8th ACCU Regulators' Conference
सहकारी सचिव पोखरेल 'आक्रा' अध्यक्ष निर्वाचित, नेपालको सहकारी क्षेत्रकै महत्वपूर्ण उपलब्धि भएको नेफ्स्कूनको भनाइ
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सहकारी सचिव पोखरेल 'आक्रा' अध्यक्ष निर्वाचित, नेपालको सहकारी क्षेत्रकै महत्वपूर्ण उपलब्धि  भएको नेफ्स्कूनको भनाइ

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव एवम् राष्ट्रिय सहकारी नियमन प्राधिकरणका अध्यक्ष अर्जुन प्रसाद पोखरेल एशियाली सहकारी नियमन अलायन्स  (आक्रा) को अध्यक्ष निर्वाचित हुनुभएको छ । एशियाली ऋण महासंघ (अकू) को आयोजनामा थाइल्याण्डको राजधानी बैंककमा जारी आक्राको आठौं सम्मेलनले पोखरेललाई आज सर्वसम्मत् अध्यक्ष चुनेको हो । 

अकूको पहलमा सन् २००३ मा गठित आक्राको नेपाल पहिलो पटक अध्यक्ष निर्वाचित भएको हो । आक्राको नयाँ कार्य समितिमा उपाध्यक्ष अल्तानतुल सोग्साईखान (मंगोलिया), सचिव अलेक्जेण्डर वि राकेपो (फिलिपिन्स), कोषाध्यक्ष बुन्यारात आथानरोनारित थाइल्याण्ड चुनिनुभएको छ भने पदेन सदस्य सचिवमा इलेनिता भिसानरोके, प्रमुख कार्यकारी अधिकृत (अकू) रहनुभएको छ । 

यसैबीच, आक्राको अध्यक्ष जस्तो गरिमामय पदमा सर्वसम्मत् निर्वाचित हुनु नेपालको साकोस अभियानमात्र नभई सम्पूर्ण सहकारी क्षेत्रकै लागि ठूलो उपलब्धि भएको नेफ्स्कूनका अध्यक्ष चन्द्रप्रसाद ढकालले बताउनुभयो । अध्यक्ष ढकालले साकोस आवाजलाई भन्नुभयो, 'श्रीमान् सचिवज्यूले एशिया प्रशान्त क्षेत्रका विभिन्न मुलुकका सहकारी नियामकहरुको साझा मञ्चको अध्यक्षमा सर्वसम्मत चुनिन पाउँदा आफूलाई गर्व लागेको प्रारम्भिक प्रतिक्रिया व्यक्त गर्नुभयो ।'

उहाँले यो फोरममार्फत हाम्रा एशिया प्रशान्त क्षेत्रीय मुलुकहरुको सहकारी नियमनका असल अभ्यासहरुबारे छलफल गर्न, सिकाइ र बुझाइलाई परिस्कृत गर्न र भविष्यमा नेपालको सहकारी तथा साकोस अभियानलाई अझ उन्नत दिगो र व्यावसायिक बनाउने आधारहरु तयार हुने विश्वास आफूले लिएको बताउनुभएको अध्यक्ष ढकालले जानकारी गराउनुभयो ।

अध्यक्ष ढकालले नेफ्स्कून तथा नेपालको सहकारी अभियानकातर्फबाट अध्यक्ष पोखरेललाई आफूले बधाईसँगै कार्यकाल सफलताको अग्रिम शुभकामना समेत व्यक्त गरेको जानकारी  गराउनुभयो ।

अकूको अग्रसरतामा सन् २००३ मा गठित आक्राले २००५, २००७, २००९, २०११ हुँदै प्रत्येक दुई वर्षमा सम्मेलन गर्दै आएको छ । खासगरी साकोस अभियानलाई नियामकीय दृष्टिकोणले कसरी नीतिगत तथा कानूनी अनुकूलताको वातावरण निर्माण गर्न सकिन्छ भनेर आक्राले बहस, छलफल र दिशाबोध गर्दै आएको छ ।

नेफ्स्कूनका अध्यक्ष ढकालले पनि आक्राको अध्यक्ष जस्तो गरिमामय पदमा त्यो पनि पहिलो पटक निर्वाचित हुनु ठूलो उपलब्धि भएको बताउनुभयो । यसैगरी,  थाइल्याण्डमै रहनुभएका नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत डा. शिवजी सापकोटाले पनि सहजताका साथ यो वातावरण निर्माण भएको र सर्वसम्मत् रुपमै नेपालको नेतृत्व सबै रेगुलेटर्स र अन्य सहभागीहरुले सहमति जनाएको जानकारी गराउनुभयो ।

सम्मेलनमा नियामक तथा अकूका सदस्य राष्ट्का संघ संस्थाका प्रमुख कार्यकारी अधिकृतहरु समेत गरी १६ देशका ६२ जनाको सहभागिता रहेको छ । १८ फेब्रुअरीमा सुरु भएको उक्त सम्मेलन २२ फेब्रुअरीमा सम्पन्न हुनेछ ।

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप