विकास साझेदारीसम्बन्धमा नेफ्स्कूनको अर्को फड्को,  यूएसएड ट्रेड एण्ड कम्पिटीटीभनेससँग सहायता सम्झौता
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
विकास साझेदारीसम्बन्धमा नेफ्स्कूनको अर्को फड्को,  यूएसएड ट्रेड एण्ड कम्पिटीटीभनेससँग सहायता सम्झौता

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) र अमेरिकी अन्तर्राष्ट्रिय सहयोग नियोग (यूएसएड) अन्तर्गतको ट्रेड एण्ड कम्पिटीटीभनेस बीच सहायता सम्झौता सम्पन्न भएको छ ।

नेफ्स्कून अध्यक्ष चन्द्रप्रसाद ढकाल, प्रमुख कार्यकारी अधिकृत डा. शिवजी सापकोटा, सहायक कार्यकारी अधिकृत दुर्गाप्रसाद ढकाल तथा बरिष्ठ अधिकृत एवम् फोकल पर्सन नविनराज दाहालको उपस्थितिमा आज यूएएड ट्रेड एण्ड कम्पिटीटीभनेसको काठमाडौंस्थित कार्यालयमा साझेदारी सहायता सम्झौतामा हस्ताक्षर एवम् आदानप्रदान कार्यक्रम सम्पन्न भएको हो ।

सो अवसरमा नेफ्स्कूनका अध्यक्ष ढकालले यो अवसरका लागि यूएसएड ट्रेड एण्ड कम्पिटीटीभनेसलाई हार्दिक धन्यवादसहित सम्झौताको अक्षरशः कार्यान्वयनमार्फत सहकारीका सदस्यहरुलाई उद्यमशीलतामा जोड्ने, साझा प्रविधिको सहज र सर्वशुलभ पहुँच सम्भव तुल्याउने, स्थानीय तहमा बीडीएस डेस्क स्थापनामार्फत स्वरोजगारी सृजना तथा आत्मनिर्भर स्थानीय अर्थतन्त्र विकासमा टेवा पुर्याउने तथा साकोस ऐनको बहसपैरवीमा प्राविधिक सहजीकरणमार्फत सहकारी अभियानको सबलीकरणमा माइलस्टोनहरु हासिल हुने विश्वास व्यक्त गर्नुभयो । 

यसैगरी, यूएसएड ट्रेड एण्ड कम्पिटीटीभनेसका तर्फबाट कार्यक्रम निर्देशक भोजराज पौडेल, एक्सेस टु फाइनान्सका व्यवस्थापक सञ्जय झा लगायतले साकोसहरुको माध्यमबाट आर्थिक तथा सामाजिक रुपमा पिछडिएका समुदाय र वर्गको उत्थानमा यो सम्झौतामार्फत परिणाममुखी सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँहरुले नेफ्स्कूनसँगको साझेदारी सम्झौताप्रति प्रसन्नता व्यक्त गर्दै यूएसएड ट्रेड एण्ड कम्पिटीटीभनेसले यसलाई विशेष महत्व दिएको जानकारी गराउनुभयो ।

एक वर्षको यो सम्झौताबाट स्वरोजागरी सिर्जना, उद्यमशीलता विकास तथा आर्थिक असमानता अन्त्यमा उल्लेख उपलब्धि हासिल हुने विश्वास यूएसएड ट्रेड एण्ड कम्पिटीटीभनेस इन नेपालकी चीफ अफ पार्टी एग्नेज लुजको समेत रहेको थियो ।

सम्झौतामा नेफ्स्कूनका तर्फबाट प्रमुख कार्यकारी अधिकृत डा. सापकोटा तथा यूएसएडका प्रबन्ध निर्देशक केयुआरटी टासेलले हस्ताक्षर गर्नुभएको छ ।

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

७ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

५ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

७ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

७ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

५ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप