सदस्य संघ संस्थाहरुलाई नेफ्स्कूनको विशेष आग्रह
हाम्रा वित्तीय विवरण प्रगतिउन्मूख छन्, विचलित हुनुपर्ने अवस्था छैनः नेफ्स्कून
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
हाम्रा वित्तीय विवरण प्रगतिउन्मूख छन्, विचलित हुनुपर्ने अवस्था छैनः नेफ्स्कून

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि (नेफ्स्कून) ले आफ्ना वित्तीय विवरणहरु प्रगतिउन्मुख भएको दाबी गर्दै बाहिर आएका समाचारहरुबाट विचलित नहुन सदस्य संघ संस्थाहरु तथा सरोकारवालाहरुलाई आग्रह गरेको छ । 

संघका विषयमा अनलाइन सञ्चारमाध्यममा प्रकाशित समाचारप्रति इंगित गर्दै अध्यक्ष चन्द्रप्रसाद ढकालले भन्नुभयो, ‘नेफ्स्कूनको चासो र चिन्ता गरेर आउने समाचार, विश्लेषण र टीका टिप्पणीकै भरमा विचलित भैहाल्नुपर्ने परिस्थिति पक्कै होइन । हाम्रा वित्तीय विवरणहरु प्रोग्रेसिभ छन् ।’

आर्थिक वर्ष २०७९/८० को अन्तिम लेखापरिक्षण यताका सबै वित्तीय विवरणहरु सुधारोन्मुख रहेको उहाँले दाबी गर्नुभयो । स्वयं नियमनकारी निकाय सहकारी विभागको प्रतिवेदनले पनि संघको अवस्था संतोषजनक बताइसकेको अध्यक्ष ढकालले बताउनुभयो ।

उहाँले अघिल्लो पटक सहकारी विभाग र नेपाल राष्ट्र बैंकले गरेको संयुक्त अनुगमनको आधारमा संघको पर्फमेन्स पश्चात पछिल्लोपटक विभागले गरेको फलोअप अनुगमनले अघिल्लोको तुलनामा संघको समग्र वित्तीय अवस्था सन्तोषजनक तथा सुधारोन्मुख रहेको देखाइसकेको अध्यक्ष ढकालले दाबी गर्नुभयो ।

‘विभागले गरेका दुईवटा अनुगमन प्रतिवेदनले हाम्रो वित्तीय अवस्था स्पष्ट चित्रण गरेका छन्,’ अध्यक्ष ढकालले भन्नुभयो, ‘नियामक निकाय हाम्रो प्रोग्रेसबाट सन्तुष्ट छ । समय र परिस्थिति बिचारेर आएका समाचारहरुबारे सदस्यहरु जानकार नै हुनुुहुन्छ ।’

अध्यक्ष ढकालले सहकारीका मूल्य, मान्यता र सिद्धान्त, बचत ऋण सहकारीका सञ्चालन सिद्धान्त, वित्तीय मापदण्ड तथा सरकार एवम् नियामक निकायका निर्देशनहरुलाई संघले अक्षरशः पालना गर्दै आएको बताउनुभयो । 

‘हामीले नक्कली विवरण बनाएका छैनौं । अडिटरले दिएको रिपोर्टमा कहीकतै म्यानिपुलेशन गरेका छैनौं । नाफा बाँढ्ने भनेपनि नियमनकारी निकायले सुझाव दिएपछि रोकेका छौं,’ अध्यक्ष ढकालले प्रश्न गर्नुभयो, ‘ हिजोको अवस्थाबाट उल्लेख्य सुधार गर्नु, सुझाव र निर्देशनहरु पालना गर्नु भनेको हामी कैद सजायको भागेदार हुनु हो र ? सुधार गर्ने विषय कसरी दण्डनीय हुन्छ । कन्डिशनल क्लज प्रयोग गरेर यसो गरेमा यसो हुने भन्ने विषयले के अर्थ राख्छ ?’

संघका बरिष्ठ उपाध्यक्ष दामोदर अधिकारीले पनि संघको सर्वोच्च निकाय साधारण सभामा पेश भएका वित्तीय विवरणहरु, लेखा परिक्षकले दिएका प्रतिवेदनहरु कुनै किसिमले तोडमोड गरी सदस्यको अहित हुने कार्य संघ सञ्चालक समितिबाट नभएकोले सदस्य संघ संस्थाहरुलाई आश्वस्त रहन आग्रह गर्नुभयो । उहाँले सदस्यहरुको बचतको सुरक्षा संघको पहिलो प्राथमिकता भएको बताउँदै त्यसका लागि सुरक्षित ऋण लगानीलाई जोड दिएको पनि बताउनुभयो ।

