‘सहकारीले ऋण लगानी पूर्व नै सम्भाव्य जोखिम पहिचान गर्नसक्नुपर्छ’ 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
‘सहकारीले ऋण लगानी पूर्व नै सम्भाव्य जोखिम पहिचान गर्नसक्नुपर्छ’ 

नवलपरासी । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून) भूमही सदस्य सेवा केन्द्रको आयोजनामा नवलपरासीमा साकोसको ऋण उपसमितिको क्षमता विकास तालिम आजबाट सञ्चालन भएको छ । नवलपरासी जिल्ला बचत तथा ऋण सहकारी संघ लि.का अध्यक्ष राजन कुमार आचार्यको अध्यक्षतामा आयोजित तालिममा प्रमुख व्यक्तित्वका रुपमा नेफ्स्कूनका अध्यक्ष चन्द्र प्रसाद ढकालले सम्बोधन गर्नुभएको थियो । 

अध्यक्ष ढकालले साकोसहरुले सदस्यलाई उत्पादनमुखी, सिर्जनशिल, व्यावसायिक बनाउने र सोही क्षेत्रमा लगानी गर्नुपर्ने विषयप्रति जोड दिनुभएको थियो । साकोसको ऋण लगानी जोखिममा रहँदा सहकारीमा समस्या सृजना भएको विषयलाई इंगित गर्दै अध्यक्ष ढकालले लगानी क्षेत्रको विश्लेषण नगरि गरिएका लगानीमा समस्या उत्पन्न भएकै कारण त्यसको प्रत्यक्ष असर सदस्यहरुको बचतमा परेको र साकोसप्रति सदस्यहरुमा विश्वासको संकट पैदा भएको उल्लेख गर्नुभयो । उहाँले ऋण लगानीको प्रक्रियामा जोडिने ऋण उपसमिति र कर्मचारीले यस्ता सम्भाव्य समस्याहरुको पूर्व पहिचान गरेर मात्र काम गर्न सुझाव प्रदान गर्नुभयो ।

सभाध्यक्ष राजन कुमार आचार्यले सबै साकोसको एकता आजको आवश्यकता रहेको विचार व्यक्त गर्दै तालिमका सहभागीहरुलाई उत्प्रेरणा प्रदान गर्नुभएको थियो । उहाँले सहकारी अभियानमा रही सेवा दिने मान्यताका साथ स्थापित बचत तथा ऋण सहकारी संघ संस्थाहरुको आपसी सहकार्य मजबुत हुनु अपरिहार्य रहेको बताउनुभयो । बचत तथा ऋण सहकारी संस्थाको ऋण लगानीको विषय प्रक्रियागत कार्यभित्र रहेको भएपनि सो विषयमा विभिन्न किसिमका दबाव र प्रभावबाट ऋण लगानी गरिएकोले त्यस्ता ऋण समस्यामा देखिएको विचार व्यक्त गर्नुभयो  । ऋणको उचित व्यवस्थापन हुन नसक्नु, ऋण लगानीका लागि आवश्यक ऋण आन्तरिक कार्यविधि नहुनु, भएका कार्यविधि पनि समय सापेक्ष संशोधन नहुनु, एकै र अनुत्पादक क्षेत्रमा लगानी बढि हुनु जस्ता विषयले सहकारीको ऋण लगानीमा समस्या देखिएको विषयलाई प्रष्ट पार्दै सभाध्यक्ष आचार्यले यस्ता गविधिहरुको व्यवस्थापनमा तालिम उपयोगीसिद्ध हुने भन्दै तालिमबाट सिकेको ज्ञानलाई संस्थामा अक्षरशः पालना गर्नुपर्नेमा जोड दिनुभयो ।

फागुन २० र २१ गते सञ्चालन हुने दुई दिवसीय तालिममा जिल्लाका विभिन्न २३ बचत तथा ऋण सहकारी संस्थाबाट ३७ जनाको सहभागिता रहेको छ । तालिमको सहजीकरण नेफ्स्कूनका बरिष्ठ तालिम अधिकृत कोमलराज अधिकारीले गर्नुभएको छ । तालिम कार्यक्रम सञ्चालन नेफ्स्कून भूमही सेवा केन्द्रकी बरिष्ठ सहायक कल्पना भण्डारी र व्यवस्थापन बरिष्ठ सहायक नेत्र प्रसाद सापकोटाले गर्नुभएको थियो । 

भर्खरै
सहकारी व्यवस्थापक कोर्षका विद्यार्थीलाई डिजिटल सुरक्षा सम्बन्धी अभिमुखीकरण

६० मिनेट अगाडि

तरकारी फलफूल साकोसको स्क्यान तथा एक्सेस कार्यक्रम अन्तर्गत अनुगमन सम्पन्न

१९ घण्टा अगाडि

श्री जनकल्याण साकोसमा दुईदिने बचत खेल तालिम सम्पन्न

२० घण्टा अगाडि

‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता

२ दिन अगाडि

नेफ्स्कून र DSIK German बीच पाँच साकोसमा क्षमता विकास कार्यक्रम सञ्चालन सम्बन्धी सम्झौता

नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

३ दिन अगाडि

सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध

नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता

४ दिन अगाडि

लोकप्रिय

सञ्चालकहरुको क्षमता विकास तालिम सम्पन्न
सञ्चालकहरुको क्षमता विकास तालिम सम्पन्न

६ दिन अगाडि

पाठकबाट थप