स्वनियमन र सुशासनका लागि साकोस अभियानको साझा संकल्प
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
स्वनियमन र सुशासनका लागि साकोस अभियानको साझा संकल्प

बुटवल, रुपन्देही । मुलुकको साकोस अभियानले स्वनियमन र सुशासन कायम गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । स्वनियमनको सैद्धान्तिक जगलाई थप मजबुत बनाउन सुशासनका सवालमा कुनै सम्झौता नगरी अघि बढ्ने प्रण अभियानले गरेको हो ।स्वनियमन र सुशासन प्रवर्धनबाट मात्रै सहकारी अभियानमाथि मडारिएको कालो बादल हट्ने भन्दै बुटवलमा भेला भएका देशभरका बचत तथा ऋण सहकारी अभियानकर्मीहरुले त्यसका लागि सामूहिक प्रतिबद्धता जाहेर गरेका हुन् ।

बुटवलमा शनिबार सम्पन्न नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) को ३३औं वार्षिक साधारणसभाले साकोस अभियानलाई थप मर्यादित र व्यवस्थित गर्न जारी गरेको ४ बुँदे साझा संकल्प प्रस्तावमा उक्त विषय अटाएको छ । 

मुलुकको साकोस अभियानले आन्तरिक स्वनियमन तथा सुशासनसँगै सहकारी संस्थामा असल नेतृत्व विकासका लागि फिट एण्ड प्रपर टेष्टको मापदण्ड विकास गर्ने, साझा सञ्जाल र साझा प्रविधि अंगिकार गर्ने र बचत तथा ऋण सहकारीहरुको नियमन, सुपरिवेक्षणसँगै केन्द्रीय संघको प्रभावकारी भूमिका सुनिश्चित गर्ने व्यवस्थासहितको बचत तथा ऋण सहकारी ऐन जारी गर्ने सम्बन्धमा हुने बहसपैरवीप्रति ऐक्यबद्धता समेत व्यक्त गरेको छ ।

आज जारी साझा संकल्प प्रस्तावमा भनिएको छ, ‘यस ३३ औं वार्षिक साधारणसभामा उपस्थित हामी प्रतिनिधिहरु, वित्तीय सहकारीहरुको वित्तीय स्वस्थता र सुरक्षाका निमित्त सहकारी सिद्धान्त मूल्य मान्यता सिद्धान्तहरुको मर्मलाइ व्यावहारिक आत्मसात गर्दै सहकारी ऐन नियमावली, नियामकद्धारा जारी मापदण्ड एवम् परिपत्रहरु, सम्पत्ति शुद्धिकरण ऐन नियमावली लगायतका प्रचलित ऐन कानुनहरु र वित्तीय सहकारी सञ्चालनका असल अभ्यासहरुलाई कार्यान्वयनका लागि संघद्धारा जारी स्वःनियमन निर्देशिकाहरुलाइ विनियम, आन्तरिक कार्यविधिहरु, नीति तथा योजनामा समावेश गरी सो को पूर्ण परिपालना मार्फत आन्तरिक स्वनियमन तथा सुशासन कायम गर्नका लागि प्रतिबद्ध छौं ।’

यसैगरी, सहकारी संस्थामा असल, कुशल, नैतिक र योग्य स्वंयसेवीहरुको टड्कारो आवश्यकता महशूस गर्दै प्रस्तावमा त्यसका लागि फिट एण्ड प्रपर टेस्ट (उपयुक्तता परीक्षण) को विधि अवलम्वनको नीतिगत व्यवस्था गर्ने प्रतिबद्धता जाहेर गरिएको छ । संकल्प प्रस्तावमा भनिएको छ, ‘सहकारी संस्थाको नेतृत्वमा पारदर्शिता र इमानदारीता सुनिश्चित गरि संस्थागत सुशासन कायम राख्दै दीगो विकासका लक्ष्यहरुलाइ सम्बोधन गर्न, सदस्य सुरक्षा सिद्धान्तहरुको व्यवहारिक परिपालनाको लागि योग्य र सक्षम नेतृत्व चयन गर्न कानुनी, सामाजिक एवम् शैक्षिक योग्यता, आचरण र अनुभवहरुलाइ मापदण्डमा समेटी कार्यान्वयनमा लैजाँदा गलत नियत, सोच र व्यवहार भएका मानिसहरु नेतृत्वमा आउन रोकिने एवम् स्वच्छ छवी भएका व्यक्तिहरुमात्र नेतृत्व तहमा पुग्न पुर्याउन सकिन्छ । फिट एण्ड प्रपर टेस्ट को मापदण्ड विकासका लागि प्रचलित कानुन, सहकारी ऐन नियमावली, नेपाल राष्ट्र बैकद्धारा जारी सुशासनका मापदण्डहरु एवम एशियाली ऋण महासंघद्धारा जारी फिट एण्ड प्रपर टेस्ट निर्देशिकालाइ समेटी संघले एक फिट एण्ड प्रपर टेस्ट मापदण्ड जारी गर्ने र सो को कार्यान्वयनका लागि संघ एवम् सदस्य संघ संस्था सबैले विनियममा समावेश गरि नीतिगत सुनिश्चितता कायम गर्न, सदस्यहरुलाई फिट एण्ड प्रपर टेस्टको बारेमा सुसुचित गर्न र निर्वाचन उपसमितिलाइ उत्तरदायी बनाउन एवम् लेखा सुपरिवेक्षण समितिलाइ सो को प्रभावकारी कार्यान्वयनका लागि आन्तरिक परिक्षण प्रतिवेदनमा फिट एण्ड प्रपर टेस्ट कार्यान्वयनको प्रगति प्रतिवेदन समावेश गर्न प्रतिबद्ध छौं ।’

त्यस्तै, साझा सञ्जाल अनि साझा प्रविधिमार्फत सदस्य सेवालाई प्रभावकारी, गुणस्तरीय, विश्वसनीय र सरल बनाउन सकिने भन्दै साकोस अभियानले त्यसका लागि वित्तीय सहकारीका सदस्यहरुलाई प्रविधिमैत्री विद्युतीय भुक्तानीका विशिष्टीकृत सेवाहरु प्रदान गर्न, प्रतिवेदनहरुमा एकरुपता कायम गर्न र सुरक्षित एवम वैज्ञानिक आन्तरिक नियन्त्रण प्रणालीको सुनिश्चितता, गर्दै विषयगत केन्द्रीय संघद्धारा गरिने स्थलगत एवम् गैह्रस्थलगत सुपरिवेक्षणलाई प्रभावकारी बनाउन सुरक्षित एवम् सञ्जालिकृत प्रविधि सेवाहरुको उपयोग गर्दै सामुहिक सक्षमता विकासको लागि संघद्धारा प्रवद्धित सफ्टवेयर एवम् अन्य प्रविधि सेवाहरु उपयोग गर्ने संकल्प गरेको छ ।

यस्तै, प्रस्तावमा वित्तीय सहकारीको नियमन सुपरिवेक्षण र केन्द्रीय संघको प्रभावकारी भूमिकालाई सुनिश्चित गर्ने व्यवस्थासहितको बचत तथा ऋण सहकारी ऐन जारी गराउन अभियानकर्मीहरुसहित सरोकारवाला पक्षहरुसँग बहस पैरबीको लागि केन्द्रीय संघमार्फत ऐक्यबद्धता जाहेर गर्ने उल्लेख छ ।  
 
भर्खरै
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

१६ घण्टा अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

२ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

४ दिन अगाडि

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल
इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

७ दिन अगाडि

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

४ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

४ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप