संघका सदस्यहरुलाई विशेष आग्रह
नेफ्स्कूनको वित्तीय अवस्थालाई लिएर दिग्भ्रमित हुनुपर्ने अवस्था छैनः कार्यवाहक अध्यक्ष अधिकारी
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नेफ्स्कूनको वित्तीय अवस्थालाई लिएर दिग्भ्रमित हुनुपर्ने अवस्था छैनः कार्यवाहक अध्यक्ष अधिकारी

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) का कार्यवाहक अध्यक्ष दामोदर अधिकारीले संघको वित्तीय अवस्था सुधारोन्मुख र सन्तोषजनक रहेको दाबी गर्नुभएको छ । संघका विषयमा हालै प्रकाशमा आएका समाचारका शीर्षक र थम्बनेलका आधारमा आत्तिनुपर्ने, विचलित हुनुपर्ने तथा दिग्भ्रमित हुनुपर्ने अवस्था नरहेको भन्दै उहाँले सदस्य संघ संस्थाहरुलाई विश्वस्त रहन विशेष आग्रह गर्नुभएको छ । साकोस आवाजसँग कुरा गर्दै संघका प्रबक्ता समेत रहनुभएका कार्यबाहक अध्यक्ष दामोदर अधिकारीले भन्नुभयो, समाचारका भरमा आत्तिनुपर्ने अवस्था संघको होइन, बलियो विरासत र सदस्यको अपार विश्वास बोकेको मुलुकको जेठो संघले पछिल्लो समय बहसपैरवीमा देखाएको सक्रियता, साकोस अभियानको दिगोपनाका लागि गरेका कामहरु र चाल्दै गरेका रणनीतिक मुभहरुलाई ओझेलमा पार्ने प्रयासका केही छनकहरु मात्र समाचारमा आएको उहाँले तर्क गर्नुुभयो ।

संघको सर्वोच्च निकाय साधारण सभामा पेश भएका वित्तीय विवरणहरु, लेखा परिक्षकले दिएका प्रतिवेदनहरु कुनै किसिमले तोडमोड गरी सदस्यको अहित हुने कार्य संघ सञ्चालक समितिबाट नभएकोले सदस्य संघ संस्थाहरुलाई आश्वस्त रहन कार्यबाहक अध्यक्ष अधिकारीले आग्रह गर्नुभयो । उहाँले सदस्यहरुको बचतको सुरक्षा संघको पहिलो प्राथमिकता भएको बताउँदै त्यसका लागि सुरक्षित ऋण लगानीलाई जोड दिएको पनि बताउनुभयो ।

परिस्थितिजन्य प्रतिकूलताले उब्जाएका लगानीहरु अहिले राम्रोसँग रिकभर भैरहेको उहाँले जानकारी गराउनुभयो । ‘सम्पत्ति व्यवस्थापनबाट पनि रिकभरी भएको छ । हाम्रो वित्तीय अवस्था संघको वेबसाइटमा उपलब्ध छ, नियामक निकालाई पनि मासिक बुझाएका छौं,’ नेफ्स्कूनका प्रवक्ता समेत रहनुभएका कार्यवाहक अध्यक्ष अधिकारीले भन्नुभयो, ‘साधारण सभामा जस्ताको तस्तै प्रस्तुत गरिएको छ । हामीसँग अहिले हाल १ अर्ब १३ करोडको गैर बैंकिङ सम्पति छ ।  प्राथमिक पुँजी कोष २ अर्ब १० करोड रहेको छ भने तरलता ४८.६८ रहेको छ । विभिन्न कोषहरुमा गरी कुल ७० करोड ८१ लाख बढी रकम छ ।’

उहाँले भन्नुभयो, सदस्यहरुको बलियो विश्वास र उत्तिकै बलियो बिरासतको जगमा उभिएको नेफ्स्कूनको वित्तीय अवस्था र कामकारवाही दण्डनीय हुने गरी सञ्चालन हुन्छ भन्नु सही होइन । परिस्थितिजन्य प्रतिकूलताले उब्जिएका कमजोरीहरु सुधार भएका छन्  । तर, तीसौं वर्ष अभियानमा पसिना बगाएका हामीहरुबाट गलत काम कहिल्यै हुँदैन भन्नेमा कम्तिमा सदस्यहरु विश्वस्त हुनुुहुन्छ भन्ने लाग्छ ।’ कार्यवाहक अध्यक्ष अधिकारीले प्रश्न गर्नुभयो, ‘अवस्था राम्रो हुँदै जानु चिन्ताको विषय हो र ? पक्कै होइन । कैदको विषय अतिरञ्जना र भ्रमपूर्ण भयो ।’ 

कार्यवाहक अध्यक्ष अधिकारी भन्नुहुन्छ,  ‘गिलास आधा भरी कि आधा खाली भन्ने कुरा हो । तपाईले कुन दृष्टिकोणबाट हेर्नुहुन्छ त्यो महत्वपुर्ण हुन्छ । साधारणसभामा हाम्रो यथार्थस्थिति हामीले सदस्यहरुलाई अवगत गराएका छौं । नियमनकारी निकायलाई बोध गराएका छौं । विभागले भनेको विषयलाई र दिएका सुझावहरु क्रमशः कार्यान्वयन गर्दै लगेको अवस्था छ । रिकभरीका लागि टास्कफोर्सले अहोरात्र खटिएर काम गरेको छ । कामको नतिजापनि राम्रो छ ।’  उहाँको स्पष्टोक्ति छ,  ‘हामीले डाटा म्यानिपुलेट गरेका छैनौं । अङ्क वा अक्षर हटाएको, झिकेको थपेको केही छैन ।’

