नेफ्स्कून अध्यक्ष र सिईओ भारत भ्रमणमा, दुई मुलुकको सहकारी अभियानको प्रगाढता प्रमुख एजेण्डा 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नेफ्स्कून अध्यक्ष र सिईओ भारत भ्रमणमा, दुई मुलुकको सहकारी अभियानको प्रगाढता प्रमुख एजेण्डा 

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) का अध्यक्ष चन्द्रप्रसाद ढकाल तथा प्रमुख कार्यकारी अधिकृत डा. शिवजी सापकोटा छिमेकी मित्रराष्ट्र भारतमा आयोजना हुने सहकारी सम्मेलनसँगै विशिष्ट सहकारीकर्मीहरुसँग आपसी हितका विषयमा महत्वपूर्ण छलफलका लागि आज त्यसतर्फ जानुभएको छ ।

महाराष्ट्र फेडेरेशन अफ कोअपरेटिभ सोसाइटीको आयोजना फेब्रुअरी ८ र ९ मा हुने सहकारी सम्मेलनमा बिशिष्ट अतिथिको रुपमा नेफ्स्कूनको प्रतिनिधित्व रहनेछ । त्यसअघि उहाँहरुले भारतीय सहकारीको सर्वोच्च निकाय भारतीय राष्ट्रिय सहकारी संघ लि.(एनसीयूआई) का अध्यक्ष दिलीप सांघानीसँगै अन्य उच्च पदस्थ अधिकारीसँग द्धिपक्षीय सम्बन्धका विविध विषयमा छलफल गर्ने कार्यक्रम छ ।

भारतले नेपालको सहकारी अभियानलाई नजिकबाट नियालिरहेको परिप्रेक्ष्ययमा यो भ्रमणले दुई मुलुकको अभियानबीचको प्रगाढतालाई नयाँ उचाइमा पुर्याउने विश्वास संघका अध्यक्ष ढकालले व्यक्त गर्नुभयो ।

भ्रमणका क्रममा अन्य स्थानीय सहकारीकर्मीहरुसँग पनि साइडलाइन बैठकको कार्यक्रम रहेको संघका प्रमुख कार्यकारी अधिकृत डा. सापकोटाले जानकारी गराउनुभयो । अन्तर्राष्ट्रिय सहकारी वर्ष २०२५ को अवसर समेत भएकोले यो भ्रमणले उक्त महत्वपूर्ण अभियानलाई सफल बनाउन द्धिपक्षीय रुपमा के कसरी सहकार्य गर्न सकिन्छ भनेर पनि रणनीतिहरु तयार पार्न सघाउ पुर्याउने विश्वास लिइएको छ । 

उहाँहरुलाई नेफ्स्कूनका बरिष्ठ उपाध्यक्ष दामोदर अधिकारी, महासचिव घनश्याम अधिकारी, कोषाध्यक्ष दिपक थापा, सञ्चालक सिता ढकाल पौडेलसँगै सहायक कार्यकारी अधिकृत गणेशप्रसाद तिमल्सिनाले भ्रमण सफलताको शुभकामनासहित बिदाई गर्नुभएको छ ।

यसैबीच, अध्यक्षको अनुपस्थितिमा संघको कार्यवाहक अध्यक्षको जिम्मेवारी बरिष्ठ उपाध्यक्ष दामोदर अधिकारीले सम्हाल्नुहुनेछ । उहाँ संघका प्रबक्ता समेत हुनुहुन्छ । यसैगरी, संघका प्रमुख कार्यकारी अधिृकत डा. सापकोटाले आफ्नो अनुपस्थितिमा संघको निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सहायक कार्यकारी अधिकृत गणेशप्रसाद तिमल्सिनालाई प्रदान गर्नुभएको छ ।

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

२ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

३ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

३ दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

४ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

५ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

५ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

११ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१३ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३० दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१९ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२० दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२२ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२२ दिन अगाडि

पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न
पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न

३५ दिन अगाडि

पाठकबाट थप