मध्यविन्दु नगरपालिकाको १ नं. वडा पूर्ण विकू सदस्य वडा घोषित 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
मध्यविन्दु नगरपालिकाको १ नं. वडा पूर्ण विकू सदस्य वडा घोषित 

नवलपरासी (ब.सु.पू) । विकू बचत तथा ऋण सहकारी संस्था लिमिटेडले मध्यविन्दु नगरपालिकाको-१ नं. वडालाई पूर्ण विकू सदस्य वडा घोषित गरेको छ । मध्यविन्दु वडा नम्बर-१ मा १ हजार ६३ घरधुरि रहेकोमा १ हजार ११ घरधुरीका सदस्य अर्थात ९५ दशमलब १ प्रतिशत घर परिवारका सदस्य विकू साकोसमा सदस्य रहेका छन् । मध्यविन्दु नगरपालिकाका नगर प्रमुख भिमलाल अधिकारीले आज एक कार्यक्रमका विच मध्यविन्दु न.पा. को १ नं. वडालाई पूर्ण विकू सदस्य वडा घोषणा गर्नुभएको हो । कार्यक्रम संस्थाका अध्यक्ष प्रेम प्रसाद सापकोटाको अध्यक्षयता एवम् मध्यविन्दु नगरपालिकाका नगर प्रमुख अधिकारीको प्रमुख आतिथ्यता रहेको थियो । 

पूर्ण विकू सदस्य वडा घोषणापछि वित्तीय साक्षरता तालिम, सहुलियत दरमा ऋण लगानी, सचेतना, व्यवसायिक तालिम योग ध्यानका शिविर, प्लास्टिक रहित घर, योजना निर्माणमा सहयोग, खेलकुद र युवा कार्यक्रम, दीर्घ रोगको उपचारमा सहयोग लगायतका कार्यक्रम संस्थाले गर्ने जनाएको छ ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि अधिकारीले विकूले जनतालाई दिएको सेवा प्रभावकारी रहेको बताउनुभयो । सहकारी जनताको दुखकष्टको साथी हो, जनताको दुख, सुख, समस्या, ऋण धन, बालबालिका पढाउन, शिक्षा, स्वाथ्य होस् वा रोजगारमूलक व्यवसाय गर्न नै किन नहोस् विकू सहकारीले आफ्ना सदस्यहरुका लागि माइती घरको भूमिका निभाएको उहाँले बताउनुभयो । विकू विश्वासिलो र गर्विलो संस्था हो, आगामी दिनमा पनि नगरपालिकाको सहकार्य र समन्वयमा विविध कार्यक्रमहरु गरिने विचार व्यक्त गर्नुभयो ।  कार्यक्रमका विशिष्ट अतिथि मध्यविन्दु नगरपालिकाका नगर उपप्रमुख पुर्णकला चौधरीले मध्यविन्दु १ भाग्यमानी वडा भएको बताउनुभयो । उहाँले विकूमार्फत विपन्न बर्गले पनि आफ्नो जीवनस्तर उकास्न पाएको बताउनुभयो । 

कार्यक्रममा बोल्दै सस्थाका अध्यक्ष प्रेमप्रसाद सापकोटाले वडा कार्यालय, नगरपालिकासँग सहकार्य गरी गैरवित्तीय कार्यक्रमलाई सहयोग गर्ने, सदस्यको क्षमताका आधारमा आत्मनिर्भर बनाउने खालका कार्यक्रम गरिने बताउनुभयो । संस्थाका प्रमुख कार्यकारी अधिकृत माधव प्रसाद पौडेलले पूर्ण विकू सदस्य वडा घोषणापछि वित्तीय साक्षरता तालिम, सहुलियत दरमा ऋण लगानी, सचेतना, व्यवसायिक तालिम योग ध्यानका शिविर, प्लास्टिक रहित घर, योजना निर्माणमा सहयोग, खेलकुद र युवा कार्यक्रम, दीर्घ रोगको उपचारमा सहयोग लगायतका कार्यक्रम संस्थाले गर्ने बताउनुभयो । कार्यक्रममा मध्यविन्दु १ का वडाध्यक्ष तिलकराम न्यौपाने, जिल्ला बचत तथा ऋण सहकारी संस्था लि. नवलपुरका अध्यक्ष बद्री नेपाल, संस्थाका लेखा सुपरिवेक्षण समीति संयोजक कमल सुबेदी, संस्थापक अध्यक्ष खेमराज सापकोटा, मध्यविन्दु नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष मान बहादुर महतो, मध्यबिन्दु वडा नम्बर १ का वडा सदस्य जीवन गिरि, विकू नवलुम्बिनी सेवा केन्द्रका संयोजक बसन्तराज गिरि र चिरञ्जीवी काफ्लेले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा विभिन्न शैक्षिक तथा सामाजिक व्यक्तित्व, ज्येष्ठ नागरिक, विभिन्न वडाका वडाध्यक्ष्य, विभिन्न संघ सस्थामा आवद्ध प्रमुख तथा प्रतिनिधि, जनप्रतिनिधि लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा मध्यविन्दु नगरपालिका वडा नम्बर १ का ज्येष्ठ अग्रज नागरिकहरुलाई सम्मान गरिएको थियो । कार्यक्रममा संस्थाका उपाध्यक्ष कालिदास गौडेलले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने कार्यक्रमको सहजीकरण संस्थाका प्रमुख कार्यकारी अधिकृत माधव प्रसाद पौडेलले गर्नुभएको थियो ।
 
भर्खरै
बचाउने हो भने पहिले विश्वास बचाऔँ     
बचाउने हो भने पहिले विश्वास बचाऔँ     

२३ घण्टा अगाडि

बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ
बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ

२ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

३ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

श्री नवदुर्गा साकोसको २३औँ वार्षिक साधारण सभा सम्पन्न
श्री नवदुर्गा साकोसको २३औँ वार्षिक साधारण सभा सम्पन्न

५ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

६ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न
कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

७ दिन अगाडि

धनुषामा कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धनुषामा कृषक व्यवसाय खेल तालिम सञ्चालन 

७ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

३ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

६ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न
कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

७ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

११ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 
सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

१४ दिन अगाडि

वारा स्थित बरदान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
वारा स्थित बरदान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

८ दिन अगाडि

स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

११ दिन अगाडि

पाठकबाट थप