दिगो सहकारीको आधार सुरक्षित ऋण लगानी हो :अध्यक्ष ढकाल
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
दिगो सहकारीको आधार सुरक्षित ऋण लगानी हो :अध्यक्ष ढकाल

रुपन्देही । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून) का अध्यक्ष चन्द्र प्रसाद ढकालले बचत तथा ऋण सहकारी संस्थाको सुरक्षित ऋण लगानी नै दिगो सहकारी सञ्चालनको आधार भएको धारणा राख्नुभएको छ । नेफ्स्कून फिल्ड कार्यालय रुपन्देहीको आयोजनामा संघमा आबद्ध सदस्य संस्थाहरुका लागि बुटवलमा जारी  ऋण जोखिम व्यवस्थापन तालिमको समापनका क्रममा बोल्दै अध्यक्ष ढकालले पछिल्ला दिनहरुमा सहकारी संस्थामा जतिपनि समस्या देखिएको छ, त्यसको जड नै जोखिमयुक्त ऋण लगानी भएको स्पष्ट पार्नुभयो । उहाँले प्रत्येक सहकारीले आफ्नो संस्थागत नीति बमोजिम सहकारीमा भएको बचतको सुरक्षित लगानी गर्न आव्हान गर्नुभयो । 

सो अवसरमा संघका प्रमुख कार्यकारी अधिकृत डा.शिवजी सापकोटाले दुई दिन सम्म तालिमबाट सिकेको विषयलाई संस्थामा लागु गरेर जोखिमयुक्त ऋणको व्यवस्थापनमा लाग्न तालिमका सहभागीहरुलाई अनुरोध गर्नुभयो । उहाँले सहकारी संस्थामा कर्मचारीहरुले संस्थागत नीति र कार्यविधि पूर्ण रुपमा पालना गरेर काम गर्नुपर्नेमा जोड दिनुभएको थियो । 

समापन कार्यक्रमको अध्यक्षता गर्नुभएकी नेफ्स्कूनकी सञ्चालक एवं रुपन्देही सदस्य सेवा कार्यालय व्यवस्थापन उपसमिति संयोजक ज्ञानु पौड्यालले बचत तथा ऋण सहकारी संस्थाको मुख्य आम्दानी नै ऋण लगानी हुने भएकोले संस्थाको बचतलाई सुरक्षित लगानी गर्न ऋण शाखाका कर्मचारी र ऋण उपसमितिको भूमिका महत्वपूर्ण हुने बताउँदै तालिमबाट प्राप्त ज्ञान व्यवहारमा पूर्णरुपमा लागु गर्न सुझाउनुभयो ।  

फागुन १८ र १९ गते सञ्चालनमा रहेको उक्त तालिममा अर्घाखाँची, पाल्पा, रुपन्देही, कपिलवस्तु र नवलपरासी गरि ५ जिल्लाका विभिन्न बचत तथा ऋण सहकारी संस्थाहरुबाट ऋण शाखाका कर्मचारी र ऋण उपसमितिका सदस्यहरु गरि ३७ जनाको सहभागिता रहेको थियो ।

तालिम सहजीकरण संघका बरिष्ठ तालिम अधिकृत कोमलराज अधिकारीले गर्नुभएको थियो भने तालिम समापन कार्यक्रमको सञ्चालन रुपन्देही सदस्य सेवा कार्यालयका इन्चार्ज व्यवसाय अधिकृत पवलजंग मल्लले र व्यवस्थापन व्यवसाय सहायक प्रकाश लुहारले गर्नुभएको थियो ।  

भर्खरै
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

१ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

१ दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

२ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

३ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

३ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

९ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

११ दिन अगाडि

सहकारीमा फिट एण्ड प्रपरः योग्यतासँगै सक्षम नेतृत्व
सहकारीमा फिट एण्ड प्रपरः योग्यतासँगै सक्षम नेतृत्व

११ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

१ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२८ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१७ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२० दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२० दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१८ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२० दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२६ दिन अगाडि

पाठकबाट थप