सहकारीहरुका लागि आन्तरिक लेखापरीक्षण तथा अनुपालन तालिम सञ्चालन
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सहकारीहरुका लागि आन्तरिक लेखापरीक्षण तथा अनुपालन तालिम सञ्चालन

रामेछाप । सदस्य साकोसहरुमा प्रभावकारी स्वनियमन पद्धती मार्फत आन्तरिक नियन्त्रण प्रणाली चुस्त वनाउँदै सुशासन कायम गर्ने अभिप्रायका साथ नेफ्स्कून मन्थली सदस्य सेवा कार्यालयको आयोजनामा दुई दिवसिय आन्तरिक लेखापरीक्षण तथा अनुपालन तालिम आज सम्पन्न भएको छ ।

नेफ्स्कून मन्थली सदस्य सेवा कार्यालय व्यवस्थापन उप समिति सदस्य गोविन्द प्रसाद घिमिरेको अध्यक्षतामा उद्घाटन भएको तालिमको प्रमुख अतिथिको रुपमा रामेछाप जिल्ला सहकारी संघका अध्यक्ष हिमाल ढुंगेल रहनुभएको थियो ।

प्रमुख अतिथि हिमाल ढुंगेलले सहकारीहरु प्रभावकारी स्वनियमनमा बस्न नसकेको कारण हाल सरकारले सहकारीको नियमनको लागि प्रधिकरणको गठन गर्नुपरेको कुरा व्यक्त गर्दै प्राधिकरणले गर्ने नियमन निश्पक्ष र प्रभावकारी हुनुपर्ने विचार व्यक्त गर्नुभयो । केहि संस्थाले खराव नियत राख्नाले आज सम्पूर्ण अभियान नै बदनाम भएको भन्दै साकोसहरुमा विश्वसनियता फर्काउनको लागि सम्पूर्ण सहकारीकर्मीहरुलाई अनुरोध गर्नुभयो । नेफ्स्कूनले सञ्चालन गरेको आन्तरीक लेखापरीक्षण तथा अनुपालन तालिमले सहकारीलाई स्वनियमन र सुशासन कायम राखी आन्तरीक नियन्त्रण पद्धति प्रभावकारी वनाउन मद्धत पुग्ने विश्वास व्यक्त गर्दै नेफ्स्कूनलाई विषेश धन्यवाद ज्ञापन गर्नुभयो ।

उद्धघाटन सत्रको समापनमा बोल्दै नेफ्स्कून मन्थली सदस्य सेवा कार्यालय व्यवस्थाप उप समिति सदस्य तथा मन्थली साकोसका अध्यक्ष गोविन्द प्रसाद घिमिरेले वर्तमान समय साकोसहरुको लागि जटिल रहेकोले उत्कृष्ठ कार्यसम्पादन गर्नुपर्नेमा जोड दिनुभयो । साकोस सञ्चालनलाई प्रभावकारी वनाउनको लागि तालिम महत्वपूर्ण माध्यम भएकोले तालिम शिक्षा मार्फत आफुलाई परिवर्तन गरी उत्कृष्ठ बन्न सबैमा अनुरोध गर्नुभयो । उहाँले रामेछाप र सिन्धुलीवाट तालिममा सहभागी सवैमा नेफ्स्कूनको तर्फवाट हार्दिक धन्यवाद ज्ञापन गर्नुभयो ।

रामेछाप जिल्ला बचत संघका अध्यक्ष जगन्ननाथ दाहालले सिकाई अनन्तकाल सम्म चलिरहने हुँदा तालिम नै सिकाई प्रमुख माध्यम रहेको र तालिमबाट प्राप्त सीप ज्ञानलाई साकोसमा उत्कृष्ठ कार्यसम्पादनमा प्रयोग गर्न सुझाब प्रदान गर्नुभयो । 

तालिम समापनका क्रममा बोल्दै सभाध्यक्ष गोविन्द प्रसाद घिमिरेले तालिममा सहभागिता जनाउनुहुने सम्पूर्णमा नेफ्स्कून सदस्य सेवा कार्यालयको तर्फवाट धन्यवाद ज्ञापन गर्नुभयो ।

रामेछापको मन्थली बजार स्थित ए.जि.एस होटलको तालिम हलमा सञ्चालन भएको तालिममा २१ वटा साकोसवाट २६ जनाको सहभागिता रहेको थियो । तालिमको सहजिकरण नेफ्स्कूनका तालिम अधिकृत श्यामराजा तिमल्सिनाले गर्नुभएको थियो भने व्यवस्थापन र सञ्चालन नेफ्स्कून सदस्य सेवा कार्यालय प्रमुख सुर्य बहादुर थापाले गर्नुभएको थियो ।

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप