‘सहकारीमा ऋण लगानी प्रक्रियालाई प्रभावकारी र सुरक्षित बनाउनुपर्छ’
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
‘सहकारीमा ऋण लगानी प्रक्रियालाई प्रभावकारी र सुरक्षित बनाउनुपर्छ’

रुपन्देही । नेफ्स्कून फिल्ड कार्यालय रुपन्देहीको आयोजनामा संघमा आबद्ध बचत तथा ऋण सहकारी संस्थाहरुका लागि ऋण जोखिम व्यवस्थापन तालिम आजबाट बुटवलमा शुरु भएको छ । फागुन १८ र १९ गते सञ्चालन हुने दुई दिवसीय उक्त तालिमको उद्घाटन नेफ्स्कूनकी सञ्चालक एवं रुपन्देही सदस्य सेवा कार्यालय व्यवस्थापन उपसमिति संयोजक ज्ञानु पौड्यालले गर्नुभएको छ । 

तालिम उद्घाटनका क्रममा सञ्चालक पौड्यालले सदस्यहरुका लागि प्रवाह गरिने बचत र ऋणको सेवालाई प्रभावकारी र सुरक्षित बनाउनुपर्ने बताउनुभएको छ । ऋण सहकारी संस्थाको अपरिहार्य प्रक्रिया हो, “सदस्यको जीवनस्तर उकास्न, रोजगारी सृजना गर्न र उत्पादनमा जोडिन सक्ने आधार ऋणले दिन्छ, ऋणको प्रक्रियालाई प्रभावकारी र सुरक्षित बनाउन सक्नुपर्छ, उहाँले भन्नुभयो ।” सदस्यहरुलाई लगानी गरिएको ऋणमा जोखिम बढ्दा समग्र सहकारी संस्था र अभियान समस्यामा परेको र सहकारीमाथि गम्भिर प्रश्न खडा भएको उहाँले उल्लेख गर्नुभयो । नेफ्स्कूनले सदस्य संघ संस्थाहरुको मागलाई सम्बोधन हुने गरि निरन्तर तालिम शिक्षाका कार्यक्रमहरु आयोजना गर्दै आइरहेको र तालिमबाट सिकेको विषयहरुलाई संस्थागत प्रयोगमा ल्याई धेरै हदसम्म जोखिम न्यूनिकरणमा सहयोग पुग्ने विश्वास पौड्यालले व्यक्त गर्नुभयो । 

तालिममा अर्घाखाँची, पाल्पा, रुपन्देही, कपिलवस्तु र नवलपरासी गरि ५ जिल्लाका विभिन्न बचत तथा ऋण सहकारी संस्थाहरुबाट ३७ जनाको सहभागिता रहेको छ ।

तालिम सहजीकरण संघका बरिष्ठ तालिम अधिकृत कोमलराज अधिकारीले गर्नुभएको छ भने तालिम कार्यक्रम सञ्चालन व्यवसाय अधिकृत पवलजंग मल्लले र व्यवस्थापन बरिष्ठ सहायक नेत्रप्रसाद सापकोटाले गर्नुभएको छ ।  

भर्खरै
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१७ घण्टा अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

१८ घण्टा अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

६ दिन अगाडि

पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न

बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड

७ दिन अगाडि

लोकप्रिय
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

३ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१७ घण्टा अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

१८ घण्टा अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

३ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

११ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१० दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

९ दिन अगाडि

पाठकबाट थप