अभियानको दीर्घकालिन लक्ष्य हासिल गर्न सहकारीहरुबिचको ऐक्यबद्धता आवश्यक
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
अभियानको दीर्घकालिन लक्ष्य हासिल गर्न सहकारीहरुबिचको ऐक्यबद्धता आवश्यक

नवलपरासी । सहकारी क्षेत्रले दिगो तथा दीर्घकालिन लक्ष्य हासिल गर्न सहकारीहरुबिच सामुहिक ऐक्यबद्धता आवश्यक भएको धारणा सरोकारवालाहरुले राखेका छन् । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून) ले लुम्बिनी प्रदेश बचत तथा ऋण सहकारी संघ लि.र नवलपरासी बचत तथा ऋण सहकारी संघ लि.को समन्वयमा आयोजना गरेको सरोकारवाला, साकोसका अध्यक्ष र व्यवस्थापकहरुसँगको वृहत अन्तरक्रिया कार्यक्रममा वक्ताहरुले सो  कुरा बताएका हुन ।  

कार्यक्रममा नेफ्स्कूनका अध्यक्ष चन्द्र प्रसाद ढकालले पछिल्लो समयमा अध्यादेश र नेपाल राष्ट्र«« बैंकद्धारा जारी निर्देशनका विषय र यसमा रहेका असहज प्रावधानहरुप्रति संघले सदस्य संघ संस्थासँग माग गरेको राय सुझाव र संघको पहलकदमीका विषयमा जानकारी गराउनुभयो । नेफ्स्कून तपाईंहरुकै संघ संस्था हो, तपाईंहरुको आवाजलाई नेफ्स्कूनले सरकार समक्ष प्रतिविम्बित गर्दछ । सवै संघ संस्थाको साथ सहयोग रहेमा पछिल्ला समस्या समाधान गर्न सफल भईने धारणा अध्यक्ष ढकालले राख्नुभयो । उहाँले बचत तथा ऋणको कारोबार गर्ने सहकारीहरुको नियमनका लागि राष्ट्रिय सहकारी नियमन प्राधिकरण गठनको विषयलाई समेत जोड्दै यसमा सहभागीहरुले उठाएका जिज्ञासाहरुको समेत सम्बोधन गर्नुभएको थियो । 

लुम्बिनी प्रदेश बचत संघका अध्यक्ष कृष्ण नेपालले सहकारी विचमा साझा बुझाई विकास गर्न कार्यक्रम फलदायी रहेको विचार व्यक्त गर्नुभयो । प्रारम्भिक सहकारी संस्था र नियामक निकायबिचको दुरी साथै आन्तरिक समस्याका बिचमा जानकारी हुने भएकोले आगामी कार्य गर्ने वातावरण वन्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले लुम्बिनी प्रदेश बचत संघले गरेका उपलब्धिहरुको विषयमा समेत जानकारी गराउँदै जिल्ला, प्रदेश र केन्द्रीय संघ मिलेर कार्य गर्दाको क्षणलाई निरन्तरता दिने जानकारी गराउनुभयो । 

नवलपरासी जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष राजन कुमार आचार्यले संघको आयोजनामा नवलपरासीमा भएको यस कार्यक्रम अत्यन्तै उपलब्धीमुलक रहेको विचार राख्दै कार्यक्रमका सहभागीहरुलाई स्वागत गर्नुभयो । 

कार्यक्रममा नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत डा.शिवजी सापकोटाले सहकारीका समसामयिक पछिल्ला विकसित घटनाक्रमहरु, नेफ्स्कूनको वस्तुस्थिति र अभियानको मार्गचित्र सम्बन्धमा प्रस्तुतीकरण गर्नुभएको थियो । 

कार्यक्रममा रुपन्देही जिल्ला बचत संघका अध्यक्ष बसन्त ढकालले नेफ्स्कूनले आयोजना गरेको यस अन्तरक्रियाबाट संघ तथा नियामक निकाय सदस्य संस्थाको अगाडि उभिएको महशुस भएको धारणा राख्नुभयो । नेफ्स्कून र मातहतका संघको सहकार्य मार्फत साझा धारणा बनाई अगाडि बढ्नेगरि कार्य गरेमा बचत संघको पूर्ण साथ र ऐक्यबद्धता रहने विषय जानकारी गराउनुभयो । 

