मध्यविन्दु नगरपालिकाको १ नं. वडा पूर्ण विकू सदस्य वडा घोषित 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
मध्यविन्दु नगरपालिकाको १ नं. वडा पूर्ण विकू सदस्य वडा घोषित 

नवलपरासी (ब.सु.पू) । विकू बचत तथा ऋण सहकारी संस्था लिमिटेडले मध्यविन्दु नगरपालिकाको-१ नं. वडालाई पूर्ण विकू सदस्य वडा घोषित गरेको छ । मध्यविन्दु वडा नम्बर-१ मा १ हजार ६३ घरधुरि रहेकोमा १ हजार ११ घरधुरीका सदस्य अर्थात ९५ दशमलब १ प्रतिशत घर परिवारका सदस्य विकू साकोसमा सदस्य रहेका छन् । मध्यविन्दु नगरपालिकाका नगर प्रमुख भिमलाल अधिकारीले आज एक कार्यक्रमका विच मध्यविन्दु न.पा. को १ नं. वडालाई पूर्ण विकू सदस्य वडा घोषणा गर्नुभएको हो । कार्यक्रम संस्थाका अध्यक्ष प्रेम प्रसाद सापकोटाको अध्यक्षयता एवम् मध्यविन्दु नगरपालिकाका नगर प्रमुख अधिकारीको प्रमुख आतिथ्यता रहेको थियो । 

पूर्ण विकू सदस्य वडा घोषणापछि वित्तीय साक्षरता तालिम, सहुलियत दरमा ऋण लगानी, सचेतना, व्यवसायिक तालिम योग ध्यानका शिविर, प्लास्टिक रहित घर, योजना निर्माणमा सहयोग, खेलकुद र युवा कार्यक्रम, दीर्घ रोगको उपचारमा सहयोग लगायतका कार्यक्रम संस्थाले गर्ने जनाएको छ ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि अधिकारीले विकूले जनतालाई दिएको सेवा प्रभावकारी रहेको बताउनुभयो । सहकारी जनताको दुखकष्टको साथी हो, जनताको दुख, सुख, समस्या, ऋण धन, बालबालिका पढाउन, शिक्षा, स्वाथ्य होस् वा रोजगारमूलक व्यवसाय गर्न नै किन नहोस् विकू सहकारीले आफ्ना सदस्यहरुका लागि माइती घरको भूमिका निभाएको उहाँले बताउनुभयो । विकू विश्वासिलो र गर्विलो संस्था हो, आगामी दिनमा पनि नगरपालिकाको सहकार्य र समन्वयमा विविध कार्यक्रमहरु गरिने विचार व्यक्त गर्नुभयो ।  कार्यक्रमका विशिष्ट अतिथि मध्यविन्दु नगरपालिकाका नगर उपप्रमुख पुर्णकला चौधरीले मध्यविन्दु १ भाग्यमानी वडा भएको बताउनुभयो । उहाँले विकूमार्फत विपन्न बर्गले पनि आफ्नो जीवनस्तर उकास्न पाएको बताउनुभयो । 

कार्यक्रममा बोल्दै सस्थाका अध्यक्ष प्रेमप्रसाद सापकोटाले वडा कार्यालय, नगरपालिकासँग सहकार्य गरी गैरवित्तीय कार्यक्रमलाई सहयोग गर्ने, सदस्यको क्षमताका आधारमा आत्मनिर्भर बनाउने खालका कार्यक्रम गरिने बताउनुभयो । संस्थाका प्रमुख कार्यकारी अधिकृत माधव प्रसाद पौडेलले पूर्ण विकू सदस्य वडा घोषणापछि वित्तीय साक्षरता तालिम, सहुलियत दरमा ऋण लगानी, सचेतना, व्यवसायिक तालिम योग ध्यानका शिविर, प्लास्टिक रहित घर, योजना निर्माणमा सहयोग, खेलकुद र युवा कार्यक्रम, दीर्घ रोगको उपचारमा सहयोग लगायतका कार्यक्रम संस्थाले गर्ने बताउनुभयो । कार्यक्रममा मध्यविन्दु १ का वडाध्यक्ष तिलकराम न्यौपाने, जिल्ला बचत तथा ऋण सहकारी संस्था लि. नवलपुरका अध्यक्ष बद्री नेपाल, संस्थाका लेखा सुपरिवेक्षण समीति संयोजक कमल सुबेदी, संस्थापक अध्यक्ष खेमराज सापकोटा, मध्यविन्दु नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष मान बहादुर महतो, मध्यबिन्दु वडा नम्बर १ का वडा सदस्य जीवन गिरि, विकू नवलुम्बिनी सेवा केन्द्रका संयोजक बसन्तराज गिरि र चिरञ्जीवी काफ्लेले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा विभिन्न शैक्षिक तथा सामाजिक व्यक्तित्व, ज्येष्ठ नागरिक, विभिन्न वडाका वडाध्यक्ष्य, विभिन्न संघ सस्थामा आवद्ध प्रमुख तथा प्रतिनिधि, जनप्रतिनिधि लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा मध्यविन्दु नगरपालिका वडा नम्बर १ का ज्येष्ठ अग्रज नागरिकहरुलाई सम्मान गरिएको थियो । कार्यक्रममा संस्थाका उपाध्यक्ष कालिदास गौडेलले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने कार्यक्रमको सहजीकरण संस्थाका प्रमुख कार्यकारी अधिकृत माधव प्रसाद पौडेलले गर्नुभएको थियो ।
 

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

८ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

८ दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

९ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

१० दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

१० दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

१६ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१७ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३४ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

८ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२३ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२६ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२६ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२६ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२४ दिन अगाडि

पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न
पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न

३९ दिन अगाडि

पाठकबाट थप