नेफ्स्कून र एनसीयूआई तथा इफ्कोबीच तीन महत्वपूर्ण एजेण्डामा छलफल
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नेफ्स्कून र एनसीयूआई तथा इफ्कोबीच तीन महत्वपूर्ण एजेण्डामा छलफल

काठमाडौं । भारत भ्रमणमा रहनुभएका नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) का अध्यक्ष चन्द्रप्रसाद ढकाल एवम् प्रमुख कार्यकारी अधिकृत डा. शिवजी सापकोटाले हिजोबाटै उच्चस्तरीय भेटघाट तथा छलफल सुरु गर्नुभएको छ ।
हिजो अध्यक्ष ढकाल तथा सिईओ डा. सापकोटाले भारतीय सहकारी अभियानको शीर्ष निकय भारतीय राष्ट्रिय सहकारी संघ लि.(एनसीयूआई) का साथै इन्डियन फामर्स फर्टिलाइजर कोअपरेटिभ (इफ्को) का अध्यक्ष दिलीप सांघानी तीनै निकायबीच सहकारिताको सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने गरी रणनीतिक सहकार्य गर्ने आपसी सहमति भएको छ । 

विशेषतः एनसीयूआई तथा इफ्कोले नेपाली सहकारी अभियानको बलियो स्तम्भ र लामो इतिहास बोकेको नेफ्स्कूनको क्षमता विकासमा सहयोग पुर्याउने प्रतिबद्धता जनाएको छ । यस दिशामा नेफ्स्कूनको वर्तमान सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति तथा उच्च व्यवस्थापनको क्षमता विकासका लागि आवासीय तालिम आयोजना गर्ने तथा अनुभवी भारतीय सहकारी प्रबुद्ध व्यक्तित्वहरुबाट नेतृत्व विकास कार्यक्रम सहजीकरण गर्ने सहमति भएको छ ।

यसैगरी, नेपाली साकोस अभियानको व्यवस्थापकीय क्षमता अभिवृद्धिका लागि १ सय साकोस व्यवस्थापकहरुलाई सहकारी डिप्लोमा कोर्स अध्ययनका लागि छात्रवृत्ति प्रदान गराउने विषयमा पनि छलफल भएको संघका सिईओ डा.सापकोटाले साकोस आवाजलाई नयाँ दिल्लीबाट जानकारी गराउनुभयो । यसैगरी, नेपालका साकोस व्यवस्थापकहरुलाई सहकारीमार्फत उत्पादन, प्रवर्धन तथा बजारीकरणका नवीन तौरतरिकासँग अभ्यस्त गराउने र त्यहाँका असल सहकारीहरुको अवलोकन भ्रमण समेत गराउने गरी छलफल केन्द्रीत भएको उहाँले उल्लेख गर्नुभयो । 

यसैगरी, उक्त छलफलमा नेफ्स्कूनकातर्फबाट एनसीयूआई तथा इफ्को अध्यक्ष सांघानीलाई नेपाल भ्रमणको निम्तो दिइएको छ । नेफ्स्कून केन्द्रीय कार्यालयसँगै संघका सदस्य संस्थाहरुमध्ये असल अभ्यास गरेका केही संस्था भ्रमण गराउने र आपसी सम्बन्धलाई प्रगाढ बनाउने उद्देश्यले नेफ्स्कून भ्रमणको निम्तो दिइएको सिईओ डा. सापकोटाले बताउनुभयो । यी मुख्य एजेण्डालाई यही भ्रमणकै दौरान सैद्धान्तिक सहमतिमा परिणत गरिने जानकारी पनि नेफ्स्कून सिईओ डा.सापकोटाले गराउनुभयो । छलफलमा इफ्कोका उच्च पदस्थ अधिकारीहरुको पनि सहभागिता थियो ।

स्मरणीय छ, एनसीयूआई तथा इफ्को अध्यक्ष सांघानी सम्मानित भारतीय सहकारी अभियन्तासँगै प्रभावशाली राजनीतिक व्यक्तित्व समेत हुनुहुन्छ । गुजरातका सांसद सांघाई पूर्व क्याबिनेट मन्त्री समेत रही सक्नुभएको छ । यसैगरी, उहाँ भारतका विभिन्न सहकारी संघ संस्थामा आवद्ध हुनुहुन्छ । उहाँ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी तथा भारतीय गृह एवम् सहकारिता मन्त्री अमित सिंहका नजिकका विश्वासपात्र समेत हुनुहुन्छ । सोही कारण पनि नेफ्स्कून र एनसीयूआई तथा इफ्कोबीचको यो उच्चस्तरीय भेटले दूरगामी महत्व राख्ने विश्लेषण गरिएको छ ।

इफ्को विश्वका ३ सय ठूला सहकारीको सूचीमा लगातार टप थ्री भित्र पर्दै आएको छ । गत नोभेम्बर २५ देखि ३० सम्म भारतको राजधानी नयाँ दिल्लीमा सम्पन्न आईसीए–अन्तर्राष्ट्रिय सहकारी सम्मेलन तथा अन्तर्राष्ट्रिय सहकारी वर्ष २०२५ को औपचारिक शुभारम्भ कार्यक्रमको मुख्य आयोजक समेत हो । 

यसैबीच, सांघानीले पनि नेफ्स्कूनसँगको भेटलाई विशेष महत्व दिदैं संघका अध्यक्ष ढकाल एवम् सिईओ डा. सापकोटासँगको सौहार्दपूर्ण छलफलबारे ट्वीट गर्नुभएको छ । उहाँले आफूलाई नेफ्स्कून भ्रमणको निमन्त्रणा प्राप्त भएको समेत जानकारी ट्वीटमार्फत गराउनुभएको छ भने नेफ्स्कून सञ्चालक समितिलाई पनि भारत भ्रमणको निम्ता दिएको अवगत गराउनुभएको छ । 
सन् २०२४ को मे ९ मा नयाँ दिल्लीस्थित इफ्को सदनमा सम्पन्न इफ्कोको साधारण सभाले सिंघानीलाई अध्यक्ष निर्वाचित गरेको थियो ।

दिल्लीको कार्यक्रम पछि नेफ्स्कून अध्यक्ष ढकाल तथा सिईओ डा. सापकोटा छिमेकी महाराष्ट्र फेडेरेशन अफ कोअपरेटिभ सोसाइटीको आयोजना फेब्रुअरी ८ र ९ मा हुने सहकारी सम्मेलनमा बिशिष्ट अतिथिको रुपमा समेत सहभागी हुनुहुनेछ भने त्यहाँ पनि साइडलाइन छलफलको कार्यक्रम रहेको सिईओ डा. सापकोटाले बताउनुभयो ।

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

२१ घण्टा अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

१ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

५ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप