विद्यमान कर्जा सूचना केन्द्रमै सहकारीहरु पनि जोडिने बाटो खुल्यो
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
विद्यमान कर्जा सूचना केन्द्रमै सहकारीहरु पनि जोडिने बाटो खुल्यो

काठमाडौं । सहकारी संस्थाको कर्जा प्रवाहमा शुद्धता कायम गरी कर्जा प्रवाहसम्बन्धी सूचना प्राप्त गर्ने समेतका कार्य गर्न विद्यमान कर्जा सूचना केन्द्रमै सहकारीहरु जोडिने बाटो खुलेको छ । मंगलबार मन्त्रिपरिषदबाट सहकारी ऐन २०७४ संशोधनको अध्यादेश पारित भएसँगै विद्यमान कर्जा सूचना केन्द्रमा सहकारीहरु जोडिने कानूनी आधार तय भएको हो । कर्जा सूचना केन्द्र गठन सहकारी अभियानको मुख्य मागमध्येको एक हो । लामोसमयदेखिको माग अध्यादेशमार्फत सम्बोधन भएको भन्दै यो प्रबन्धलाई सहकारी अभियानले स्वागत गरेको छ । 

बचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्थाले प्रचलित कानून बमोजिम स्थापना भएको कर्जा सूचना केन्द्रको सदस्यता प्राप्त गरी बचत तथा ऋणको कारोबारको सूचना आदान प्रदान गर्नुपर्ने अध्यादेशमार्फत संशोधित ऐनमा उल्लेख छ । कर्जा सूचना केन्द्रले सहकारी संस्थाको हकमा सदस्य सहकारी संस्थाको कर्जा प्रवाहमा वस्तुगत उद्देश्य र उपयुक्तता कायम गर्न सहकारी संस्थाले प्रवाह गरेको ऋणको सूचना प्राप्त गर्ने, त्यस्तो सूचनालाई सदस्य सहकारी संस्थाहरुको बीचमा आदानप्रदान गर्ने र प्राप्त सूचनाको आधारमा कालो सूचीमा राख्नुपर्ने भए सो सम्बन्धमा आवश्यक कारबाही गर्ने काम गर्ने मन्त्रिपरिषद्ले पारित गरेको सहकारी ऐन २०७४ संशोधनको अध्यादेशमा उल्लेख छ ।

विद्यमान ऐन  को दफा ८१ मा भएको व्यवस्थाको सट्टा कर्जा सूचना केन्द्रको सदस्यता प्राप्त गरी बचत तथा ऋणको कारोबारको सूचना आदनप्रदान गुर्नपर्नेछ उल्लेख गरिएको छ ।

त्यस्तै दफा ८१ को (२) उपदफा (२) अनुसार सहकारी संस्थाले एक करोडभन्दा बढी ऋण कारोबारको सूचना कर्जा सूचना केन्द्रलाई उपलब्ध गराउनु पर्ने व्यवस्था गरेको छ ।

सहकारी संस्थाले समयमा ऋण नतिर्ने ऋणीको नाम प्रत्येक तीन महिनामा अनिवार्य रुपमा केन्द्रलाई उपलब्ध गराउनु पर्ने ऐनको दफा ८१ को (२) उपदफा को (३) मा व्यवस्था गरेको छ ।

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप