२७औं स्थापना दिवसका अवसरमा हाम्रो साकोसको सदस्य समृद्धिको प्रतिबद्धता
Prabin Adhikari
- Prabin Adhikari
२७औं स्थापना दिवसका अवसरमा हाम्रो साकोसको सदस्य समृद्धिको प्रतिबद्धता

ललितपुर । ललितपुर मुख्य कार्यालय रहेको हाम्रो बचत तथा ऋण सहकारी संस्था लिमिटेडले संस्था स्थापनाको २७औं बर्ष प्रवेशका अवसरमा आफ्ना सदस्यहरुमाझ जवाफदेही र उत्तरदायी सेवा दिने प्रतिबद्धता व्यक्त गरेको छ । ललितपुर जिल्लाको विकट ग्रामीण भेगबाट काठमाण्डौ उपत्यकामा आई बसोबास गर्ने समुदायका २९ जनाले दर्ता गरी ४९ जनाबाट कारोबार शुरु गरेको संस्था आज ७ हजार ३ सय सदस्यहरुमाझ सेवा पुर्याउन सफल भएको छ । 

आज फागुन १३ गते, स्थापना दिवसका अवसरमा एक प्रतिवद्धता जारी गर्दै संस्थाले आपसी सहयोग, सदभाव र सामुहिक हितका लागि सहकारी भन्ने संकल्पका साथ स्थापित भएर आज सदस्यहरुको निरन्तर विश्वास सहयोग र रचनात्मक सल्लाहका साथ सहकारीहरुमाझ राम्रो पहिचान बनाउन सफल भएको जनाएको छ । संस्थाले महाभूकम्प र कोभिड १९ महामारीको समयमा आफ्ना सदस्यरुलाई घर घरमा वित्तीय सेवा प्रदान गरी सदस्यहरुमा परेको वित्तीय असहजताको समाधान गर्दै सदस्य, समुदायप्रतिको उत्तरदायित्व निर्वाहमा समेत अग्रणी भूमिका निर्वाह गरेको जनाएको छ । 

त्यसैगरि संस्थाले आवद्ध सम्पूर्ण सदस्यहरुमा बचत सम्बन्धि सचेतना जगाई बचतलाई बानीको रुपमा विकास गर्दै पूँजी निर्माण गर्ने र संकलित पूँजीलाई उत्पादनशील र उद्यमशील क्षेत्रमा ऋण लगानी गर्ने, सदस्यहरु तथा समुदायमा वित्तीय सचेतना फैलाउने कार्य गर्दै आइरहेको संस्थाले आफ्ना सदस्यहहरुलाई गर्भ देखि स्वर्ग सम्मका विविध कार्यक्रमहरु मार्फत सामाजिक सुरक्षा, सामुदायिक सचेतना तथा सामाजिक विकासमा सहकार्य गर्ने, समयानुकुल प्रविधिमा आधारित अत्याधुनिक सेवा सहित सुमदाय र सदस्यको आर्थिक, सामाजिक र साँस्कृतिक पक्षरुमा कार्य गर्दै आइरहेको जनाएको छ । 

संस्थाले पौष मसान्तसम्म कुल १३ करोड ७९ लाख रुपैया शेयर पूँजी संकलन गरी १५ करोड ५ लाख संस्थागत पूँजी कायम गर्न सफल भएको छ । त्यसैगरी सोही अवधिसम्म १ अर्ब ३० करोड ८८ लाख बचत संकलन, १ अर्ब २५ करोड ९० लाख ऋण लगानी गरी संस्थाले कुल सम्पती १ अर्ब ७३ करोड २६ लाख पुर्याएको छ । संस्थामा ऋणी सदस्यको संख्या २००० रहेको छ भने तरलता प्रतिशत २०.९६ प्रतिशत रहेको छ । 

दिवसको अवसरमा संस्थाका अध्यक्ष श्यामकृष्ण घिमिरेले संस्थागत विकासमा नीति विधि, पद्धति र प्रविधिको अवलम्बन गरि आगामी दिनमा संस्थागत सुशासन कायम गर्दै प्रभावकारी सदस्य सेवामा लाग्ने र सेवाहरु विस्तार गर्ने प्रतिवद्धता जनाएका छन् । स्थापना दिवसकै अवसरमा संस्थाले शनिबार रक्तदान कार्यक्रम समेत सम्पन्न गरेको छ । 

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

७ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

५ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

७ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

७ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

५ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि