नेफ्स्कूनका पूर्व अध्यक्ष कैलाशभक्त प्रधानाङ्गको निधनप्रति शोक व्यक्त 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नेफ्स्कूनका पूर्व अध्यक्ष कैलाशभक्त प्रधानाङ्गको निधनप्रति शोक व्यक्त 

भक्तपुर । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) का पूर्व अध्यक्ष कैलाशभक्त प्रधानाङ्गको निधन भएको छ ।  भक्तपुरको ठिमीस्थित पुरानो नगदेश–८ मा वि.सं. १९९६ साउनमा जन्मनुभएका प्रधानाङ्गको ८५ बर्षको उमेरमा फागुन २३ गते शुक्रबार राति निधन भएको हो । उहाँको पार्थिव शरिरलाई श्रद्धाञ्जलीका लागि आज विहान पशुपति परिसरमा केही समय राखिएको थियो । 

नेफ्स्कूनका बरिष्ठ उपाध्यक्ष दामोदर अधिकारीले साकोस अभियानमा प्रधानाङ्गको योगदानको उच्च स्मरण गर्दै पार्थिव शरिरमा नेफ्स्कूनको झण्डा ओडाएर श्रद्धाञ्जली सहित शोक व्यक्त गर्नुभएको थियो । पार्थिव शरिरमा नेफ्स्कूनका कोषाध्यक्ष दिपक थापा, राष्ट्रिय सहकारी महासंघकी अध्यक्ष ओमदेवी मल्ल, नेफ्स्कूनका पूर्व अध्यक्षहरु, नेफ्स्कूनका सञ्चालकहरु, संघका प्रमुख कार्यकारी अधिकृत महासंघका सञ्चालकहरु, साकोस अभियानकर्मीहरु र कर्मचारीहरुले श्रद्धाञ्जली अर्पण गर्नुभएको थियो ।  

सहकारी अभियानका शिखर पुरुष प्रधानाङ्ग वि.सं. २०४५ सालदेखि बचत तथा ऋण सहकारी अभियानमा अत्यन्त क्रियाशिल व्यक्तित्वका रुपमा परिचित हुनुहुन्थ्यो । २०४५ साल श्रावण ३२ गते बचत समूह राष्ट्रिय संघ तदर्थ समिति गठनमा समेत उहाँको महत्पूर्ण योगदान थियो । विभिन्न समयमा उक्त संघको नाम परिवर्तन गर्दै २०५० साल भाद्र २९ गते नेपाल बचत तथा ऋण सहकारी संघ हालको नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून) को विकास र विस्तारमा उहाँले पुर्याउनुभएको योगदान अविस्मरणीय छ । उहाँले बि.सं. २०५० सालदेखि २०६४ सालसम्म निरन्तर १४ बर्ष (५ कार्यकाल) नेफ्स्कूनको अध्यक्ष भएर बचत तथा ऋण सहकारी अभियानमा शीर्ष नेतृत्व प्रदान गर्नुभएको थियो । प्रधानाङ्गले आफ्नो कार्यकालमा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्बन्ध विकास गर्दै नेपालको बचत तथा ऋण सहकारी अभियानको श्रीवृद्धिमा एउट अदम्य इतिहास निर्माण गर्नुभएको थियो । उहाँको निधनले सिङ्गो सहकारी अभियानमा अपुरणीय क्षति पुगेको छ ।

“यस दुःखद् घडिमा सम्पूर्ण नेफ्स्कून परिवार उहाँको सहकारी अभियानप्रतिको योगदानको उच्च सम्मान गर्दै शिर निहुराएर नमन गर्दछ साथै उहाँको स्वर्गीय आत्माको चिर शान्तिको कामना सहित हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा धैर्य धारण गर्ने शक्ति मिलोस् भन्ने कामना सहित गहिरो शोक व्यक्त गर्दछ ।”

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप