प्रयास सहकारीको 'सहकारी शिक्षा तालिम तथा अन्तरक्रिया'
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
प्रयास सहकारीको 'सहकारी शिक्षा तालिम तथा अन्तरक्रिया'

काठमाडौं ।  रुपन्देहीको बुटवल-१२ स्थित प्रयास बचत तथा ऋण सहकारी संस्था लि, ले आफ्न करिब १,३०० सेयर सदस्यहरुलाई तालिम दिने लक्ष्य सहितको रणनीतिक योजना अनुसार ७ औ पटक एक दिवसीय सहकारी शिक्षा तालिम तथा अन्तरकृया कार्यक्रम २०८१ पौष १० गते सम्पन्न गरेको छ।

बुटवल-१२, तामनगर स्थित शिवपुरी पितृ स्मृति धामको सभाहलमा सम्पन्न उक्त कार्यक्रममा संस्थाका ४८ जना सेयर सदस्यहरुको सहभागितामा, संस्थाका संचालक तथा शिक्षा उपसमिति संयोजक दिपक तिवारी र सोही उपसमिति सदस्य तारा पौडेलले प्रशिक्षण दिनु भएको थियो ।

सहकारीको गठनको उद्देश्य, सहकारी सिद्धान्त, मूल्य मान्यता, नीति नियम र आर्थिक रुपमा सहकारीले समाजमा पारेको प्रभाव सम्बन्धी विषय र प्रयास सहकारीको व्यावसायिक विकासमा टेवा पुर्याउने उद्देश्य सहित आयोजना गरिएको कार्यक्रम संस्थाका सल्लाहकार संयोजक सुर्य बहादुर रानाको प्रमुख आतिथ्यता, अध्यक्ष भीमबहादुर थापाको अध्यक्षता, उपाध्यक्ष प्रकाश खनालको स्वागत एवम्  शिक्षा उपसमिति सदस्य हेमन बलालको संचालन तथा शिक्षा उपसमितिको संयोजनमा सम्पन्न भएको थियो ।

हालसम्म संस्थाका ३५० सदस्यहरुले यो तालिम  लिनु भएको संचालक झबिन्द्र प्रसाद आचार्यले जानकारी गराउनु भयो ।

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप