जोखिममा आधारित आन्तरिक लेखापरीक्षण तालिम सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
 जोखिममा आधारित आन्तरिक लेखापरीक्षण तालिम सम्पन्न

कञ्चनपुर । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. कञ्चनपुर सदस्य सेवा कार्यालय र धनगढी सेवा केन्द्रको सयुक्त आयोजनामा सञ्चालित बचत तथा ऋण सहकारी संस्थाहरुलाई लक्षित गरी आयोजना गरिएको दुई दिवसीय जोखिममा आधारित आन्तरिक लेखापरीक्षण तालिम फागुन २५ गते धनगढि उप–महानगरपालिका  कैलालीमा सम्पन्न भएको छ । 

नेफस्कूनका सञ्चालक सदस्य दिप्ती शाहिको प्रमुख आतिथ्यतामा तालिमको उद्घाटन सत्र समापन भएको थियो । उक्त सत्रमा कञ्चनपुर सदस्य सेवा कार्यालयको फिल्ड ब्यवस्थापन उप–समिति सदस्य सुरत बहादुर बोगटी र  मदन राज रेग्मी,  तालिम अधिकृत श्याम राज तिमिल्सिना, कञ्चनपुर को– अपरेटिभ म्यानेजर्स क्लबका पदाधिकारीहरु लगायत विभिन्न सहकारीकर्मीहरुको उपस्थिति रहेको थियो । 

कञ्चनपुर ब्यवस्थापन उप–समिति सदस्य सुरत बहादुर बोगटीले स्वागत मतब्य गदै सिकाईको साथै सिद्धान्तमा जोड दिनु पर्ने बताउनुभयो ।

सञ्चालक दिप्ती शाहीले सहकारीमा वित्तिय संकट जुनसुकै समयमा आउने भएकोले आन्तरिक प्रणालीलाई ब्यवस्थापन गर्नको लागि वित्तिय जोखिम पहिचान, विश्लेषण गरि, संस्थाहरुमा जोखिम न्यूनिकरण वित्तीय सहकारी संञ्चालन तथा सुशासन गर्नमा लेखा समितिको महत्वपूर्ण भुमिका रहने बताउनुभयो ।

तालिममा कञ्चनपुर, कैलाली, डडेल्धुरा, डोटी, अछाम जिल्ला बाट २८ साकोबाट ३७ जनाको सहभागिता रहेको थियो । तालिम सहजिकरण संघका तालिम अधिकृत श्याम राजा तिमिल्सेना र कार्यक्रम सञ्चालन कञ्चनपुर सदस्य सेवा कार्यालय प्रमुख यम डाँगी र ब्यवस्थापन धनगढी सेवा केन्द्र प्रमुख धर्म राज जोशीले गर्नुभएको थियो । 

भर्खरै
बचाउने हो भने पहिले विश्वास बचाऔँ     
बचाउने हो भने पहिले विश्वास बचाऔँ     

२४ घण्टा अगाडि

बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ

२ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

३ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

श्री नवदुर्गा साकोसको २३औँ वार्षिक साधारण सभा सम्पन्न

५ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

६ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

७ दिन अगाडि

धनुषामा कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धनुषामा कृषक व्यवसाय खेल तालिम सञ्चालन 

७ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

३ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न
कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

७ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

६ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

११ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

१४ दिन अगाडि

वारा स्थित बरदान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

८ दिन अगाडि

स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

पाठकबाट थप