'अध्यादेशले लगाएको अनावश्यक अंकुशले सदस्यको हक कुन्ठित गरेको छ' 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
'अध्यादेशले लगाएको अनावश्यक अंकुशले सदस्यको हक कुन्ठित गरेको छ' 

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) का बरिष्ठ उपाध्यक्ष दामोदर अधिकारीले अध्यादेशमार्फत सरकारले सहकारीहरुमा लगाएको अनावश्यक अंकुशले सदस्यको हक कुन्ठित गरेको बताउनुभएको छ । उहाँले कार्यक्षेत्रको आधारमा बचतमा सीमा तोक्ने विषय अवैज्ञानिक भएको भन्दै ऋण र बचतको सीमामा पनि तालमेल नभएको बताउनुभयो । उहाँले सञ्चालक समितिको पदमा दुई कार्यकालको भन्ने व्यवस्थाले अझ समस्या र दुविधा ल्याएको उल्लेख गर्नुभयो । 

बरिष्ठ उपाध्यक्ष अधिकारीले राज्यले ल्याएको सहकारी अध्यादेशले केही बाधाहरुसँगै केही अवसर पनि ल्याएको भन्दै बाधाहरुलाई न्यूनीकरण गर्न नेफ्स्कूनले सुझाव केन्द्रित छलफल गर्ने प्रष्ट पार्नुभयो । नेफ्स्कूनले ललितपुरको गोदाबरीमा हिजो र आजका लागि आयोजना गरेको एक्सेस दोस्रो समूहको कार्यक्रममा हिजो बोल्दै उहाँले अध्यादेश र नेपाल राष्ट्र बैंकले बचत ऋण सहकारीहरुका लागि प्रस्तावित गरेको निर्देशन तथा मापदण्डका विषयमा संवेदनशील भई सरोकारवालासँग छलफल गरिरहेका जानकारी गराउनुभयो ।

अर्को प्रसङ्मा उहाँले अहिले सिकाइलाई प्रभावकारी बनाउन पाम वर्कशपको विधि परिवर्तन गरिएको भन्दै कार्यशालामा बस्दै गर्दा प्रत्येक सहभागीले आफ्नो संस्थालाई प्रस्तुतिमा पाउने दाबी गर्नुभयो । बरिष्ठ उपाध्यक्ष अधिकारीले भन्नुभयो,  'हामी समस्या समाधानमा केन्द्रित छलफल गर्नेछौ । तपाइहरुले पनि यहाँ बस्दै गर्दा संस्थामा समाधान बोकेर जानु पर्नेछ । तपाइले मासिक रुपमा पठाएका विववरणको अफसाइट र अनसाइट सुपरिवेक्षण गरिरहेका छौ ।'

अहिलेको समयमा सबैको ऐक्यबद्धता आवश्यक भएको भन्दै उहाँले भन्नुभयो, 'अहिले ऋण असुली भएको छैन् थप लगानी भएको छैन । तरलता अधिक बसेको छ । हमी आतिन पनि र मात्तिन पनि सक्ने अवस्था छैन । समुदायमा जब जब संकट आउँछ त्यसले सँगसगै सम्भावना पनि साथसाथै ल्याएको हुन्छ । त्यसैले नीति विधि र प्रविधिमा आधारित भइ संस्था सञ्चालन गरिएमा हामी यो संकटको सहजै सामना गर्न सक्दछौ ।'

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

२२ घण्टा अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

१ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप