काठमाडौं । २७ साकोसका ३० जनाको सहभागितामा साकोसमा जनशक्ति ब्यवस्थापन अभिमुखीकरण कार्यक्रम पुष ११ गते, लम्की, कैलालीमा सम्पन्न भएको छ । कञ्चनपुर सदस्य सेवा कार्यालयको आयोजनामा भएको कार्यक्रममा सहभागीहरुले केन्द्रिय संघले आयोजना गर्ने यस्ता कार्यक्रमले संघ संस्था लाभान्वित हुने बताउनुभयो । उहाँहरुले कार्यक्रम आयोजनाको लागि संघलाई धन्यबाद दिदैं सदस्हरुको साथ रहने प्रतिबद्धता ब्यक्त गर्नुभएको संघको कञ्चनपुर सदस्य सेवा कार्यालय इन्चार्ज यम डाँगीले जानकारी गराउनुभयो ।
कार्यक्रममा नेफ्स्कून सञ्चालक दिप्ती शाहीले साकोसको व्यवस्थापनले जहिले पनि ज्ञान सिप क्षमता सिकाइलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो । उहाँले साकोसमा जनशक्ति ब्यवस्थापन पनि समय अनुकूल हुनपर्नेमा जोड दिदैं संस्थागत कार्यसम्पादनलाई छिटो छरिटो पारदर्शी बनाउनुपर्ने बताउनुभयो ।
उहाँले सहकारी संस्थाहरु वित्तीय सूचकहरुमा जहिले पनि ध्यान दिनुपर्ने भन्दै साकोसलाई जोखिममुक्त गर्ने बारेमा व्यवस्थापनको ध्यान केन्द्रीत हुने बताउनुभयो । कञ्चनपुर सदस्य सेवा कार्यालय व्यवस्थापन उप समिति सदस्य सुरत बहादुर बोगटीले कार्यक्रमको उद्देश्य प्रष्ट पार्नुभएको थियो । कैलाली बचत संघका अध्यक्ष सुरेन्द्र बहादुर बडुवालले शुभकामना मन्तव्य राख्नुभएको कार्यक्रममा सिएमसी कैलालीको पनि प्रतिनिधित्व थियो ।
नेफ्स्कूनका कार्यक्रम अधिकृत विदुर खड्काले साकोसमा जनशक्ति ब्यवस्थापन बारे प्रस्तुतीकरण गर्नुभएको थियो । व्यवस्थापन सहयोग संघको धनगढी सेवा कार्यालय प्रमुख योगेश बोहराले गर्नुभएको थियो ।
१ दिन अगाडि
२ दिन अगाडि
२ दिन अगाडि
३ दिन अगाडि
३ दिन अगाडि
५ दिन अगाडि
५ दिन अगाडि
६ दिन अगाडि
२ दिन अगाडि
६ दिन अगाडि
३ दिन अगाडि
५ दिन अगाडि
१४ दिन अगाडि
५ दिन अगाडि
३ दिन अगाडि
१२ दिन अगाडि