ज्योति मिर्मिरे सामुहिक साकोसले मनायो रजत महोत्सव 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
ज्योति मिर्मिरे सामुहिक साकोसले मनायो रजत महोत्सव 

पनौती । ज्योति मिर्मिरे सामुहिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो २५ औं बार्षिकोत्सव तथा रजत महोत्सव मनाएको छ । 

काभ्रेको पनौतिमा रहेको उक्त साकोसले सोमबार आफ्नो  उत्सवको अवसरमा विविध कार्यक्रम सहित रजत उत्सव मनाएको हो । रजत वर्ष महोत्सव समारोह २०८१ संस्थाका अध्यक्ष उद्धव सापकोटाको अध्यक्षता र नेपाल सरकार भुमि व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्री बलराम अधिकारीको प्रमुख आतिथ्यतामा भएको थियो । 

मन्त्री अधिकारीले संस्थाको हालको अवस्था, कारोबारको स्थिति र क्रियाकलापका आधारमा संस्था समुदायमा आधारित र सुशासनमा चलेको विश्वास सहित संस्थाको उत्तरोउत्तर प्रगति र सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो । सहकारीका विद्यमान समस्याहरु दिर्घकालिन रुपमा समाधानको पहल भईरहेको बताउँदै उहाँले सहकारीसम्बन्धी सरोकारवालासँग छलफल गरेर सहकारीसम्बन्धी अध्यादेश ल्याइएको, सहकारी नियमन प्राधिकरणलाई सरकारले अध्यादेशमार्फत अघि बढाएको, सूचना केन्द्र परिचालनको व्यवस्था, कोष खडा गर्ने व्यवस्था गर्दै न्यायाधिकरणलाई समेत अघि बढाउन थालिएको जानकारी गराउनुभयो । उहाँले सहकारी अध्यादेश मार्फत आएका असामान्य विषयहरुलाई प्रतिस्थापन विधेयकले सम्बोधन गरिने बताउनुभयो  ।

मन्त्री अधिकारीले मुलुकभरका ३१ हजार ४०० सहकारीमा केहीले गलत गरे पनि सबै खराब हो भन्ने भ्रम फैलाइएको विषयलाई जोड्दै उहाँले अन्तर्राष्ट्रिय, राष्ट्रिय, प्रदेश र स्थानीयस्तरमा उत्कृष्ट र पुरस्कृत भएका सहकारीहरु समेतलाई एउटै डालोमा हालेर सबैलाई एउटै नजरले हेर्नु गलत भएको बताउनुभयो । सहकारीबाट ऋण लिएर नतिर्नेले ‘सबै सहकारी गलत हुन्’ भनेर ‘स्यालहुँइया’ मच्चाइएको उल्लेख गर्दै उहाँले गलत गर्नेलाई कानुनी दायरामा ल्याइने बताउनुभयो ।

कार्यक्रममा राष्ट्रिय सहकारी महासंघ, नेफ्स्कून, बागमती प्रदेश सहकारी संघ, बागमती प्रोस्कून, जिल्ला सहकारी संघ, जिल्ला बचत संघ, जनप्रतिनिधीहरु, विभिन्न राजनैतिक दलका प्रतिनिधिहरु, छिमेकी संस्थाका अध्यक्ष एवं प्रतिनिधिहरु, पत्रकार महासंघ काभ्रेका अध्यक्ष लगायत काभ्रेमा क्रियाशिल पत्रकार  एवं संस्थापक सदस्य, पूर्व सञ्चालक, पूर्व कर्मचारी, जेष्ठ सदस्य लगायतको आतिथ्यता सहित शुभकामना रहेको थियो ।  कार्यक्रममा उत्कृष्ठ शैक्षिक व्यक्तित्व रामप्रसाद अधिकारी, विशिष्ट सदस्य सम्मान अन्तराष्ट्रिय स्वर्णपदक विजेता केशव थापा, उत्कृष्ट सदस्य सम्मान जयराम तिमल्सिना, दीर्घसेवा पदकबाट कर्मचारी सुनिता हुमागाई र साधुराम थापा, उत्कृष्ट एसईई, पूर्व कर्मचारी, जेष्ठ सदस्य, पूर्व सञ्चालक र संस्थापक सदस्य लगायत ३ सय ५७ जना व्यक्तिहरुलाई विभिन्न विधामा सम्मान गरिएको थियो । 

२८ हजार पूँजीबाट सुरुभएको संस्थामा हाल १२ करोड ६८ लाख ७४ हजार सेयर पूजी, २१ करोड ३० लाख ३१ हजार जगेडा कोष रहेको छ । त्यसैगरी संस्थामा १ अर्ब ६ करोड ८२ लाख १२ हजार बचत तथा १ अर्ब ४ करोड ७६ लाख २३ हजार ऋण लगानी रहेको जनाइएको छ ।

२० हजार सदस्य रहेको सहकारीमा करिब १ अर्ब बराबरको कारोबार भएको र तरलता अभाव नभएको भन्दै सहकारीका अध्यक्ष उद्धव सापकोटाले संस्था र कर्मचारीले विभिन्न समयमा विभिन्न संस्थाबाट सम्मानित र पुरस्कृत हुँदै आएको समेत जानकारी गराउनुभयो । 

२०६९ साल फागुन १९ गते ज्योति, मिर्मिरे, सामुहिक महिला र जागृति नमुना साकोस गरी एकैपटक चारवटा संस्था एकिकरण भएर ज्योति मिर्मिरे सामुहिक साकोस बनेको थियो । सोही दिनलाई स्मरण गर्दै आफ्नो स्थापना दिवस मनाउँदै आइरहेको साकोसले पछि अन्य २ वटा संस्थाहरु पनि एकीकरण गरि छवटा सहकारीहरुको एउटै पूर्ण स्वरुपबाट सञ्चालनरत ज्योति मिर्मिरे सामुहिक साकोसले हाल २१ हजार भन्दा बढी सदस्यहरुमाझ वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ । 

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप