चौथो वार्षिक साधारणसभा: जिल्ला बचत संघ नवलपरासी
साकोस अभियानका मुद्दाहरुमा सबै तहका संघबीच साझ बुझाइ आवश्यक: नेफ्स्कून बरिष्ठ उपाध्यक्ष अधिकारी
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
साकोस अभियानका मुद्दाहरुमा सबै तहका संघबीच साझ बुझाइ आवश्यक: नेफ्स्कून बरिष्ठ उपाध्यक्ष अधिकारी

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून) का बरिष्ठ उपाध्यक्ष दामोदर अधिकारीले साकोस अभियानभित्र देखिएका समस्या समाधान गर्न तीनै तहका संघहरुबीच साझा बुझाइ जरुरी भएको बताउनुभएको छ । बरिष्ठ उपाध्यक्ष अधिकारीले भन्नभुयो, प्रारम्भिक संस्थादेखि केन्द्रीय संघसम्म साकोस अभियानप्रतिको धारणामा एकरुपता र साझा बुझाइ हुन जरुरी छ । पछिल्लो समय साकोस अभियानप्रति चौतर्फी भैरहेको र सदस्यहरुको विश्वास पनि डगमगाउँदै गएको भन्दै उहाँले सबैले सदस्यहरुलाई केन्द्रमा राखेर काम गर्नुपर्ने उल्लेख गर्नुभयो ।

पुस २७ गते शनिवार सुनवलमा सम्पन्न जिल्ला बचत तथा ऋण सहकारी संघ लि. नवलपरासीको चौथो वार्षिक साधारणसभाका प्रमुख अतिथि नेफ्स्कूनका बरिष्ठ उपाध्यक्ष दामोदर अधिकारीले केही व्यक्तिहरु सहकारीमा प्रवेश गरी आफू अनुकूल काम गर्ने तथा व्यक्तिगत लाभलाई ध्यान दिंदा समस्या आएको बताउनुभयो । सहकारी अध्यादेशमा आएका कतिपय आपत्तिजनक विषयहरुमा नेफ्स्कूनले औपचारिक धारणा सार्वजनिक गर्दै बहसपैरवी अघि बढाएको समेत उहाँले जानकारी गराउनुभयो । उहाँले नेफ्स्कूनले स्थानीय सरकार र प्रदेश सरकार समेतसँगको समन्वय, सहकार्य र सहयोगमा साझा धारणा बनाइ अघि बढ्नुपर्ने आवश्यकतामा जोड दिनुभयो ।

बचत संघका अध्यक्ष राजनकुमार आचार्यको अध्यक्षतामा आयोजित सभामा जिल्ला सहकारी संघका सञ्चालक चण्डीप्रसाद पाण्डे, प्रोस्कून लुम्बिनीका बरिष्ठ उपाध्यक्ष ऋषिराम सापकोटा लगायतको आतिथ्यता रहेको थियो । बचत संघका सञ्चालक रविन्द्र विक्रम हमालले स्वागत मन्तव्य राख्नुभएको थियो भने सहसचिव देवराज श्रेष्ठले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।

संघको चौथो बार्षिक साधारण सभामा अध्यक्ष आचार्यले अध्यक्षको प्रतिवेदन, कोषाध्यक्ष ध्रुवनारायण वानियाँले कोषाध्यक्षको प्रतिवेदन र लेखा सुपरिवेक्षण समितिका संयोजक  लेखनाथ खरेलले लेखा समितिको प्रतिवेदन प्रस्तुत गर्नु भएको हो । संघले आर्थिक बर्ष २०८०।०८१ मा ९९ हजार ७२७ रुपैया नाफा आर्जन गर्न सफल भएको कोषाध्यक्ष बानियाँले जानकारी दिनु भयो । 

यसैबीच, जिल्ला बचत तथा ऋण सहकारी संघ लि. नवलपरासीको दोश्रो निर्वाचनबाट अध्यक्षमा पुनः राजनकुमार आचार्य सर्वसम्मत निर्वाचित हुनु भएको छ । संघको १३ सदस्यीय सञ्चालक समितिको उपाध्यक्षमा मायादेवी पौडेल, सचिवमा देवराज श्रेष्ठ, सहसचिवमा रविन्द्रविक्रम हमाल, कोषाध्यक्षमा युवराज मौर्य, संघको सञ्चालक सदस्यमा क्रमशः पिताम्बर चापागाईं, ताराप्रसाद न्यौपाने र मीना चौधरी निर्वाचित हुनु भएको हो ।

यस्तै, संघको लेखा सुपरिवेक्षण समितिको संयोजकमा मैना सुवेदी सर्वसम्मत चयन हुनु भएको निर्वाचन उसमितिकी संयोजक फूलमाया गिरीले जानकारी दिनुभयो । शनिवार सम्पन्न निर्वाचनमा सञ्चालक सदस्य ५ जना र लेखा सुपरिवेक्षण समिति सदस्य २ जनाको पद रिक्त रहेको छ । 

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

२१ घण्टा अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

१ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

५ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप