नेफ्स्कून र एनसीयूआई तथा इफ्कोबीच तीन महत्वपूर्ण एजेण्डामा छलफल
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नेफ्स्कून र एनसीयूआई तथा इफ्कोबीच तीन महत्वपूर्ण एजेण्डामा छलफल

काठमाडौं । भारत भ्रमणमा रहनुभएका नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) का अध्यक्ष चन्द्रप्रसाद ढकाल एवम् प्रमुख कार्यकारी अधिकृत डा. शिवजी सापकोटाले हिजोबाटै उच्चस्तरीय भेटघाट तथा छलफल सुरु गर्नुभएको छ ।
हिजो अध्यक्ष ढकाल तथा सिईओ डा. सापकोटाले भारतीय सहकारी अभियानको शीर्ष निकय भारतीय राष्ट्रिय सहकारी संघ लि.(एनसीयूआई) का साथै इन्डियन फामर्स फर्टिलाइजर कोअपरेटिभ (इफ्को) का अध्यक्ष दिलीप सांघानी तीनै निकायबीच सहकारिताको सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने गरी रणनीतिक सहकार्य गर्ने आपसी सहमति भएको छ । 

विशेषतः एनसीयूआई तथा इफ्कोले नेपाली सहकारी अभियानको बलियो स्तम्भ र लामो इतिहास बोकेको नेफ्स्कूनको क्षमता विकासमा सहयोग पुर्याउने प्रतिबद्धता जनाएको छ । यस दिशामा नेफ्स्कूनको वर्तमान सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति तथा उच्च व्यवस्थापनको क्षमता विकासका लागि आवासीय तालिम आयोजना गर्ने तथा अनुभवी भारतीय सहकारी प्रबुद्ध व्यक्तित्वहरुबाट नेतृत्व विकास कार्यक्रम सहजीकरण गर्ने सहमति भएको छ ।

यसैगरी, नेपाली साकोस अभियानको व्यवस्थापकीय क्षमता अभिवृद्धिका लागि १ सय साकोस व्यवस्थापकहरुलाई सहकारी डिप्लोमा कोर्स अध्ययनका लागि छात्रवृत्ति प्रदान गराउने विषयमा पनि छलफल भएको संघका सिईओ डा.सापकोटाले साकोस आवाजलाई नयाँ दिल्लीबाट जानकारी गराउनुभयो । यसैगरी, नेपालका साकोस व्यवस्थापकहरुलाई सहकारीमार्फत उत्पादन, प्रवर्धन तथा बजारीकरणका नवीन तौरतरिकासँग अभ्यस्त गराउने र त्यहाँका असल सहकारीहरुको अवलोकन भ्रमण समेत गराउने गरी छलफल केन्द्रीत भएको उहाँले उल्लेख गर्नुभयो । 

यसैगरी, उक्त छलफलमा नेफ्स्कूनकातर्फबाट एनसीयूआई तथा इफ्को अध्यक्ष सांघानीलाई नेपाल भ्रमणको निम्तो दिइएको छ । नेफ्स्कून केन्द्रीय कार्यालयसँगै संघका सदस्य संस्थाहरुमध्ये असल अभ्यास गरेका केही संस्था भ्रमण गराउने र आपसी सम्बन्धलाई प्रगाढ बनाउने उद्देश्यले नेफ्स्कून भ्रमणको निम्तो दिइएको सिईओ डा. सापकोटाले बताउनुभयो । यी मुख्य एजेण्डालाई यही भ्रमणकै दौरान सैद्धान्तिक सहमतिमा परिणत गरिने जानकारी पनि नेफ्स्कून सिईओ डा.सापकोटाले गराउनुभयो । छलफलमा इफ्कोका उच्च पदस्थ अधिकारीहरुको पनि सहभागिता थियो ।