परिस्थितिजन्य प्रतिकूलताले उब्जाएका लगानीहरु अहिले राम्रोसँग रिकभर भैरहेको उहाँले जानकारी गराउनुभयो । ‘सम्पत्ति व्यवस्थापनबाट पनि रिकभरी भएको छ । हाम्रो वित्तीय अवस्था संघको वेबसाइटमा उपलब्ध छ, नियामक निकालाई पनि मासिक बुझाएका छौं,’ नेफ्स्कूनका प्रवक्ता समेत रहनुभएका बरिष्ठ उपाध्यक्ष अधिकारीले भन्नुभयो, ‘साधारण सभामा जस्ताको तस्तै प्रस्तुत गरिएको छ । हामीसँग अहिले हाल १ अर्ब १३ करोडको गैर बैंकिङ सम्पति छ ।  प्राथमिक पुँजी कोष २ अर्ब १० करोड रहेको छ भने तरलता ४८.६८ रहेको छ । विभिन्न कोषहरुमा गरी कुल ७० करोड ८१ लाख बढी रकम छ ।’

उहाँले सदस्यहरुको बलियो विश्वास र उत्तिकै बलियो बिरासतको जगमा उभिएको नेफ्स्कूनको वित्तीय अवस्था र कामकारवाही दण्डनीय हुने गरी सञ्चालन हुन्छ भन्नु सही होइन । परिस्थितिजन्य प्रतिकूलताले उब्जिएका कमजोरीहरु सुधार भएका छन्  । तर, तीसौं वर्ष अभियानमा पसिना बगाएका हामीहरुबाट गलत काम कहिल्यै हुँदैन भन्नेमा कम्तिमा सदस्यहरु विश्वस्त हुनुुहुन्छ भन्ने लाग्छ ।’ बरिष्ठ उपाध्यक्ष अधिकारीले प्रश्न गर्नुभयो, ‘अवस्था राम्रो हुँदै जानु चिन्ताको विषय हो र ? पक्कै होइन । कैदको विषय अतिरञ्जना र भ्रमपूर्ण भयो ।’ 

यसैगरी, अध्यक्ष ढकालले अगाडि भन्नुभयो,‘यो समाचारहरुको खण्डन होइन, वास्तविकताको जानकारी हो । न्यूज एङ्गलिङमा परिवर्तन गरेर हेर्दा देखिने सत्यको उद्घाटन हो,’ उहाँले भन्नुभयो, ‘न्यूज पनि म्यानिपुलेसन हुन्छ भन्ने हामीले बुझ्नुपर्छ । समाचारको विषयवस्तुको छनौट के कसरी हुन्छ भन्ने अहिलेको समयमा हामी सबैले बुझिरहेका छौं । समाचारलाई सेलेबल बनाउने उपायहरुबाट समाज अनभिज्ञ छैन ।’

अध्यक्ष ढकालको भनाइ छ, ‘यही समाचारलाई नेफ्स्कूनको वित्तीय अवस्थामा उल्लेख्य सुधार भनेर पनि लेख्ने प्रशस्त आधारहरु हामीसँग छन् । अर्को भनेको, हामीले युवा परिषद्लाई तिनुपर्ने रकम पनि करिब ८ करोडबाट ४ करोड भन्दा तल झारेका छौं । स्थिरीकरण कोषमार्फत सदस्यहरुको गैरस्थलगत जोखिम सुपरिवेक्षणका कामहरु सुरु भएका छन् जसलाई तालुकदार मन्त्रालयले पनि सरकारले गर्ने काम संघबाट भयो भनेर तारिफ गरिसकेको छ । मन्त्रालयदेखि विभागसँगका हाम्रा सम्बन्धहरु हार्दिकतामा परिणत भएका छन् । सरकारले जारी गरेको सहकारी अध्यादेश र नेपाल राष्ट्र बैंकले जारी गरेको मापदण्ड तथा निर्देशनमा समेटिएका धेरै सकारात्मक विषयहरुमा पनि संघको प्रभावकारी लबिङ भएको र तिनमा आवश्यक संशोधनका लागि समेत काम भैरहेको अवस्थामा सबै विषयहरु ओझेलमा पार्न संघ र समग्र साकोस अभियानलाई धमिल्याउने गरी भए गरेका प्रयासबाट दिग्भ्रमित नहुन र नेफ्स्कूनका सेवाहरुमा जोडिन देशभरका सबै सदस्यहरुलाई म विनम्र आग्रह गर्छु ।’ 

