बालबालिकाहरुमा बचतको बानी विकास गर्न सगुन साकोसको बालभेला कार्यक्रम सञ्चालन
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
बालबालिकाहरुमा बचतको बानी विकास गर्न सगुन साकोसको बालभेला कार्यक्रम सञ्चालन

सर्लाही । हरिवनस्थित सगुन बचत तथा ऋण सहकारी संस्था लि.ले बाल बचतकर्ताहरुका लागि मिठा भोजनको परिकार सहित रमाइलो बालभेला कार्यक्रम सम्पन्न गरेको छ । फागुन १७ गते शनिवार सञ्चालित उक्त कार्यक्रममा १ सय १० जना बाल बचतकर्ताहरु सहभागी थिए । 

साकोसका अध्यक्ष केशव प्रसाद ढकालको अध्यक्षतामा आयोजित कार्यक्रममा कोषाध्यक्ष पदम मोक्तानले कार्यक्रमको औचित्य सहित स्वागत र संचालन सचिव बिनोद कार्कीले गर्नु भएको थियो ।  कार्यक्रममा साकोसका लेखा सुपेरिवेक्षण समिति संयोजक जय शंकर सिंह, संचालहरु हरि प्रसाद पुडासैनी, टिकाजंग थापा, मुखचन्द्र महतो, बाला कुमारी थापा खड्का, सल्लाहकार समिति सदस्यहरु तारा पोखरेल, पुनमा पाख्रिन, संस्थाका प्रबन्धक  रविन्द्र राना लगायत कर्मचारीहरु, महिला उपसमिति सदस्यहरु र सेवाकेन्द्रमा रहनु भएको महिला सदस्यहरु सहित कुल १५० जनाको उपस्थिति थियो । उक्त कार्यक्रममा बाल बालिकाहरुको लागि वित्तिय शिक्षा दिने उद्देश्यले “सगुनको बचत यात्रा”  नाटक मञ्चन गरिएको थियो । उक्त नाटकको माध्यमबाट बचत किन गर्नुपर्दछ ? सगुनमा बाल बचत खाता खोल्दा के फाईदा हुन्छ ? भन्ने बिषयमा जानकारी गराईएको थियो ।

उक्त अवरमा भएको बाल बालिकाहरुको रमाईलो नृत्य प्रतियोगितामा बाल बचतकर्ता रिजु पोखरेल प्रथम, ईभान्स बाईवा द्धितिय, एन्जिला घिमिरे र मिनसाङ लामाले तृतिय स्थान हासिल गर्न सफल भएका थिए । त्यसैगरि रमाईलो म्युजिकल चियर प्रतियोगितामा प्रथम आर बि थापा, द्धितिय नारायणी बराल र तृतिय श्रीजल खड्का भएका थिए । बालबालिकाको रमाईलो चम्चा दौड प्रतियोगितामा पुरुष तर्फ प्रथम प्रबित थापा, द्धितिय कविर जंग थापा, तृतिय कोशिश लुईटेल र महिला तर्फ प्रथम अनिशा कुमारी महतो, द्धितिय एजलिन घिमिरे र तृतिय एलिका कार्की सफल भएका थिए । 

त्यस्तै रमाईलो घैला फोर प्रतियोगितामा सर्जल खड्का घैला फोड्न सफल भएका थिए । यसको अलवा रमाईलो सामुहिक रुपमा बालिकाहरुको डोरीतान प्रतियोगिता र बालकहरुको डोरीतान प्रतियोगिता र सामुहिक रुपमा सामान्य ज्ञान प्रतियोगिता कार्यक्रम  सम्पन्न गरिएको थियो । कार्यक्रमको उदेश्य बालबालिकाहरुलाई बचत कार्यक्रममा सहभागिताका साथै बचत गर्ने बानिको निरन्तर विकास गर्न उत्तप्रेरित गर्नु रहेको संस्थाको अध्यक्षले ढकालले बताउनु भयो । कार्यक्रममा बाल बालिकाहरुलाई विभिन्न प्रकारको मिठो परिकार पकाई भोजन गराएर कार्यक्रम सफल पारिएको थियो ।

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

७ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

५ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

७ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

७ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

५ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप