाहरुको सम्बोधन महासचिव, कोषाध्यक्षले गर्नुभएको थियो ।

प्रतिवेदन उपर छलफलमा सहभागी सदस्यहरुले वित्तीय सुशासनलाई केन्द्रमा राखेर सदस्य केन्द्रीत भई काम गर्न समितिलाई सुझाएको छ । भाखा नाघेको ऋण असुलीलाई तीब्रता, सञ्चालन खर्चमा सुधार, दूर दराजका सहकारीहरुको क्षमता अभिवृद्धिलाई प्राथमिकता, वित्तीय साक्षरताका कार्यक्रम सञ्चालनलाई व्यापकता, सफ्टवेयरका समस्याहरुको दिगो समाधान, स्थिरीकरण कोषको प्रभावकारी काउन्सीलिङ, प्रोफिट भन्दा सर्भिस मोटिभमा जोड, प्रारम्भिक संस्थाहरुको शसक्तीकरण रणनीति, सञ्जाल साझेदारीको प्रभावकारिता अभिवृद्धि, छुट्टै बचत ऋण सहकारी ऐन, कर्जा सूचना केन्द्र, कर्जा असूली न्यायाधिकरण लगायत साकोस अभियानका मुद्दाहरुमा सघन बहसपैरवी, विकास साझेदार निकायहरुको खोजी तथा समन्वयमार्फत दूरदराजका सदस्य संघ संस्थाहरुको क्षमता विकास आदिकुरामा सुझाव राख्नुभएको थियो । 

प्रत्युत्तरमा संघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेफ्स्कूनको गरिमामय लिगेसी कमजोर बनाउने गरी कुनै काम नगर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले इमानदारीपूर्ण मिहिनेत नतिजामा परिणत हुनुपर्ने धारणा सिङ्गो सञ्चालक समितिको रहेको भन्दै ‘इररलेस’ काम गरेको प्रतिवद्धता जाहेर गर्नुभयो । 

उहाँले स्थिरीकरण कोषको कार्यविधि संशोधनमार्फत जोखिम सुपरिवेक्षणको काम सुरु गरिएको बताउनुभयो । उहाँले ऋण असुलीमा निर्मम तरिकाले काम गरिएको भन्दै अझै निर्ममतापूर्वक जाने विश्वास दिलाउनुभयो । उहाँले भन्नुभयो हामी २२ अ‍ैं जानाको स्पिड बढेको छ र स्प्रिरिट पनि मिलेको छ ।

सभामा सहभागी संघका सल्लाहकारहरुले समेत सुझाव र मार्गदर्शन राख्दै अभियान एक ढिक्का भएर सहकारीप्रतिको छवि सुधारमा जुट्नुपर्ने बताउनुभयो ।

सभामा संघका बरिष्ठ उपाध्यक्ष एवम् ३३औं वार्षिक साधारणसभा आयोजना व्यवस्थापन उपसमिति संयोजक दामोदर अधिकारीले प्रस्तुत गर्नुभएको संकल्प प्रस्तावउपर सदस्य प्रतिनिधिहरुले ध्वनिमतका साथै ऐक्यबद्धता जाहेर गर्नुभएको थियो ।

सभा विर्सजन गर्दै संघकी उपाध्यक्ष शान्ती अधिकारीले ३३औं वार्षिक साधारणसभालाई सभ्य र भव्य रुपमा सम्पन्न गर्न सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गर्नुभएको थियो । केही आशंका र संशयबीच साधारणसभा उल्लेख्य सहभागितामा सम्पन्न भएकोमा उहाँले प्रत्यक्ष परोक्ष सहयोग गर्ने सबैप्रति कृतज्ञता व्यक्त गर्दै नयाँ उर्जा र जोशका साथ सहकारी अभियानको श्रीवृद्धिमा लाग्न आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘यो उपस्थिति साँच्चिकै गौरवमय भयो, बन्द सत्रको सहभागिता पनि उल्लेख्य रह्यो । लुम्बिनी प्रदेशमा आयोजना भएको यो सभालाई भव्यरुपमा सफल बनाउन सहयोग गर्ने खासगरी यो प्रदेशको सिङ्गो सहकारी अभियान, स्थानीय सरकारहरु तथा सरोकारवालाहरुलाई म हार्दिक धन्यवाद दिन चाहन्छु ।’

सभालाई सफलतापूर्वक सम्पन्न गर्न सहयोग पुर्याउने स्थानीय तह, विभिन्न व्यक्ति तथा संघ संस्थाहरुलाई प्रशंसा पत्र समेत प्रदान गरिएको थियो ।

सभाको उद्घाटन हिजो भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले गर्नुभएको थियो ।

संकल्प प्रस्तावः

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

२ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

३ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

३ दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

४ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

५ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

५ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

११ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१३ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३० दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१९ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२० दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२२ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२२ दिन अगाडि

पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न
पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न

३५ दिन अगाडि

पाठकबाट थप