मोरङमा कर्ब्स कार्यक्रममा थपिए २ साकोस, कुल आवद्धता ३५ पुग्यो
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
मोरङमा कर्ब्स कार्यक्रममा थपिए २ साकोस, कुल आवद्धता ३५ पुग्यो

काठमाडौं । नेफ्स्कून तथा जिल्ला बचत तथा ऋण सहकारी संघ लि. मोरङबीचको साझेदारी कार्यक्रम अन्तर्गत सञ्चालित जोखिममा आधारित साकोस सुपरिवेक्षण (कर्ब्स) कार्यक्रममा २ वटा साकोस थपिएका छन् । बचत संघ मोरङका दुई सदस्य संस्था उर्लाबारी साकोस, उर्लाबारी र न्यू जनएकता साकोस बेलबारी कर्ब्स कार्यक्रममा आवद्ध भएका हुन् । दुबै साकोसका तर्फबाट कर्ब्स कार्यक्रममा हस्ताक्षर गरिएको जिल्ला बचत संघ मोरङले जनाएको छ । यो सँगै मोरङमा कर्ब्समा आवद्ध साकोसहरुको संख्या ३५ पुगेको छ । यो आर्थिक वर्षमा हालसम्म  ४ वटा साकोस थपिएका हुन् । 

जिल्ला बचत सङ्घको सञ्चालक समिति र लेखा सुपरिवेक्षण समितिमा प्रतिनिधित्व गर्ने सदस्य संस्थाहरु कुनै एक स्तरीकरण कार्यक्रममा आवद्ध हुनुपर्ने निर्णय बमोजिम सञ्चालक गोपालकुमार घिमिरेले प्रतिनिधित्व गरेको उर्लाबारी साकोस कर्ब्स कार्यक्रममा आवद्ध भएको हो ।

सम्झौता पत्रमा संघका व्यवस्थापक केदारनाथ दुलाल, कार्यक्रम अधिकृत रामकुमार दाहाल र संस्थाका अध्यक्ष एवम् सङ्घका सञ्चालक गोपालकुमार घिमिरे र व्यवस्थापक महेन्द्र दाहाल लगायत संस्थाका पदाधिकारीहरुले हस्ताक्षर गर्नुभएको थियो ।

त्यसैगरी, बेलबारी नगरपालिका अन्तर्गत सबैभन्दा बढी सदस्य संख्या भएको न्यू जनएकता साकोस पनि जोखिममा आधारित साकोस सुपरिवेक्षण कार्यक्रममा आवद्ध भएको हो । उक्त साकोसको कुल सदस्य संख्या हाल ३,२४३ छ । कर्ब्स सम्झौता पत्रमा जिल्ला संघका व्यवस्थापक केदारनाथ दुलाल, कार्यक्रम अधिकृत रामकुमार दाहाल र संस्थाका अध्यक्ष नरेन्द्र बस्नेत र व्यवस्थापक बिनय मिश्रले हस्ताक्षर गर्नुभएको थियो ।

बचत संघका २६२ सदस्य संस्थामध्ये नेफ्स्कूनले एशियाली ऋण महासंघ (अकू) सँगको प्राविधिक सहयोग र सहकार्यमा सञ्चालन गरेको एक्सेस स्तरीकरण कार्यक्रममा १२ वटा, नेपाल सरकार सहकारी विभागसँगको सहकार्यमा सञ्चालित प्रोवेशन कार्यक्रममा ११ वटा र कर्ब्समा ३५ गरी कुल ५८ साकोसले गुणस्तर सुनिश्चितता कार्यक्रममा आवद्धता जनाएका छन् । संघका २२.१३ प्रतिशत सदस्य संस्था कुनै कुनै एक गुणस्तर सुनिश्चितता कार्यक्रममा आवद्ध भएको जनाइएको छ । 

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

५ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

८ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१६ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

८ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

८ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

६ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

पाठकबाट थप