उहाँले संघले संस्थागत सदस्य भन्दा बाहिर लगानी नगरेको, सञ्चालकहरुले ऋण लिएर भाखा ननघाएको समेत प्रष्ट पार्नुभयो । ऋणको भाखा नाघ्नु परिस्थितिजन्य विषय भएको बताउँदै आन्तरिक भन्दा बाहिर वातावरणहरु कारक हुने बताउनुभयो ।

भर्खरै
दोलखाका तिन साकोसमा उद्यम–उद्यमी म्याट्रिक्स अभिमुखीकरण 
दोलखाका तिन साकोसमा उद्यम–उद्यमी म्याट्रिक्स अभिमुखीकरण 

१४ घण्टा अगाडि

उद्यमशीलता प्रर्बधनका लागि संसेवन साकोसको पहल, लघु व्यवसायिक खेल तालिम सञ्चालन
उद्यमशीलता प्रर्बधनका लागि संसेवन साकोसको पहल, लघु व्यवसायिक खेल तालिम सञ्चालन

१४ घण्टा अगाडि

महोत्तरीको महालक्ष्मी स्वावलम्बन साकोस नेफ्स्कूनको स्क्यान कार्यक्रममा आबद्ध
महोत्तरीको महालक्ष्मी स्वावलम्बन साकोस नेफ्स्कूनको स्क्यान कार्यक्रममा आबद्ध

१५ घण्टा अगाडि

गृहिणी सेवा साकोस र नेफ्स्कूनबीच स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता
गृहिणी सेवा साकोस र नेफ्स्कूनबीच स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता

३ दिन अगाडि

उद्यम–उद्यमी मेट्रिक्स नक्साङ्कन सम्बन्धी अभिमुखीकरण
उद्यम–उद्यमी मेट्रिक्स नक्साङ्कन सम्बन्धी अभिमुखीकरण

३ दिन अगाडि

नेफ्स्कूनको स्क्यान कार्यक्रम कार्यान्वयनका लागि नेफ्स्कून र संगम आयआर्जन साकोसबीच सम्झौता 
नेफ्स्कूनको स्क्यान कार्यक्रम कार्यान्वयनका लागि नेफ्स्कून र संगम आयआर्जन साकोसबीच सम्झौता 

३ दिन अगाडि

कालीमाटी स्थित तरकारी फलफूल साकोस र नेफ्स्कूनबीच स्क्यान तथा एक्सेस कार्यक्रम सञ्चालनका लागि सम्झौता 
कालीमाटी स्थित तरकारी फलफूल साकोस र नेफ्स्कूनबीच स्क्यान तथा एक्सेस कार्यक्रम सञ्चालनका लागि सम्झौता...

४ दिन अगाडि

नेफ्स्कूनका १५ जना अधिकृतहरूलाई उद्यम–उद्यमी म्याट्रिक्स तथा नक्साङ्कन सम्बन्धी अनुशिक्षण
नेफ्स्कूनका १५ जना अधिकृतहरूलाई उद्यम–उद्यमी म्याट्रिक्स तथा नक्साङ्कन सम्बन्धी अनुशिक्षण

७ दिन अगाडि

लोकप्रिय
उद्यम–उद्यमी मेट्रिक्स नक्साङ्कन सम्बन्धी अभिमुखीकरण
उद्यम–उद्यमी मेट्रिक्स नक्साङ्कन सम्बन्धी अभिमुखीकरण

३ दिन अगाडि

दोलखाका तिन साकोसमा उद्यम–उद्यमी म्याट्रिक्स अभिमुखीकरण 
दोलखाका तिन साकोसमा उद्यम–उद्यमी म्याट्रिक्स अभिमुखीकरण 

१४ घण्टा अगाडि

महोत्तरीको महालक्ष्मी स्वावलम्बन साकोस नेफ्स्कूनको स्क्यान कार्यक्रममा आबद्ध
महोत्तरीको महालक्ष्मी स्वावलम्बन साकोस नेफ्स्कूनको स्क्यान कार्यक्रममा आबद्ध

१५ घण्टा अगाडि

गृहिणी सेवा साकोस र नेफ्स्कूनबीच स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता
गृहिणी सेवा साकोस र नेफ्स्कूनबीच स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता

३ दिन अगाडि

उद्यमशीलता प्रर्बधनका लागि संसेवन साकोसको पहल, लघु व्यवसायिक खेल तालिम सञ्चालन
उद्यमशीलता प्रर्बधनका लागि संसेवन साकोसको पहल, लघु व्यवसायिक खेल तालिम सञ्चालन

१४ घण्टा अगाडि

Notice
Notice

११ दिन अगाडि

स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता साथै स्थलगत सुपरीवेक्षण सम्पन्न 
स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता साथै स्थलगत सुपरीवेक्षण सम्पन्न 

२७ दिन अगाडि

स्क्यान कार्यक्रम मार्फत जनमुखी साकोसको स्थलगत सुपरिवेक्षण, सुशासन र जोखिम न्यूनीकरणमा जोड
स्क्यान कार्यक्रम मार्फत जनमुखी साकोसको स्थलगत सुपरिवेक्षण, सुशासन र जोखिम न्यूनीकरणमा जोड

२५ दिन अगाडि

पाठकबाट थप