३१ औं वार्षिक साधारणसभा: जिल्ला बचत संघ मोरङ
'सहकारी अध्यादेश बचत ऋण सहकारीहरुप्रति अनुदार छ'  
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
'सहकारी अध्यादेश बचत ऋण सहकारीहरुप्रति अनुदार छ'  

बेलबारी । सहकारी अभियानकर्मीहरूले संसदबाट भरखरै जारी भएको सहकारी अध्यादेशले ग्रामीण क्षेत्रका बचत ऋण सहकारीलाई झनै अप्ठ्यारोमा पारेको बताएका छन् । 

जिल्ला बचत तथा ऋण सहकारी सङ्घ लि. मोरङको ३१ औं वार्षिक साधारणसभामा बोल्दै अभियानकर्मीहरूले सरकारले बचत तथा ऋण सहकारी कै कारण नेपालको अर्थतन्त्र बिग्रिएको भाष्य तयार गर्न खोजेका आरोज लगाएका छन् । मोरङको बेलबारीमा सम्पन्न सङ्घको साधारणसभा उद्घाटन गर्दै नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सङ्घ लि. (नेफ्स्कून) का अध्यक्ष चन्द्रप्रसाद ढकालले एक जिल्ला भित्र कार्यक्षेत्र भएका सहकारीलाई बचत निक्षेपको सीमा १० लाख रुपियाँ बनाउँदा समस्या हुने बताउनुभयो । सहकारीमा सदस्य रहेको शेयर सदस्यले १० लाख भन्दा कमाउन सक्दैन वा नकमाओस भन्ने आशयले ऐन आएको देखिएको उहाँले बताउनुभयो ।

ढकालले नेफ्स्कूनप्रति आकर्षण नघटेको बताउँदै भन्नुभयो– 'गत वर्षको चुनावी साधारणसभामा बढी सदस्य संस्थाले नवीकरण गर्नु भएको छ । यसले नेफ्स्कून प्रतिको विश्वास बढेको प्रष्ट हुन्छ ।' साझेदारीका कार्यक्रमलाई फोकस गरेर अघि बढ्न आग्रह गर्दै अध्यक्ष ढकालले सबै पालिका तहमा जोडिएर काम गर्न नेफूस्कून तयार रहेकोले त्यसका लागि जिल्लाका सङ्घहरूको सहजीकरण आवश्यक रहेको उल्लेख गर्नुभयो ।

नेफ्स्कून सञ्चालक खेमराज सुबेदीले सहकारी संस्था बिग्रिएको सकिएको भन्ने बजार हल्ला पछि नलाग्न आग्रह गर्दै केही समस्या आउँदैमा आत्तिनु नपर्ने उल्लेख गर्नुभयो । सहकारी संस्था कस्तो बनाउने जिम्मा सञ्चालक मै रहेको बताउँदै उहाँले सरकारले ल्याएको ऐनमा केही राम्रा पक्ष भएपनि बचत ऋण सहकारी प्रति ऐन अनुदार रहेको बताउनु भयो ।

त्यस्तै, नेफ्स्कून सञ्चालक सदस्य लक्ष्मी सापकोटाले सहकारी ठूलो घेरावन्दीमा रहेको बेला सरकारले पनि बचत ऋण मैत्री ऐन नल्याएको उल्लेख गर्नुभयो । 

संघका पूर्व कोषाध्यक्ष केशवप्रसाद पोख्रेलले सहकारी संस्थाहरू लाभांस वितरणको होडबाजीमा लागेर समस्या उत्पन्न भएको बताउनु भयो । पोख्रेलले बैंक जस्तो लाभांश वितरण सहकारीको काम नभएको बताउनुभयो । उहाँले सहकारीका छ सय मानिस जेलमा रहेको बताउँदै अभियानकर्मीले शिर ठाडो बनाएर हिड्ने अवस्था नरहेको उल्लेख गर्नुभयो । स्वनियम र सुशासन कायम गर्ने हो भने सहकारीमा कहिल्यै समस्या नआउँने धारणा राख्दै पोख्रेलले भन्नुभयो – 'सहकारी ऐन नियमले राम्रो र नराम्रो हुने होइन । स्वार्थ र नियत राखेर जहाँ जहाँ काम भएको छ। त्यहाँ समस्या आएछ । उहाँले सहकारी समूदायको सेवा हो भन्ने हराउँदा समस्यै समस्या आएको बताउनु भयो । 

कोशी प्रदेश बचत ऋण सहकारी सङ्घका अध्यक्ष हरिप्रसाद सुबेदीले  कर्जा सुचना केन्द्र,कर्जा असुली न्यायधीकरण र छुट्टै प्राधिकरण गठनको विषयले केही उर्जा जागृत गराए पनि ऐन बचत ऋण सहकारीलाई च्याप्ने, निचोर्ने गरी आएको धारणा राख्नुभयो । सुबेदीले बचत ऋण सहकारीलाई सरकारले हेपेको बताउँदै अभियानले आन्दोलनको घोषणा गर्न आब्हान गर्नुभयो ।

नेफ्स्कून पूर्व सञ्चालक गोमा नेपालले नेतृत्व पाउना साथ आफ्नो धरातल बिर्सिने प्रवृतिले समग्र अभियानलाई कमजोर बनाएको बताउनु भयो । 

