विकास साझेदारीसम्बन्धमा नेफ्स्कूनको अर्को फड्को,  यूएसएड ट्रेड एण्ड कम्पिटीटीभनेससँग सहायता सम्झौता
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
विकास साझेदारीसम्बन्धमा नेफ्स्कूनको अर्को फड्को,  यूएसएड ट्रेड एण्ड कम्पिटीटीभनेससँग सहायता सम्झौता

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) र अमेरिकी अन्तर्राष्ट्रिय सहयोग नियोग (यूएसएड) अन्तर्गतको ट्रेड एण्ड कम्पिटीटीभनेस बीच सहायता सम्झौता सम्पन्न भएको छ ।

नेफ्स्कून अध्यक्ष चन्द्रप्रसाद ढकाल, प्रमुख कार्यकारी अधिकृत डा. शिवजी सापकोटा, सहायक कार्यकारी अधिकृत दुर्गाप्रसाद ढकाल तथा बरिष्ठ अधिकृत एवम् फोकल पर्सन नविनराज दाहालको उपस्थितिमा आज यूएएड ट्रेड एण्ड कम्पिटीटीभनेसको काठमाडौंस्थित कार्यालयमा साझेदारी सहायता सम्झौतामा हस्ताक्षर एवम् आदानप्रदान कार्यक्रम सम्पन्न भएको हो ।

सो अवसरमा नेफ्स्कूनका अध्यक्ष ढकालले यो अवसरका लागि यूएसएड ट्रेड एण्ड कम्पिटीटीभनेसलाई हार्दिक धन्यवादसहित सम्झौताको अक्षरशः कार्यान्वयनमार्फत सहकारीका सदस्यहरुलाई उद्यमशीलतामा जोड्ने, साझा प्रविधिको सहज र सर्वशुलभ पहुँच सम्भव तुल्याउने, स्थानीय तहमा बीडीएस डेस्क स्थापनामार्फत स्वरोजगारी सृजना तथा आत्मनिर्भर स्थानीय अर्थतन्त्र विकासमा टेवा पुर्याउने तथा साकोस ऐनको बहसपैरवीमा प्राविधिक सहजीकरणमार्फत सहकारी अभियानको सबलीकरणमा माइलस्टोनहरु हासिल हुने विश्वास व्यक्त गर्नुभयो । 

यसैगरी, यूएसएड ट्रेड एण्ड कम्पिटीटीभनेसका तर्फबाट कार्यक्रम निर्देशक भोजराज पौडेल, एक्सेस टु फाइनान्सका व्यवस्थापक सञ्जय झा लगायतले साकोसहरुको माध्यमबाट आर्थिक तथा सामाजिक रुपमा पिछडिएका समुदाय र वर्गको उत्थानमा यो सम्झौतामार्फत परिणाममुखी सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँहरुले नेफ्स्कूनसँगको साझेदारी सम्झौताप्रति प्रसन्नता व्यक्त गर्दै यूएसएड ट्रेड एण्ड कम्पिटीटीभनेसले यसलाई विशेष महत्व दिएको जानकारी गराउनुभयो ।

एक वर्षको यो सम्झौताबाट स्वरोजागरी सिर्जना, उद्यमशीलता विकास तथा आर्थिक असमानता अन्त्यमा उल्लेख उपलब्धि हासिल हुने विश्वास यूएसएड ट्रेड एण्ड कम्पिटीटीभनेस इन नेपालकी चीफ अफ पार्टी एग्नेज लुजको समेत रहेको थियो ।

सम्झौतामा नेफ्स्कूनका तर्फबाट प्रमुख कार्यकारी अधिकृत डा. सापकोटा तथा यूएसएडका प्रबन्ध निर्देशक केयुआरटी टासेलले हस्ताक्षर गर्नुभएको छ ।


 

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

७ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

९ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

९ दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

१० दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

११ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

११ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

१७ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१८ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३५ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२४ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

९ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२७ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२७ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२७ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२५ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३३ दिन अगाडि

पाठकबाट थप