स्मरणीय छ, एनसीयूआई तथा इफ्को अध्यक्ष सांघानी सम्मानित भारतीय सहकारी अभियन्तासँगै प्रभावशाली राजनीतिक व्यक्तित्व समेत हुनुहुन्छ । गुजरातका सांसद सांघाई पूर्व क्याबिनेट मन्त्री समेत रही सक्नुभएको छ । यसैगरी, उहाँ भारतका विभिन्न सहकारी संघ संस्थामा आवद्ध हुनुहुन्छ । उहाँ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी तथा भारतीय गृह एवम् सहकारिता मन्त्री अमित सिंहका नजिकका विश्वासपात्र समेत हुनुहुन्छ । सोही कारण पनि नेफ्स्कून र एनसीयूआई तथा इफ्कोबीचको यो उच्चस्तरीय भेटले दूरगामी महत्व राख्ने विश्लेषण गरिएको छ ।

इफ्को विश्वका ३ सय ठूला सहकारीको सूचीमा लगातार टप थ्री भित्र पर्दै आएको छ । गत नोभेम्बर २५ देखि ३० सम्म भारतको राजधानी नयाँ दिल्लीमा सम्पन्न आईसीए–अन्तर्राष्ट्रिय सहकारी सम्मेलन तथा अन्तर्राष्ट्रिय सहकारी वर्ष २०२५ को औपचारिक शुभारम्भ कार्यक्रमको मुख्य आयोजक समेत हो । 

यसैबीच, सांघानीले पनि नेफ्स्कूनसँगको भेटलाई विशेष महत्व दिदैं संघका अध्यक्ष ढकाल एवम् सिईओ डा. सापकोटासँगको सौहार्दपूर्ण छलफलबारे ट्वीट गर्नुभएको छ । उहाँले आफूलाई नेफ्स्कून भ्रमणको निमन्त्रणा प्राप्त भएको समेत जानकारी ट्वीटमार्फत गराउनुभएको छ भने नेफ्स्कून सञ्चालक समितिलाई पनि भारत भ्रमणको निम्ता दिएको अवगत गराउनुभएको छ । 
सन् २०२४ को मे ९ मा नयाँ दिल्लीस्थित इफ्को सदनमा सम्पन्न इफ्कोको साधारण सभाले सिंघानीलाई अध्यक्ष निर्वाचित गरेको थियो ।

दिल्लीको कार्यक्रम पछि नेफ्स्कून अध्यक्ष ढकाल तथा सिईओ डा. सापकोटा छिमेकी महाराष्ट्र फेडेरेशन अफ कोअपरेटिभ सोसाइटीको आयोजना फेब्रुअरी ८ र ९ मा हुने सहकारी सम्मेलनमा बिशिष्ट अतिथिको रुपमा समेत सहभागी हुनुहुनेछ भने त्यहाँ पनि साइडलाइन छलफलको कार्यक्रम रहेको सिईओ डा. सापकोटाले बताउनुभयो ।

भर्खरै
सहकारीको स्वनियमनलाई थप व्यवस्थित गर्न सहकारीसम्बन्धी विधेयकः मन्त्री अधिकारी
सहकारीको स्वनियमनलाई थप व्यवस्थित गर्न सहकारीसम्बन्धी विधेयकः मन्त्री अधिकारी

१४ घण्टा अगाडि

बागमती प्रदेशको दोस्रो ‘पाम’ कार्यशाला चितवनमा सम्पन्न
बागमती प्रदेशको दोस्रो ‘पाम’ कार्यशाला चितवनमा सम्पन्न

१६ घण्टा अगाडि

दौतरीबलिया सहकारीले मनायो १७औं वार्षिकोत्सव
दौतरीबलिया सहकारीले मनायो १७औं वार्षिकोत्सव

२० घण्टा अगाडि

ग्लोवल मनी विक २०२५ :  साकोसका वित्तीय शिक्षा तथा सदस्य अन्तरक्रिया कार्यक्रम
ग्लोवल मनी विक २०२५ :  साकोसका वित्तीय शिक्षा तथा सदस्य अन्तरक्रिया कार्यक्रम