बरिष्ठ उपाध्यक्ष अधिकारी पनि उस्तै तर्क गर्नुहुन्छ,  ‘गिलास आधा भरी कि आधा खाली भन्ने कुरा हो । तपाईले कुन दृष्टिकोणबाट हेर्नुहुन्छ त्यो महत्वपुर्ण हुन्छ । साधारणसभामा हाम्रो यथार्थस्थिति हामीले सदस्यहरुलाई अवगत गराएका छौं । नियमनकारी निकायलाई बोध गराएका छौं । विभागले भनेको विषयलाई र दिएका सुझावहरु क्रमशः कार्यान्वयन गर्दै लगेको अवस्था छ । रिकभरीका लागि टास्कफोर्सले अहोरात्र खटिएर काम गरेको छ । कामको नतिजापनि राम्रो छ ।’  बरिष्ठ उपाध्यक्ष अधिकारी भन्नुहुन्छ, ‘हामीले डाटा म्यानिपुलेट गरेका छैनौं । अङ्क वा अक्षर हटाएको, झिकेको थपेको केही छैन ।’

संघका महासचिव घनश्याम अधिकारीको आशय पनि त्यस्तै रहेको छ । उहाँले भन्नुभयो, ‘हामीले संघको नीति कार्यक्रम मार्फत बुटवलमा भएको ३३औं वार्षिक साधारण सभामा आम सदस्यहरुलाई वास्तविक वित्तीय स्थिति उजागर गरेका हौं । सभाले प्रतिनिधिहरुमार्फत ओनरशीप पनि लिएको हो । त्यति हुँदाहुँदै पनि विभागको निर्देश अनुसार प्रर्याप्त प्रोभिजन नहुँदा सम्म लाभांश वितरण स्थगन गर्नु भनिएकोले हामी सोही प्रक्रिया भित्र रहेका छौं । हामी सधैं अभियानको हितमा अभियानलाई साक्षी राखेर काम गर्छौं । त्यससबाहेक एक इन्च पनि तलमाथि दायाँबायाँ हुँदैन । परिस्थितजन्य घटनाक्रम र परिवेशले परेको अफ्ठ्यारो हामी सुधार्दै छौं ।’

महासचिव अधिकारीले थप्नुभयो, ‘बाहिर आएका विषयले सदस्यलाई हतोत्साही गरेको अनुभूति गरेका छौं । सञ्चालकहरुलाई कैदको कुरा केवल अतिरञ्जना हो ।’

बरिष्ठ उपाध्यक्ष अधिकारीले पनि संघले संस्थागत सदस्य भन्दा बाहिर लगानी नगरेको, सञ्चालकहरुले ऋण लिएर भाखा ननघाएको प्रष्ट पार्नुभयो । ऋणको भाखा नाघ्नु परिस्थितिजन्य विषय  भएको बताउँदै आन्तरिक भन्दा बाहिर वातावरणहरु कारक हुने उहाँले उल्लेख गर्नुभयो ।

कोभिडदेखि सुरु भएको प्रतिकूलता, तरलता संकट, समग्र मुलुकको अर्थतन्त्रमा आएको संकुशन र त्यसपछि सदस्य संस्थाहरुमा देखिएका समस्याहरुकाबीच यो सञ्चालक समितिले निर्मम भएर रिकभरीमा लागेको दाबी संघले गरेको छ । संघका तीनै कि पदाधिकारीले भन्नुभयो, ‘हामीले हिडेको बाटो सही छ, हामीले सदस्यलाई हानी हुने काम गरेका छैनौं । सदस्यहरुको बचतको सुरक्षा हाम्रो प्राथमिकता हो ।’

यस्तो अवस्थामा सहकारी ऐन २०७४ को दफा १२२ र १२४ आकर्षित नहुने संघका कानूनी सल्लाहकार अधिवक्ता शिव अधिकारीको राय छ । अधिकारी भन्नुहुन्छ, ‘अडिटरको रिपोर्टमा कही कतै म्यानिपुलेसन गरेको अवस्था होइन । लाभांश बाँढ्ने निर्णय पनि कार्यान्वयनमा गएको छैन । विभागको निर्देशन कार्यान्वयन भएको छ । यस्तोमा सहकारी ऐन २०७४ को दफा १२२ र १२४ आकर्षित हुने अवस्था यो होइन । सदस्यहरुलाई अत्याउने र भ्रम सिर्जना गर्ने काम मात्र भएको छ ।’

स्मरणीय छ, संघको ३३औं वार्षिक साधारणसभामा पेश भएको वार्षिक लेखापरिक्षण प्रतिवेदनमा समेत संघले सदस्यको हितका लागि काम गरेको उल्लेख छ ।

भर्खरै
सहकारीको स्वनियमनलाई थप व्यवस्थित गर्न सहकारीसम्बन्धी विधेयकः मन्त्री अधिकारी
सहकारीको स्वनियमनलाई थप व्यवस्थित गर्न सहकारीसम्बन्धी विधेयकः मन्त्री अधिकारी

