अभिवादन साकोसको अभिमुखीकरण कार्यक्रम सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
अभिवादन साकोसको अभिमुखीकरण कार्यक्रम सम्पन्न

काठमाडौं । विराटनगर ३ कञ्चनबारीस्थित अभिवादन बचत तथा ऋण सहकारी संस्थाको आयोजना तथा नेफ्स्कूनको प्राविधिक सहजीकरणमा पुस १० गते एक दिवसीय अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, ऋण उपसमिति, शिक्षा उपसमितिसहित ३४ महिला र ११ पुरुषको सहभागिता थियो । अभिमुखीकरणमा सहकारीका आधारभूत विषयमा साझा बुझाइ निर्माण, जोखिम व्यवस्थापन, सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, उपसमिति तथा सदस्यहरुको काम, कर्तव्य र अधिकार, संस्थागत दिगोपना, सदस्य सन्तुष्टिका आधारहरु आदिबारे नेफ्स्कूनका अधिकृत रामकृष्ण भट्टराईले सहजीकरण गर्नुभएको थियो । 

४२५ सदस्य रहेको समुदायमा आधारित र सदस्य केन्द्रीत अभिवादन साकोसको कुल सम्पत्ति २ करोड बढी रहेको छ । साकोसले मिरा सफ्टवेयर प्रयोग गरेको छ । साकोसकी कोषाध्यक्ष एवम् शिक्षा उपसमिति संयोजक प्रतिमा खतिवडाले समापन मन्तव्य राख्नुभएको नेफ्स्कूनकी बरिष्ठ सहायक विन्दा भट्टराइले जानकारी गराउनुभयो । 

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

७ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

पाठकबाट थप