२ दिन अगाडि

रजिष्ट्रार ढुङ्गानालाई नेफ्स्कूनद्वारा बधाई तथा शुभकामना 
रजिष्ट्रार ढुङ्गानालाई नेफ्स्कूनद्वारा बधाई तथा शुभकामना 

२ दिन अगाडि

भक्तपुर जिल्ला बचत संघको ‘कार्यविधि निर्माण’ तालिम सम्पन्न
भक्तपुर जिल्ला बचत संघको ‘कार्यविधि निर्माण’ तालिम सम्पन्न

२ दिन अगाडि

‘प्रथम बागमती प्रदेश सहकारी सम्मेलन’ सम्पन्न
‘प्रथम बागमती प्रदेश सहकारी सम्मेलन’ सम्पन्न

२ दिन अगाडि

तनहुँमा सहकारीहरुका लागि ऋण व्यवस्थापन तालिम सञ्चालन
तनहुँमा सहकारीहरुका लागि ऋण व्यवस्थापन तालिम सञ्चालन

२ दिन अगाडि

लोकप्रिय
सामूहिक साकोस भक्तपुरको २५औं वार्षिक साधारणसभा सम्पन्न, राजाभाई भेले श्रेष्ठको अध्यक्षतामा नयाँ नेतृत्व चयन  
सामूहिक साकोस भक्तपुरको २५औं वार्षिक साधारणसभा सम्पन्न, राजाभाई भेले श्रेष्ठको अध्यक्षतामा नयाँ नेतृ...

५३३ दिन अगाडि

श्री जनज्योती साकोसको संस्थागत विकास तालिम सञ्चालन
श्री जनज्योती साकोसको संस्थागत विकास तालिम सञ्चालन

८९० दिन अगाडि

सहकारीमा नियमित बचत समृद्ध जीवनको आधारः महासचिव अधिकारी
सहकारीमा नियमित बचत समृद्ध जीवनको आधारः महासचिव अधिकारी

८९३ दिन अगाडि

हाम्रो जनकल्याण साकोसको २५औं वार्षिक साधारणसभा सम्पन्न, शैलुङ सञ्चार सहकारीसँग एकीकरण घोषणा 
हाम्रो जनकल्याण साकोसको २५औं वार्षिक साधारणसभा सम्पन्न, शैलुङ सञ्चार सहकारीसँग एकीकरण घोषणा 

९१२ दिन अगाडि

सहकारी सिद्धान्तमा अब्बल बन्दै मोरङको शनिश्चरे साकोस
सहकारी सिद्धान्तमा अब्बल बन्दै मोरङको शनिश्चरे साकोस

९२५ दिन अगाडि

बागलुङमा सदस्य संघ/संस्थाहरुसँग नेफ्स्कूनको अन्तरक्रिया 
बागलुङमा सदस्य संघ/संस्थाहरुसँग नेफ्स्कूनको अन्तरक्रिया 

९२६ दिन अगाडि

सहकारी संस्था एकीकरण प्रक्रियाका सम्बन्धमा विभागद्वारा ध्यानाकर्षण
सहकारी संस्था एकीकरण प्रक्रियाका सम्बन्धमा विभागद्वारा ध्यानाकर्षण

९३२ दिन अगाडि

हाम्रो साकोसको आयोजनामा एक्सेस बागमती तेस्रो क्लष्टरको कार्यकुशलता तथा सिकाइ व्यवस्थापन कार्यशाला सम्पन्न
हाम्रो साकोसको आयोजनामा एक्सेस बागमती तेस्रो क्लष्टरको कार्यकुशलता तथा सिकाइ व्यवस्थापन कार्यशाला सम...

९४२ दिन अगाडि

पाठकबाट थप