कबाडी संकलन गर्नेहरुको सहकारी भन्दा पाठकहरुलाई अनौठो लाग्न सक्छ । तर, भारतको अहमदाबादमा पुराना थोत्रा सामान संकलन गर्ने काममा खटिएका कबाडीहरु संगठित भएर सहकारी स्थापना गरेको इतिहास छ । र, यो सहकारीले उदाहरणीय काम पनि गरेको छ । यसको इतिहास पनि धनी छ ।
सन् १९८६ मा स्थापना भएको श्री सौन्दर्या सफाइ उत्कर्ष महिला सेवा सहकारी मण्डली यस्तो सहकारी हो जसका सदस्यहरु कुनै समय कबाडीको काम गर्दथे । कष्टपूर्ण काम, सामाजिक विभेद र श्रम शोषणले आजित भएका महिलाहरु मिलेर सरसफाइ सेवा उपलब्ध गराउने सहकारी स्थापना गरेका हुन् । उक्त सहकारीले सरसफाइ गर्ने कामलाई सौन्दर्य र आत्मसम्मानको पेशाका रुपमा स्थापित गरेको छ । सबै हिसाबले पिछडिएका र बिर्सन लायक विगत भएका ४० महिलाहरु मिलेर यो सहकारी स्थापना गरेका हुन् । उनीहरु अहिले कवाडीबाट 'प्रोफेशनल हाउसकिपर्स' बनेका छन् र समाजमा प्रतिष्ठित पनि छन् असल र उदाहरणीय कर्मका कारण । उनीहरुको सहकारीलाई भारतमा लोकप्रिय सेवा सहकारीले सहयोग गरेको छ । अहिले यो सहकारीले ४५ वटा संस्थाहरुलाई सफाइ तथा हाउसकिपिङ सेवा उपलब्ध गराउँदै आएको छ । यो सहकारीको वार्षिक कारोबार भारतीय रुपैयाँ १ करोड बढी छ ।
७ घण्टा अगाडि
७ घण्टा अगाडि
७ घण्टा अगाडि
८ घण्टा अगाडि
९ घण्टा अगाडि
१ दिन अगाडि
१ दिन अगाडि
१ दिन अगाडि
३ दिन अगाडि
७ घण्टा अगाडि
७ घण्टा अगाडि
९ घण्टा अगाडि
७ घण्टा अगाडि
८ घण्टा अगाडि
३८ दिन अगाडि
३८ दिन अगाडि