सुर्योदय साकोसले मनायो एकीकरण पछिको चौंथो वार्षिक उत्सव 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सुर्योदय साकोसले मनायो एकीकरण पछिको चौंथो वार्षिक उत्सव 

सर्लाही । जिल्लाको बागमती नगरपालिका वाड नं. ६ मा अवस्थित सुर्योदय बचत तथा ऋण सहकारी संस्था लि. ले यहि २०८१ साल फागुन २३ गते विभिन्न कार्यक्रम गरि वार्षिक उत्सव मनाएको छ  । कार्यक्रम सञ्चालन संस्थाका कर्मचारी केशवराज पौडेलले गर्नु भयो । संस्थाका अध्यक्ष बुद्धी बहादुर तुम्सिङ्ग मगरको अध्यक्षता तथा मधेश प्रदेशका माननीय सांसद तथा साकोसका पूर्व अध्यक्ष जवाहार लाल कुशवाहा को आतिथ्यतामा कार्यक्रमको उदघाटन भएको थियो । अतिथिकै रुपमा जन प्रतिनिधि संघ संस्थाका प्रतिनिधिहरुलाई आमन्त्रित गरिएको थियो ।

बागमती नगरपालिका र बरहथवा नगरपालिका कार्यक्षेत्र रहको यस साकोसको ४ वटा कार्यालयहरु सञ्चालन गरि सदस्यहरुमा वित्तिय सेवा प्रदान गरि रहेको छ । वार्षिक साधारण सभाबाट घोषित कार्यक्रम अन्र्तगत  संस्थालाई उपहार दिई योगदान पुर्यानुहुने संस्थाका सञ्चालक समितिका सदस्य तथा बरहथवा सदस्य सेवा केन्द्रका संयोजक नारायण हरि शर्मा (भुवनेश्वरी आयल स्टोर बरहथवा–४, हजरिया, सर्लाही)  लाई कदर पत्र सहित सम्मान गरिएको थियो ।  कार्यक्रममा उत्कृष्ट बचत कर्तातर्फ असल कारोवारी सदस्य असली कुमारी रखाल, सरस्वती कुमारी, सुष्मा लामा, गणेश बहादुर ग्रङजा मगर र तारा बहादुर दलामी गरि ५ जनालाई प्रशंसा पत्र सहित एक हजार बराबरको बचत÷शेयर प्रदान गरिएको थियो । उत्कृष्ण ऋणतर्फ असल कारोवारी सदस्य गोल्हीया देवी, बलीमाया गौतम, अन्जु घिसिङ्ग, हर्क बहादुर मगर र टंक प्रसाद नेपाल गरि  ५ जनालाई प्रशंसा पत्र सहित एक हजार बराबरको बचत÷शेयर प्रदान गरिएको थियो । बाल बचतकर्ता तर्फ हिमानी साह, लालपरि राउत, आर्शिता थपलिया र अस्मिता खड्का सहित ४ जनालाई प्रशंशा पत्र, स्टेशनरी सहित व्याग प्रदान गरिएको थियो । उत्कृष्ण समुहतर्फ कमला महिला समुहका १३ जना महिला सदस्यहरुलाई रातो रंगको पहिन (सारी) प्रदान गरि सम्मान गरिएको थियो । प्रविधि सेवा सञ्चालन तर्फ खड्क नारायण श्रेष्ठलाई प्रशंसा पत्र सहित एक हजार बराबरको बचत÷शेयर प्रदान गरियो । त्यस्तै एसईई तर्फ सदस्यका छोरी÷छोरालाई सम्मान कार्यक्रम अन्तर्गत रोहित राउन र राखी कुमारी कुशवाहा त्यस्तै प्रमाणपत्र तहमा सन्देश वाईवालाई सम्मान तथा पुरस्कार वितरण गरिएको थियो । 

संस्थाले आफ्ना सदस्यहरुलार्य ७५ वर्ष देखि माथिको बुवा, आमालाई सम्मान तथा छाता प्रदान गरेको थियो । कार्यक्रमामा ४९ जना बुवा, आमा सदस्य उपस्थित हुन भएको थियो । यातायात खर्च वापत रु २०० उपलव्ध गराईएको थियो । उपस्थित हु्न नसक्नु भएका बुवा, आमालाई घरघरै गई यस महिना भर सम्मान तथा छाता वितरण गर्ने कार्यक्रम रहेको कार्यक्रम संयोजक कमल बहादुर कार्कीले बताउनु भएको छ । 

उक्त दिन संस्थाले बागमती –५ मा अवस्थित रहेको श्री नारायण अखण्ड संकीर्तन मन्दिरलाई ५० के.जी चमाल र १० के.जी दाल खाद्यन्न सहयोग गरेको थियो । 
वार्षिक उत्सव कै कार्यक्रममा साकोस कविता वाचन कार्यक्रम राखिएको थियो । कार्यक्रमा सहभागिता हुने नमुना ज्ञानोदय एकेडेमी बागमती–५का छात्रा आरोषी खड्का र युरिका इङ्गलिस सेकेण्डरी स्कुल बागमती–८ का छात्रा आरती राउत सहभागी हुनु भएको थियो । त्यस्तै आफ्नो प्रतिभा प्रस्ततुका लागि नमुना ज्ञानोदय एकेडेमी बागमती–५का छात्राहरु अन्जीला कोइराला र आयुषा गौतमले कविता वाचन गरि कार्यक्रमलाई कवितामय बनाउनु भएको थियो । उत्कृष्ट कविता वार्षिक साधारण सभाको पुस्तिकामा छपाई गर्ने संस्थाले जनाएको छ । 


 
उक्त कार्यक्रममा सदाझै नेपाल रेडक्रस सोसाईटिको राजघाटको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम गरिएको थियो । रक्तदानमा सहभागी १ महिला र १८ जना पुरुष गरि  जम्मा २० जनाले रक्तादन गर्नु भएको रेडक्रस सोसाईटिका सभापति रिखीश्वर शर्माले बताउनु भयो ।  

कार्यक्रमकै अवसर पारि संस्थाले सदस्यहरुलाई मोवाईल बैकिङ्ग सेवा निशुल्क दिने घोषण गरेको छ ।


लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

७ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

५ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

पाठकबाट थप