नेफ्स्कून कर्मचारीहरुका लागि स्मार्ट कार्यालय सञ्चालन सम्बन्धी प्रशिक्षण 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नेफ्स्कून कर्मचारीहरुका लागि स्मार्ट कार्यालय सञ्चालन सम्बन्धी प्रशिक्षण 

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) ले सदस्य सेवा कार्यालयमा कार्यरत कर्मचारीहरुका लागि एक दिवसीय “स्मार्ट कार्यालय सञ्चालन सम्बन्धी प्रशिक्षण” कार्यक्रम आज सम्पन्न गरेको छ । कार्यक्रमले कार्यालय सञ्चालनका क्रममा कर्मचारीहरुलाई आवश्यक आधुनिक प्रविधियुक्त ज्ञान, सीप, क्षमता विकास गरी दैनिक कार्यसम्पादन, कार्य जिम्मेवारी स्पष्टता तथा स्मार्ट कार्यालय सञ्चालनका प्रविधिहरू प्रयोग गर्ने सीप विकासमा थप टेवा पुर्याएको छ । काठमाडौं उपत्यका भित्रका कार्यालयहरु र बनेपा सदस्य सेवा कार्यालयमा सेवारत कर्मचारीहरु र व्यवस्थापन  प्रशिक्षार्थीहरु गरी जम्मा ४७ जनाको सहभागिता कार्यक्रममा रहेको थियो । 

काठमाडौं बिजुलीबजार स्थित अल्फा बिटा हाउसमा आयोजित कार्यक्रममा संघका प्रमुख कार्यकारी अधिकृत डा.शिवजी सापकोटा र चन्द्रागिरी बचत तथा ऋण सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत एवं नेफ्स्कून साकोस म्यानेजर्स क्लबका अध्यक्ष कृष्ण कुमार श्रेष्ठले प्रशिक्षण दिनुभएको थियो । तालिम कार्यक्रम सञ्चालन संघका प्राचार्य बल्लभ तिमल्सिना र अधिकृत शुभाष गौतमले गर्नुभएको थियो ।

प्रथम चरणका दुई सत्रमा संघका प्रमुख कार्यकारी अधिकृत डा.सापकोटाले  कार्यक्रमको औचित्यतामाथि प्रकाश पार्दै कर्मचारीहरुलाई कार्यालय सञ्चालनका विविध पक्ष, सहकारीको राष्ट्रिय एवं अन्तर्राष्ट्रिय अवधारणा, नेपालमा साकोस अभियानको बृद्धि विकास र  कार्यालय सञ्चालनका क्रममा आवश्यक आधुनिक प्रविधि प्रयोगमा कार्यदक्षताका विषयवस्तुमाथि विस्तृत चर्चा गर्नुभएको थियो । 

दोस्रो चरणका दुई सत्रमा चन्द्रागिरी साकोसका प्रमुख कार्यकारी अधिकृत एवं नेफ्स्कून साकोस म्यानेजर्स क्लबका अध्यक्ष कृष्णकुमार श्रेष्ठले सर्भिस एक्सिलेन्स एण्ड मिसन इन्टीग्रीटी विषयमा सहकारीमा मानवश्रोत व्यवस्थापन, कार्यालयमा मानव संसाधनको भूमिका, कर्मचारीहरुको कामप्रतिको स्वउत्प्रेरणा जस्ता विषयहरु प्रस्तुत गर्दै प्रेरणात्मक प्रस्तुतीकरण गर्नुभएको थियो ।

कार्यक्रमको समापन समारोहमा संघका सञ्चालक सदस्यहरु सुशीलकुमार बस्न्यात, खेमराज सुवेदी र नवराज अर्यालको उपस्थिती थियो । 
सहभागीको तर्फबाट संघका कर्मचारी कर्म लामाले कार्यालयमा दैनिक रुपमा गर्नुपर्ने ससाना कामहरु मसिनो ढंगबाट सिक्ने अवसर पाएको र तालिमले कर्मचारीहरुलाई स्मार्ट भएर काम गर्न थप सहयोग पुगेको विचार व्यक्त गर्नुभयो । 

कार्यक्रम समापनमा अवसरमा नेफ्स्कूनका सञ्चालक एवं तालिम तथा शिक्षा उपसमिति सदस्य नवराज अर्यालले संघका कर्मचारीहरु स्मार्ट र व्यवसायिक हुन्छन् भन्ने विश्वासलाई कायम राख्न तालिम थप उपयोगिसिद्ध रहने विश्वास व्यक्त गर्नुभयो । 

संघका सञ्चालक खेमराज सुवेदीले सिंगो बचत तथा ऋण अभियानले नेफ्स्कूनको पद्धति र कार्यशैली अनुशरण गर्ने भएकोले संघका कर्मचारीहरुले स्मार्ट कार्यालयमा बसेर स्मार्ट शैलीले काम गरेर स्मार्ट नतिजा ल्याउनेतर्फ उन्मुख हुनुपर्ने राय व्यक्त गर्नुभयो । 

समापन कार्यक्रमको अन्त्यमा संघका सञ्चालक सदस्य सुशीलकुमार बस्न्यातले दिनभर राम्रोसँग कार्यालय सञ्चालन गर्नको लागि कार्यालयमा खुशी र उत्साहका साथ प्रवेश गर्नुपर्ने विचार व्यक्त गर्नुभयो । उहाँले कर्मचारीहरुलाई उच्च कार्यसम्पादन गराउन एवं काम गर्ने वातावरण निर्माण गर्न सञ्चालक समितिको पनि भूमिका रहने विचार व्यक्त गर्दै सोको लागि सञ्चालक समितिले पनि आवश्यक कार्य गर्ने गराउनेमा आफू विश्वस्त रहेको धारणा राख्दै कार्यक्रमको औपचारिक समापन गर्नुभएको थियो । 

भर्खरै
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

११ घण्टा अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

१२ घण्टा अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

१ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

२ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

३ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

८ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१० दिन अगाडि

सहकारीमा फिट एण्ड प्रपरः योग्यतासँगै सक्षम नेतृत्व
सहकारीमा फिट एण्ड प्रपरः योग्यतासँगै सक्षम नेतृत्व

१० दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

११ घण्टा अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२७ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१६ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

१९ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

१९ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१७ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

१९ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२५ दिन अगाडि

पाठकबाट थप