त्यसैगरि सुनवल नगरपालिकाका सहकारी शाखा प्रमुख खेमराज ढकालले तीनवटै नगरपालिकाको प्रतिनिधित्व गर्दै स्थानीय निकायलाई सहभागी गराई सहकारीका समसामयिक विषय र अभियानको बारेमा बोल्ने अवसर प्राप्त भएको प्रति धन्यवाद व्यक्त गर्नुभयो । सहभागीहरुका जिज्ञासालाई समेत सम्बोधन गर्दै शाखा प्रमुख ढकालले पछिल्लो समय सहकारीको क्षेत्रमा विकास भएका नकारात्मक विषयहरुलाई चिर्न सहकारीका सञ्चालक समिति, लेखा समिति र कर्मचारीहरुबाट नै सम्भव हुने बताउनुभयो । स्थानीय निकायले आयोजना गरेका कार्यक्रमहरुमा प्रारम्भिक संस्था, जिल्ला, प्रदेश र केन्द्रीय संघलाई एकसाथ समेट्ने अवसर  नमिलेको बताउँदै अवका दिनमा एकसाथ अगाडि बढ्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो । रामग्राम, बर्दघाट र सुनवल तीनवटै नगपालिकाको विषयवस्तु उजागर गर्न पाउँदा खुसी व्यक्त गर्नुभयो । उहाँले तीनवटै नगरपालिकाबाट सहकारी सम्बन्धी सेवामा कुनै कमी हुन नदिनेगरि आपसी समन्वयमा काम गर्ने बचनबद्धता समेत व्यक्त गर्दै नेफ्स्कूनप्रति आभार प्रकट गर्नुभयो ।

कार्यक्रममा स्थानीय सहकारका सहकारी प्रतिनिधिहरु रामग्राम नगरपालिकाका सहकारी शाखा प्रमुख राम सुबास गुप्ता, बर्दघाट नगरपालिकाका सहकारी शाखा प्रमुख सिर्जना अर्यालको विशेष आतिथ्यता रहेको थियो । 

त्यसैगरि कार्यक्रममा रुपन्देही सदस्य सेवा कार्यालय व्यवस्थापन उपसमितिका पूर्वसदस्य रविन्द्र विक्रम हमाल, पूर्व साकोस म्यानेजर्स क्लबका लुम्बिनी प्रदेश संयोजक अनन्त पाण्डे, टिकाराम तिमिल्सिनाको सहभागिता रहेको थियो ।

अन्तरक्रिया कार्यक्रममा नवलपरासी जिल्लाका विभिन्न ३५ वटा बचत तथा ऋण सहकारी संघ संस्थाहरुका सञ्चालक समिति र व्यवस्थापनबाट गरि ६५ जनाको सहभागिता रहेको थियो । 

सहभागीहरुको तर्फबाट सामुदायिक, ग्रामिण बाल्मिकी, जनकल्याण, हरकट्टादेवी, हरपुर आ.आ., त्रिवेणी महिला, सयपत्री, राष्ट्र««सेवक लगायतका साकोसहरुबाट सहकारीका समसामयिक घटनाक्रमहरुका सम्बन्धमा नेफ्स्कून र सरोकारवाला निकायहरुलाई आआफ्ना जिज्ञासा र सुझावहरु राख्नुभएको थियो । कार्यक्रम सञ्चालन नेफ्स्कूनकी सञ्चकल एवं रुपन्देही सदस्य सेवा कार्यालय व्यवस्थापन उपसमिति संयोजक ज्ञानु पौड्यालले गर्नुभएको थियो भने कार्यक्रमको व्यवस्थापन नेफ्स्कून भूमही सेवा केन्द्रकी  बरिष्ठ सहायक कल्पना भण्डारी र रुपन्देही सदस्य सेवा कार्यालयका बरिष्ठ सहायक नेत्र प्रसाद सापकोटाले गर्नुभएको थियो । 

भर्खरै
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

१४ घण्टा अगाडि

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल
इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

४ दिन अगाडि

पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न
पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न

४ दिन अगाडि

बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड
बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड

५ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम सुलभ साकोसमा सम्पन्न
कृषक व्यवसाय खेल तालिम सुलभ साकोसमा सम्पन्न

५ दिन अगाडि

जनआकांक्षा महिला साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
जनआकांक्षा महिला साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

५ दिन अगाडि

नेफ्स्कूनद्धारा नशिक साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा नशिक साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

६ दिन अगाडि

तपेश्वरी साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन
तपेश्वरी साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन

६ दिन अगाडि

लोकप्रिय
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

१४ घण्टा अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

९ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

८ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

७ दिन अगाडि

पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न
पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न

१४ दिन अगाडि

नेफ्स्कूनद्धारा नशिक साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा नशिक साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

६ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२१ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

२८ दिन अगाडि

पाठकबाट थप