१६ घण्टा अगाडि

बागमती प्रदेशको दोस्रो ‘पाम’ कार्यशाला चितवनमा सम्पन्न
बागमती प्रदेशको दोस्रो ‘पाम’ कार्यशाला चितवनमा सम्पन्न

१७ घण्टा अगाडि

दौतरीबलिया सहकारीले मनायो १७औं वार्षिकोत्सव
दौतरीबलिया सहकारीले मनायो १७औं वार्षिकोत्सव

२२ घण्टा अगाडि

ग्लोवल मनी विक २०२५ :  साकोसका वित्तीय शिक्षा तथा सदस्य अन्तरक्रिया कार्यक्रम
ग्लोवल मनी विक २०२५ :  साकोसका वित्तीय शिक्षा तथा सदस्य अन्तरक्रिया कार्यक्रम

२ दिन अगाडि

रजिष्ट्रार ढुङ्गानालाई नेफ्स्कूनद्वारा बधाई तथा शुभकामना 
रजिष्ट्रार ढुङ्गानालाई नेफ्स्कूनद्वारा बधाई तथा शुभकामना 

२ दिन अगाडि

भक्तपुर जिल्ला बचत संघको ‘कार्यविधि निर्माण’ तालिम सम्पन्न
भक्तपुर जिल्ला बचत संघको ‘कार्यविधि निर्माण’ तालिम सम्पन्न

२ दिन अगाडि

‘प्रथम बागमती प्रदेश सहकारी सम्मेलन’ सम्पन्न
‘प्रथम बागमती प्रदेश सहकारी सम्मेलन’ सम्पन्न

२ दिन अगाडि

तनहुँमा सहकारीहरुका लागि ऋण व्यवस्थापन तालिम सञ्चालन
तनहुँमा सहकारीहरुका लागि ऋण व्यवस्थापन तालिम सञ्चालन

२ दिन अगाडि

लोकप्रिय
सामूहिक साकोस भक्तपुरको २५औं वार्षिक साधारणसभा सम्पन्न, राजाभाई भेले श्रेष्ठको अध्यक्षतामा नयाँ नेतृत्व चयन  
सामूहिक साकोस भक्तपुरको २५औं वार्षिक साधारणसभा सम्पन्न, राजाभाई भेले श्रेष्ठको अध्यक्षतामा नयाँ नेतृ...

५३३ दिन अगाडि

श्री जनज्योती साकोसको संस्थागत विकास तालिम सञ्चालन
श्री जनज्योती साकोसको संस्थागत विकास तालिम सञ्चालन

८९० दिन अगाडि

सहकारीमा नियमित बचत समृद्ध जीवनको आधारः महासचिव अधिकारी
सहकारीमा नियमित बचत समृद्ध जीवनको आधारः महासचिव अधिकारी

८९३ दिन अगाडि

हाम्रो जनकल्याण साकोसको २५औं वार्षिक साधारणसभा सम्पन्न, शैलुङ सञ्चार सहकारीसँग एकीकरण घोषणा 
हाम्रो जनकल्याण साकोसको २५औं वार्षिक साधारणसभा सम्पन्न, शैलुङ सञ्चार सहकारीसँग एकीकरण घोषणा 

९१२ दिन अगाडि

सहकारी सिद्धान्तमा अब्बल बन्दै मोरङको शनिश्चरे साकोस
सहकारी सिद्धान्तमा अब्बल बन्दै मोरङको शनिश्चरे साकोस

९२५ दिन अगाडि

बागलुङमा सदस्य संघ/संस्थाहरुसँग नेफ्स्कूनको अन्तरक्रिया 
बागलुङमा सदस्य संघ/संस्थाहरुसँग नेफ्स्कूनको अन्तरक्रिया 

९२६ दिन अगाडि

सहकारी संस्था एकीकरण प्रक्रियाका सम्बन्धमा विभागद्वारा ध्यानाकर्षण
सहकारी संस्था एकीकरण प्रक्रियाका सम्बन्धमा विभागद्वारा ध्यानाकर्षण

९३२ दिन अगाडि

हाम्रो साकोसको आयोजनामा एक्सेस बागमती तेस्रो क्लष्टरको कार्यकुशलता तथा सिकाइ व्यवस्थापन कार्यशाला सम्पन्न
हाम्रो साकोसको आयोजनामा एक्सेस बागमती तेस्रो क्लष्टरको कार्यकुशलता तथा सिकाइ व्यवस्थापन कार्यशाला सम...

९४२ दिन अगाडि

पाठकबाट थप