समाचार टिप्पणी
भारत भ्रमण ‘ल्याण्डमार्क भिजिट’ साबित भएको छ 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
भारत भ्रमण ‘ल्याण्डमार्क भिजिट’ साबित भएको छ 

काठमाडौं । अन्तर्राष्ट्रिय सहकारी वर्ष २०२५ को औपचारिक शुभारम्भको अवसर पाएको छिमेकी मुलुक भारतले यो वर्ष गर्ने कार्यक्रमहरुको क्यालेण्डरनै सार्वजनिक गरिसकेको छ । सोही अनुरुप साढे ८ लाख बढी सहकारीहरु भएको भारतले सहकारीसम्बन्धी जनचेतना, सकारात्मक गतिविधिहरु, सफलताहरु र सम्भावनाहरुबारे बृहत् स्तरमा सभा, सम्मेलन, समारोह, कार्यक्रम, गोष्ठी र प्रतियोगितात्मक कार्यक्रहरु गर्दैछ । यसै मेसोमा एशियाली ऋण महासंघ (अकू) को समेत सदस्य संघ महाराष्ट्र बचत ऋण सहकारी संघले अन्तर्राष्ट्रिय सहकारी सम्मेलन २०२५ को भव्य आयोजना गरेको छ । 

सम्मेलनमा सहभागिताका लागि नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) का अध्यक्ष चन्द्रप्रसाद ढकाल र प्रमुख कार्यकारी अधिकृत डा. शिवजी सापकोटालाई विशेष आतिथ्यतासहित निमन्त्रणा गरिएको थियो ।

सम्मेलनको उद्घाटनमा नेफ्स्कूनकातर्फबाट राजस्थानका राज्यपालको हरिबाहु बगाडेको प्रमुख आतिथ्यता, महाराष्ट्रका सहकारी मन्त्री गौतम कुमार, कर्नाटकका सहकारी संघका अध्यक्षलाई नेपाली परिचय अटाएको टोपी अध्यक्ष ढकालले उपहार स्वरुप लगाइदिनुभएको थियो । सम्मेलनमा नेपाली टोपी केवल उपहार मात्र नभएको दाबी अध्यक्ष ढकालले गर्नुभयो ।

भातरबाट नेफ्स्कून अध्यक्षले साकोस आवाजसँग भन्नुभयो, 'हामीले भारतीय अभियन्ताहरुलाई लगाइदिएको टोपी केवल एउटा गुडविल जेस्चर होइन, यो त अन्तर्राष्ट्रिय सहकारी वर्ष २०२५ लाई नेपालले पनि सहृदयका साथ आत्मसात् गरेको सन्देश थियो । हामीले सोही विषय राजस्थानका राज्यपालसँगै सहकारी मन्त्री र अभियन्ताहरुलाई जानकारी गराउँदा उहाँहरु निक्कै प्रशन्न हुनुभयो ।’

नेपाली सहकारी अभियानको हार्दिकता भारतमा सहीरुपमा प्रतिविम्बित भएको भएको दाबी अध्यक्ष ढकालले गर्नुभयो । नेपाली टोपीमा सजिएका भारतीय सहकारीकर्मीहरुले नेपाली सहकारी अभियान र साकोसबारे निक्कै अभिरुचिपूर्वक जिज्ञासाहरु राखेको उहाँहरुले बताउनुभयो । भारतीय सहकरी अभियानको बिशेष निमन्त्रणामा त्यहाँ पुग्नुभएका नेफ्स्कून अध्यक्ष ढकाल र प्रमुख कार्यकारी अधिकृत डा.सापकोटाका लागि पनि यो अवसर साँच्चिकै विशेष भएको छ । 

प्रमुख कार्यकारी अधिकृत डा. सापकोटाले भन्नुभयो, ‘भारत सहकारीको उर्वरभूमि हो । संख्यात्मक सबलता मात्र होइन विश्व प्रसिद्ध सहकारीहरु भारतमा अवस्थित छन् जसको बेनिफिट अफ प्रोक्जिमीटी नेपालको सहकारी अभियानले लिनसक्छ । यसको लागि यो भ्रमणले आधारशिला तयार गरेको छ ।’

सम्मेलनमा भारतसँगै एशियाली ऋण महासंघका प्रमुख प्राविधिक अधिकृत रजिञ्त हिताराची, कर्नाटकका सहकारी संघका अध्यक्षसँगै  नेपाल, फिलिपिन्स, श्रीलंका, मोरिसस्, थाईल्याण्डका अन्तर्राष्ट्रिय अतिथिहरुको उपस्थिति रहेको थियो । 

अतिथिहरुबीच नेपालका बचत तथा ऋण सहकारीहरु मार्फत व्यवसाय विकास प्रवर्धन गर्न र रोजगारी सृजना गर्न भारत र नेपाल बीच नयाँ सहकार्य अघि बढाउने विषयमा छलफल भएको छ । यससम्बन्धी सहजीकरण एशियाली ऋण महासंघले गर्ने जनाइएको छ । दुई दिवसीय सम्मेलनको पहिलो दिन युवा, महिला, सुशासन र कानूनी कार्यढाँचाका विषयमा सहकारी नियमनकारी र संघहरुका करिब २ सय उच्च पदस्थ अधिकारीहरुको सहभागितामा कार्यशाला गोष्ठी आयोजना गरिएको थियो । यसैगरी, दोश्रो दिन करिब ७ हजार सहकारीकर्मीहरुबीच बचत तथा ऋण सहकारी सम्बन्धी समसामयिक विषयहरुमा छलफल भएको थियो । 

सोही सम्मेलनमा भारतीय सहकारीहरुको नियमनको विषयमा रेगुलेटोरी बोर्डसम्बन्धी प्रस्तुति पनि निक्कै महत्वपूर्ण र जानकारीमूलक रहेको नेफ्स्कून अध्यक्ष ढकालले उल्लेख गर्नुभयो । 

त्यसअघि भारतीय सहकारी अभियानको सर्वोच्च निकाय राष्ट्रिय सहकारी संघ लि. (एनसीयूआई) तथा इफ्कोका अध्यक्ष प्रभावशाली व्यक्तित्व दिलीप सांघानी, प्रमुख कार्यकारी अधिकृत डा. सुधिर महाजन, नाफ्कूब तथा इफ्को लगायत निकायका अन्य उच्च पदाधिकारीसँग नेफ्स्कूनसँगको द्धिपक्षीय सम्बन्धलाई नयाँ आयामका साथ उचाइमा लाने विषयमा महत्वपूर्ण छलफल भएको छ ।

यसै भ्रमण दौरान नेपाली साकोस अभियानको सर्वोच्च निकाय नेफ्स्कून तथा साकोस व्यवस्थापकहरुको क्षमता अभिवृद्धिका लागि भारतीय सहकरी अभियानले प्राविधिक सहयोग उपलब्ध गराउने विषयमा पनि सैद्धान्तिक सहमति जनाएको छ ।  सोही कारण यो भ्रमण नेपाली साकोस अभियानको लागि दुरगामी महत्वराख्ने ‘ल्याण्डमार्क भिजिट’ सावित भएको दाबी नेफ्स्कून अध्यक्ष ढकाल तथा प्रमुख कार्यकारी अधिकृत डा. सापकोटाले गर्नुभयो । 

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१४ घण्टा अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२३ घण्टा अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

५ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप