संघका सदस्यहरुलाई विशेष आग्रह
नेफ्स्कूनको वित्तीय अवस्थालाई लिएर दिग्भ्रमित हुनुपर्ने अवस्था छैनः कार्यवाहक अध्यक्ष अधिकारी
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नेफ्स्कूनको वित्तीय अवस्थालाई लिएर दिग्भ्रमित हुनुपर्ने अवस्था छैनः कार्यवाहक अध्यक्ष अधिकारी

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) का कार्यवाहक अध्यक्ष दामोदर अधिकारीले संघको वित्तीय अवस्था सुधारोन्मुख र सन्तोषजनक रहेको दाबी गर्नुभएको छ । संघका विषयमा हालै प्रकाशमा आएका समाचारका शीर्षक र थम्बनेलका आधारमा आत्तिनुपर्ने, विचलित हुनुपर्ने तथा दिग्भ्रमित हुनुपर्ने अवस्था नरहेको भन्दै उहाँले सदस्य संघ संस्थाहरुलाई विश्वस्त रहन विशेष आग्रह गर्नुभएको छ । साकोस आवाजसँग कुरा गर्दै संघका प्रबक्ता समेत रहनुभएका कार्यबाहक अध्यक्ष दामोदर अधिकारीले भन्नुभयो, समाचारका भरमा आत्तिनुपर्ने अवस्था संघको होइन, बलियो विरासत र सदस्यको अपार विश्वास बोकेको मुलुकको जेठो संघले पछिल्लो समय बहसपैरवीमा देखाएको सक्रियता, साकोस अभियानको दिगोपनाका लागि गरेका कामहरु र चाल्दै गरेका रणनीतिक मुभहरुलाई ओझेलमा पार्ने प्रयासका केही छनकहरु मात्र समाचारमा आएको उहाँले तर्क गर्नुुभयो ।

संघको सर्वोच्च निकाय साधारण सभामा पेश भएका वित्तीय विवरणहरु, लेखा परिक्षकले दिएका प्रतिवेदनहरु कुनै किसिमले तोडमोड गरी सदस्यको अहित हुने कार्य संघ सञ्चालक समितिबाट नभएकोले सदस्य संघ संस्थाहरुलाई आश्वस्त रहन कार्यबाहक अध्यक्ष अधिकारीले आग्रह गर्नुभयो । उहाँले सदस्यहरुको बचतको सुरक्षा संघको पहिलो प्राथमिकता भएको बताउँदै त्यसका लागि सुरक्षित ऋण लगानीलाई जोड दिएको पनि बताउनुभयो ।

परिस्थितिजन्य प्रतिकूलताले उब्जाएका लगानीहरु अहिले राम्रोसँग रिकभर भैरहेको उहाँले जानकारी गराउनुभयो । ‘सम्पत्ति व्यवस्थापनबाट पनि रिकभरी भएको छ । हाम्रो वित्तीय अवस्था संघको वेबसाइटमा उपलब्ध छ, नियामक निकालाई पनि मासिक बुझाएका छौं,’ नेफ्स्कूनका प्रवक्ता समेत रहनुभएका कार्यवाहक अध्यक्ष अधिकारीले भन्नुभयो, ‘साधारण सभामा जस्ताको तस्तै प्रस्तुत गरिएको छ । हामीसँग अहिले हाल १ अर्ब १३ करोडको गैर बैंकिङ सम्पति छ ।  प्राथमिक पुँजी कोष २ अर्ब १० करोड रहेको छ भने तरलता ४८.६८ रहेको छ । विभिन्न कोषहरुमा गरी कुल ७० करोड ८१ लाख बढी रकम छ ।’

उहाँले भन्नुभयो, सदस्यहरुको बलियो विश्वास र उत्तिकै बलियो बिरासतको जगमा उभिएको नेफ्स्कूनको वित्तीय अवस्था र कामकारवाही दण्डनीय हुने गरी सञ्चालन हुन्छ भन्नु सही होइन । परिस्थितिजन्य प्रतिकूलताले उब्जिएका कमजोरीहरु सुधार भएका छन्  । तर, तीसौं वर्ष अभियानमा पसिना बगाएका हामीहरुबाट गलत काम कहिल्यै हुँदैन भन्नेमा कम्तिमा सदस्यहरु विश्वस्त हुनुुहुन्छ भन्ने लाग्छ ।’ कार्यवाहक अध्यक्ष अधिकारीले प्रश्न गर्नुभयो, ‘अवस्था राम्रो हुँदै जानु चिन्ताको विषय हो र ? पक्कै होइन । कैदको विषय अतिरञ्जना र भ्रमपूर्ण भयो ।’ 

कार्यवाहक अध्यक्ष अधिकारी भन्नुहुन्छ,  ‘गिलास आधा भरी कि आधा खाली भन्ने कुरा हो । तपाईले कुन दृष्टिकोणबाट हेर्नुहुन्छ त्यो महत्वपुर्ण हुन्छ । साधारणसभामा हाम्रो यथार्थस्थिति हामीले सदस्यहरुलाई अवगत गराएका छौं । नियमनकारी निकायलाई बोध गराएका छौं । विभागले भनेको विषयलाई र दिएका सुझावहरु क्रमशः कार्यान्वयन गर्दै लगेको अवस्था छ । रिकभरीका लागि टास्कफोर्सले अहोरात्र खटिएर काम गरेको छ । कामको नतिजापनि राम्रो छ ।’  उहाँको स्पष्टोक्ति छ,  ‘हामीले डाटा म्यानिपुलेट गरेका छैनौं । अङ्क वा अक्षर हटाएको, झिकेको थपेको केही छैन ।’

उहाँले संघले संस्थागत सदस्य भन्दा बाहिर लगानी नगरेको, सञ्चालकहरुले ऋण लिएर भाखा ननघाएको समेत प्रष्ट पार्नुभयो । ऋणको भाखा नाघ्नु परिस्थितिजन्य विषय भएको बताउँदै आन्तरिक भन्दा बाहिर वातावरणहरु कारक हुने बताउनुभयो ।

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

८ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

९ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

९ दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

१० दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

११ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

११ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

१७ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१८ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३५ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२४ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

९ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२७ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२७ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२७ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२५ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३३ दिन अगाडि

पाठकबाट थप