सहकारी ऐन संशोधन अध्यादेश मन्त्रिपरिषद्बाट पारित
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सहकारी ऐन संशोधन अध्यादेश मन्त्रिपरिषद्बाट पारित

काठमाडौँ । सहकारी ऐन २०७४ लाई संशोधन गर्न बनेको अध्यादेश मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले पारित गरेको छ। सहकारी क्षेत्रको नियमन र व्यवस्थापनलाई प्रभावकारी बनाउने उद्देश्यसहित अध्यादेशले पाँच सदस्यीय ‘सहकारी नियमन आयोग’ गठनको प्रस्ताव गरेको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले अध्यादेश पारित गरेको हो ।  

आयोगमा एकजना अध्यक्ष, सहकारी क्षेत्रका विज्ञ, चार्टर्ड एकाउन्टेन्ट, सहकारी मन्त्रालयका सहसचिव, र सहकारी विभागका उपरजिष्ट्रार सदस्य रहने व्यवस्था गरिएको छ। आयोगको सदस्य नियुक्तिका लागि लोक सेवा आयोगको सदस्यको संयोजकत्वमा सिफारिस समिति गठन गर्ने प्रावधान पनि समेटिएको छ । 

अध्यादेशले सहकारी संस्थाहरूलाई ‘क’, ‘ख’, र ‘ग’ वर्गमा वर्गीकरण गर्दै नियमनका लागि तेस्रो पक्षीय लेखा परीक्षणको प्रस्ताव गरेको छ। 

वित्तीय सहकारीको नियमनका लागि केन्द्रीय बैंकको संलग्नता आवश्यक रहेको भन्दै नेपाल राष्ट्रबैंकका प्रतिनिधि समावेश गर्ने सुझाव दिइएको छ। सहकारी क्षेत्रको सुधार र पारदर्शिता कायम गर्न यस अध्यादेशले महत्त्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

यसअघि सरकारले सहकारी क्षेत्रको नियमनलाई व्यवस्थित गर्न छुट्टै कानुनको मस्यौदा तयार गरे पनि सो प्रस्तावलाई संशोधनमार्फत कार्यान्वयनमा ल्याउने निर्णय गरेको हो। 

पारित गरिएको अध्यादेशका अन्य प्रावधान के छन् भन्ने बारे आज बिहीबार जानकारी गराइने बताइएको छ ।
 
लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप