सिन्धुलीमा सहकारी सिद्धान्त परीक्षण तथा सहकारी संस्कार सम्बन्धी अनुशिक्षण तालिम
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सिन्धुलीमा सहकारी सिद्धान्त परीक्षण  तथा सहकारी संस्कार सम्बन्धी अनुशिक्षण तालिम

सिन्धुली । कमलामाई नगरपालिका, सिन्धुलीमा सोमबारदेखि सिद्धान्त परिक्षण तथा सहकारी संस्कार सम्बन्धी अनुशिक्षण तालिम सुरु भएको छ । नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ (नेफ्स्कून) को आयोजना तथा कमलामाई नगरपालिका, सिन्धुलीको साझेदारीमा दुई दिने तालिम सुरु भएको हो ।

तालिम उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै नगर उप–प्रमुख मञ्जु देवकोटाले सहकारी सिद्धान्त, मुल्यमान्यता र नियमसंगत सञ्चालन भएका सहकारीहरुलाई नगरले प्रोत्साहन गर्ने बताउनुभयो । नियमसंगत सञ्चालन नभएका सहकारीहरुलाई सच्चिन सुझाव दिने र अटेर गर्ने संस्थाहरुलाई कानून बमोजिम कारर्वाही गरिने उहाँको भनाई छ । नगरका सहकारीहरुको अनुगमन र नियमन कार्य भइरहेको समेत उहाँले बताउनुभयो । 

कार्यक्रममा कमलामाई नगरपालिका भूमि व्यवस्था तथा सहकारी इकाई प्रमुख मुकेश तामाङले सहकारी संस्थाहरुलाई सरकारले संचालनमा ल्याएको सहकारी तथा गरिबी सम्बन्धी सूचना प्रणाली (कोपोमिस) मा आवद्ध भई नियमित रुपमा नियमकीय दायित्वहरु पुरा गर्न अनुरोध गर्नुभयो । 

नगरपालिकाको नियमन क्षेत्रभित्र पर्ने ३४ वटा सहकारी संस्थाका पदाधिकारी र व्यवस्थापकहरु सहभागी रहेको तालिमको उद्धेश्य सहकारी मूल्य, मान्यता र सिद्धान्त अनुरूप देशका कृषक, कालिगढ, श्रमिक, न्यून आय समूह एवं सीमान्तकृत समुदाय वा सर्वसाधारण उपभोक्ता माझ छरिएर रहेको पूँजी, प्रविधि तथा प्रतिभालाई स्वावलम्बन र पारस्परिकताका आधारमा एकीकृत गर्दै सदस्यहरूको आर्थिक, सामाजिक तथा साँस्कृतिक उन्नयन गर्न, समुदायमा आधारित, सदस्य केन्द्रित, लोकतान्त्रिक, स्वायत्त र स्वशासित संगठनको रूपमा सहकारी माध्यमबाट आत्मनिर्भर, दिगो एवं समाजवाद उन्मूख राष्ट्रिय अर्थतन्त्रको विकास गर्दै आवश्यक स्रोतका साथै व्यावसायिक तथा सामुदायिक सेवाहरूको बन्दोबस्त गर्ने, समानता र समताका माध्यमबाट सदस्यहरूको समृद्धि हासिल गर्न सीप, प्रविधि र परिश्रम उपयोग गरी उद्यम विकास, उत्पादन, उत्पादकत्व र बचत वृद्धि गर्ने, कृषि क्षेत्रको समग्र विकासमार्फत उत्पादित वस्तुहरूको संकलन, भण्डारण र प्रशोधन तथा बजारीकरण गर्ने, सदस्यहरूको विस्तार गर्दै सहकारी संस्कृतिबाट समृद्ध र न्यायपूर्ण समाजको निर्माणमा योगदान पुर्याउने रहेको छ ।

नेफ्स्कूनका सिन्धुली सेवा केन्द्र प्रमुख श्याम बुढाथोकीकाअनुसार दुई दिनसम्म सञ्चालन हुने तालिमले सहकारी सिद्धान्त र संस्कारको व्यवहारिक परिपालनामा सहयोग पुग्ने छ । तालिमको सहजिकरण नेफ्स्कूनका वरिष्ठ अधिकृत नविन राज दाहालले गर्नुभएको छ ।

Source: sarbadasanchar.com

भर्खरै
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

७ घण्टा अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२१ घण्टा अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

७ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप