नेफ्स्कून सञ्चालक पौड्याल लुस्कून अध्यक्ष निर्वाचित
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नेफ्स्कून सञ्चालक पौड्याल लुस्कून अध्यक्ष निर्वाचित

भैरहवा– लुम्बिनी विशिष्टिकृत सहकारी संघ लिमिटेड (लुस्कून) को अध्यक्षमा नेफ्स्कून सञ्चालक ज्ञानु पौड्याल निर्वाचित हुनुभएको छ । रुपन्देहीको तिलोत्तमा नगरपालिका–६, पश्चिम पहुनीमा रहेको लुस्कूनको पाँचौ वार्षिक साधारण सभा तथा निर्वाचन कार्यक्रमबाट पौड्यालको अध्यक्षमा १५ सदस्यीय कार्यसमिति चयन गरिएको हो ।

पौड्याल यसअघि लुस्कूनको कार्यबाहक अध्यक्ष हुनुहुन्थ्यो । सहकारीको उपाध्यक्षमा डिबी थापा, सचिवमा मिनप्रसाद पोख्रेल र कोषाध्यक्षमा खेमप्रसाद गौतम चयन हुनुभएको छ । त्यस्तै, सदस्यहरुमा राधा पोख्रेल थापा, झुपा पाण्डे, झपेन्द्रराज अर्याल, उमा राना, अर्जुनराज उपाध्याय, अर्जुन रानाभाट, कृष्णप्रसाद पाण्डे, टिकाराम चापागाईं, देवी प्रसादपाण्डे, पूर्णप्रसाद तिमिल्सिना र धनकुमारी बराल चयन हुनुभएको छ ।

त्यस्तै लेखा सुपरीक्षण समितिको संयोजकमा कृष्णप्रसाद अर्याल, सदस्यहरुमा रामकृष्ण शर्मा र तुल्सा थापा क्षेत्री निर्वाचित हुनुभएको निर्वाचन उपसमितिले जनाएको छ । १ सय ४३ वटा सहकारीको संयुक्त लगानी रहेको लुस्कूनले दुध र दुग्धजन्य सामाग्रीहरु उत्पादन तथा बिक्रीवितरण गर्दै आएको छ ।

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप