सहकारी अध्यादेश र मापदण्डका केही प्रावधानप्रति रौतहटका सहकारीकर्मीहरुको असन्तुष्टि 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सहकारी अध्यादेश र मापदण्डका केही प्रावधानप्रति रौतहटका सहकारीकर्मीहरुको असन्तुष्टि 

रौतहट ७ माघ । नेपाल सरकारद्धारा हालै जारी सहकारी सम्बन्धी अध्यादेश र पौष २९ गते राष्ट्र बैंकद्वारा सहकारीलाई नियमन गर्न तर्जुमा गरिएको प्रस्तावित मापदण्डको मस्यौदाका केही दफाहरुमा रौतहटका सहकारीकर्मीहरुले आपत्ति जनाएका छन् ।

रौतहट बचत तथा ऋण सहकारी संघ लिमिटेडको आयोजनामा सम्पन्न अन्तरक्रिया कार्यक्रममा सहभागी सहकारीकर्मीहरुले अध्यादेश र मस्यौदाका केही दफा प्रति असहमति जनाएका हुन् । अध्यादेशमा भएका केही दफाले असल नियतले निरन्तर लागिरहेका सहकारीहरुलाई धेरै सकस पर्ने भएकाले यसलाई संशोधन गर्नुपर्ने उनीहरुको राय छ ।

संघका अध्यक्ष विभु कुमार पोखरेलले अध्यादेश र मापदण्डमा राम्रा पक्षहरु पनि रहेको बताउनुभयो । केही दफाले सहकारी अभियानलाई साँघुरो पार्नेमा उहाँको चिन्ता थियो । राज्यले खराब तथा असल सहकारीहरुलाई एउटै कसीमा राखेर नियम कानुन बनाउनाले राम्रा सहकारीहरु पनि धरासयी हुँने भएकाले केही दफा सच्याउन पर्ने देखिएको पोखरेलले बताउनुभयो । संकल्प बचत तथा ऋण सहकारी लिमिटेडका अध्यक्ष गणेश पौडेलले राज्यले गलत गर्नेलाई नियमन गर्नको लागि कानुन बनाएको बताउनु भयो ।

कार्यक्रमका वक्ताहरुले विशेषगरी बचतको सिमा, सञ्चालकको कार्यकाल, संचालकले लिने ऋण सुविधा, एक पटकमा एक संस्थाको मात्र नेतृत्व, बचतको प्रकार, ऋणलाई पुनर्ताजगी गर्दा प्रोभिजन गर्नु पर्ने व्यबस्थाहरुमा परिमार्जन गर्नु पर्ने संघका सचिव वसन्त कुमार आचार्यले जानकारी गराउनुभयो  ।

संघका अध्यक्ष बिभु पोखरेलको अध्यक्षतामा सम्पन्न सो कार्यक्रमको रौतहट दुग्ध सहकारी संघ अध्यक्ष श्रीकृष्ण अधिकारीले व्यानर पढेर उद्घघाटन गर्नुभएको थियो । जिल्लाभरी रहेका बचत ऋण सहित अन्य प्रकृतिका सहकारी प्रतिनिधिहरुको उपस्थिति रहेको कार्यक्रममा जिल्लाभरीका सबै प्रकृतिका प्रारम्भिक साकोसका अध्यक्ष, व्यबस्थापक सहितको प्रतिनिधि गरी ५० जनाको उपस्थिति रहेको संघका कोषाध्यक्ष नरेन्द्र राना मगरले जानकारी गराउनुभयो ।

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

७ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

८ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

८ दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

९ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

१० दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

१० दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

१६ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१७ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३४ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

८ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२३ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२६ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२६ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२६ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२४ दिन अगाडि

पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न
पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न

३९ दिन अगाडि

पाठकबाट थप