जिल्ला बचत तथा ऋण सहकारी सङ्घ लि. मोरङका अध्यक्ष प्रेमप्रकाश कोइरालाको सभापतित्वमा भएको साधारणसभामा सहकारी अभियन्ता केशवप्रसाद पोख्रेललाई यो वर्षको सहकारी ब्यक्तित्व सम्मान प्रदान गरिएको छ । 

यस्तै सङ्घका पूर्व सञ्चालकहरू विष्णुप्रसाद ओझा,कृष्णराज खतिवडा,पार्वती बराल र महेन्द्र ढुङ्गानालाई सम्मान गरिएको छ । सङ्घले हरेक वर्ष प्रदान गर्ने कर्मचारी पुरस्कारबाट एकता भलुवा साकोस केरावारीका ब्यवस्थापक देवीप्रसाद घिमिरे र रमाइलो जनएकता साकोसका वरिष्ट सहायक कृष्णप्रसाद फुएललाई नगद सहित सम्मान गरिएको छ ।

सङ्घको अनुगमनमा उत्कृष्ट ठहरिएका न्यू जनएकता साकोस बेलबारी –११ र पथरीशनिश्चरे साकोस पथरीशनिश्चरे–१ लाई सम्मान गरिएको छ  ।

कार्यक्रममा जिल्ला बचत सङ्घ मोरङमा आवद्ध २६२ वटा संस्था मध्ये १५१ वटा प्रारम्भिक संस्थाका प्रतिनिधिको सहभागिता थियो ।

भर्खरै
नेफ्स्कूनको नियमित अनुगमनअन्तर्गत शुभ श्री साकोसको मूल्याङ्कन
नेफ्स्कूनको नियमित अनुगमनअन्तर्गत शुभ श्री साकोसको मूल्याङ्कन

४ घण्टा अगाडि

खैरहनी नारी चेतना साकोसमा नेफ्स्कूनद्वारा स्थलगत सुपरिवेक्षण सम्पन्न
खैरहनी नारी चेतना साकोसमा नेफ्स्कूनद्वारा स्थलगत सुपरिवेक्षण सम्पन्न

४ घण्टा अगाडि

प्रोवेसनका सूचकमा केन्द्रित नेफ्स्कूनको सुपरिवेक्षण हिमाली ब्राह्मी महिला साकोसमा
प्रोवेसनका सूचकमा केन्द्रित नेफ्स्कूनको सुपरिवेक्षण हिमाली ब्राह्मी महिला साकोसमा

४ घण्टा अगाडि

स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता साथै स्थलगत सुपरीवेक्षण सम्पन्न 
स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता साथै स्थलगत सुपरीवेक्षण सम्पन्न 

४ घण्टा अगाडि

सहकारीमा कर व्यवस्थापन तालिम सम्पन्न, सहकारीकर्मीको क्षमता अभिवृद्धिमा जोड
सहकारीमा कर व्यवस्थापन तालिम सम्पन्न, सहकारीकर्मीको क्षमता अभिवृद्धिमा जोड

४ घण्टा अगाडि

सर्वहित साकोस दाङमा नेफ्स्कूनको स्थलगत सुपरिवेक्षण
सर्वहित साकोस दाङमा नेफ्स्कूनको स्थलगत सुपरिवेक्षण

१ दिन अगाडि

पुष्पाञ्जली साकोसमा नेफ्स्कूनद्वारा स्थलगत सुपरिवेक्षण सम्पन्न
पुष्पाञ्जली साकोसमा नेफ्स्कूनद्वारा स्थलगत सुपरिवेक्षण सम्पन्न

१ दिन अगाडि

चितवन स्थित सिद्धार्थ साकोसमा नेफ्स्कूनद्वारा स्थलगत सुपरिवेक्षण सम्पन्न
चितवन स्थित सिद्धार्थ साकोसमा नेफ्स्कूनद्वारा स्थलगत सुपरिवेक्षण सम्पन्न

१ दिन अगाडि

लोकप्रिय
दाङ स्थित जनसेवा साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
दाङ स्थित जनसेवा साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

२ दिन अगाडि

नेफ्स्कूनको नियमित अनुगमनअन्तर्गत शुभ श्री साकोसको मूल्याङ्कन
नेफ्स्कूनको नियमित अनुगमनअन्तर्गत शुभ श्री साकोसको मूल्याङ्कन

४ घण्टा अगाडि

स्क्यान कार्यक्रम अन्तर्गत दोस्रो स्थलगत सुपरिवेक्षण सम्पन्न
स्क्यान कार्यक्रम अन्तर्गत दोस्रो स्थलगत सुपरिवेक्षण सम्पन्न

२ दिन अगाडि

स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता साथै स्थलगत सुपरीवेक्षण सम्पन्न 
स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता साथै स्थलगत सुपरीवेक्षण सम्पन्न 

४ घण्टा अगाडि

श्री बाराही साकोसमा नेफ्स्कूनको दोस्रो स्क्यान स्थलगत सुपरिवेक्षण सम्पन्न
श्री बाराही साकोसमा नेफ्स्कूनको दोस्रो स्क्यान स्थलगत सुपरिवेक्षण सम्पन्न

१ दिन अगाडि

गौरिशंकर साकोसमा नेफ्स्कूनद्वारा स्थलगत सुपरिवेक्षण सम्पन्न
गौरिशंकर साकोसमा नेफ्स्कूनद्वारा स्थलगत सुपरिवेक्षण सम्पन्न

३ दिन अगाडि

पाठकबाट थप