सदस्यको दुःखमा नेफ्स्कूनको साथ
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सदस्यको दुःखमा नेफ्स्कूनको साथ

काठमाडौं । २०८१ असोज ११ र १२ गतेको भीषण वर्षासँगै आएको बाढीले ठूलो क्षति पुर्याएको सिन्धुलीको सुनकोशी गाउँपालिकास्थित जनकल्याण बचत तथा ऋण सहकारी संस्था लि. लाई नेफ्स्कूनले ल्यापटप सहयोग उपलब्ध गराएको छ । बाढीका कारण साकोसको दुम्जास्थित सेवा केन्द्र पूर्ण रुपमा बगाएपछि संस्थाले विभिन्न निकायसँग सहयोगको आग्रह गरेको थियो ।  

सहयोगका लागि साकोसले गरेको लिखित आग्रहलाई ध्यानमा राखी नेफ्स्कून सञ्चालक समितिको बैठकले आफ्नो सदस्य संस्था जनकल्याण साकोसलाई सहयोग गर्ने निर्णय गरेको थियो । सोही निर्णय बमोजिम  संघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आज एक थान ल्यापटप जनकल्याण साकोसकी व्यवस्थापक सम्झना आचार्यलाई हस्तान्तरण गर्नुभयो । बुटवलमा सम्पन्न नेफ्स्कूनको ३३औं वार्षिक साधारणसभामा भाग लिई काठमाडौं आउनुभएकी आचार्यमार्फत संघको व्यवस्थापनको रोहवरमा अध्यक्ष ढकालले उक्त ल्यापटप साकोसलाई उपलब्ध गराउनुभएको हो । 

उक्त अवसरमा अध्यक्ष ढकालले सानै भएपनि यो सहयोगले जनकल्याण साकोसलाई आत्मविश्वास र आत्मबल प्रदान गर्ने बताउनुभयो । वित्तीय कारोबार अनि आयातनका हिसाबले सानो भएपनि समुदायमा राम्रो काम गरिरहेको र सुशासनमा रहेका कारण जनकल्याण साकोसलाई सहयोग गर्न नेफ्स्कून सञ्चालक समिति तत्पर भएको अध्यक्ष ढकालले बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘भोलिका दिनमा शिक्षा, तालिम तथा क्षमता विकाससँगै उद्यमशीलता प्रवर्धनका विविधि कार्यक्रममा जनकल्याण साकोसलाई विशेष अवसरहरु उपलब्ध गराउन सकिन्छ । अहिलेलाई यो सहयोगले तपाईहरुको संस्थागत कामकारबाही अघि बढाउन थोरै भएपनि मद्दत मिल्छ भन्ने विश्वास नेफ्स्कूनले लिएको छ ।’  

संस्थाहरुलाई दुःख आपत पर्दा अभिभावकको छ भन्ने सन्देश यसले दिएको साकोसकी व्यवस्थापकले बताउनुभयो । व्यवस्थापक आचार्यले भन्नभुयो, 'संस्था स्थापना गर्न घच्घच्याउने ऋषि सर देखि बेलाबेखत हाम्रो संस्थामा समेत पुगेर मार्गदर्शन दिने पूर्व अध्यक्षहरु तथा वर्तमान अध्यक्षज्यू  लगायत नेफ्स्कूनको सिङ्गो सञ्चालक समितिप्रति हामी अनुग्रहित छौं ।’

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

५ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

८ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

६ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

८ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१६ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

८ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

६ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

पाठकबाट थप