वीरगन्ज । जिल्ला बचत तथा ऋण सहकारी संघ, पर्साको अध्यक्षमा हरेराम पटेल निर्वाचित हुनुभएको छ । शनिबार सम्पन्न संघको १७ औं वार्षिक साधारणसभा तथा निर्वाचनबाट नेफ्स्कून निवर्तमान सञ्चालक पटेल निर्वाचित हुनुभएको हो ।
अध्यक्ष पदका प्रत्याशी राकेश यादवलाई ३८ मतले पराजित गर्दै पटेल विजयी हुनुभएको हो । निर्वाचनमा कुल १२२ मत खसेको थियो । पटेलले ७९ मत पाउँदा यादवले ४१ मत पाउनुभयो ।
यस्तै संघको बरिष्ठ उपाध्यक्षमा जिस्नु बराल निर्वाचित हुुनुभएको छ । बरालले ७० मत पाउँदा प्रतिस्पर्धी राजेन्द्र प्रसाद जयसवालले ५० मत प्राप्त गर्नुभयो । उपाध्यक्षमा नगनारायण सिंह, महासचिवमा राजीव कुमार साह, कोषाध्यक्षमा अरुण कुमार साह र सचिवमा नरेश चौरसिया विजयी हुनुभएको छ । उहाँहरुले क्रमश ६०, ६२, ८१ र ७७ मत पाउनुभएको थियो ।
यसैगरी सञ्चालकहरुमा विश्वास प्रताप शाह, हृदय नारायण साह, मनु राउत कुर्मी, धर्मनाथ कुशवाहा र महिला सदस्यमा सिता मुखिया बिन निर्वाचित हुनुभएको छ ।
त्यस्तै लेखा सुपरिवेक्षण समिति संयोजकमा मनोज गुप्ता तथा सदस्यमा नीरादेवी साह र रमेश कुमार दत्त निर्वाचित हुनुभएको छ ।
३ दिन अगाडि
४ दिन अगाडि
४ दिन अगाडि
७ दिन अगाडि
७ दिन अगाडि
८ दिन अगाडि
८ दिन अगाडि
८ दिन अगाडि
९५५ दिन अगाडि
९५९ दिन अगाडि
९६३ दिन अगाडि
२८३ दिन अगाडि
२८९ दिन अगाडि
३२७ दिन अगाडि
३३६ दिन अगाडि
३४१ दिन अगाडि