‘बचत ऋण सहकारी अभियानको छवि निर्माणमा दर्बिलो एकता आवश्यक छ’
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
 ‘बचत ऋण सहकारी अभियानको छवि निर्माणमा दर्बिलो एकता आवश्यक छ’

काठमाडौं । नेपालको बचत तथा ऋण सहकारी अभियान एक समय एशियाली राष्ट्रमै उदाहरणीय अभियानको रुपमा सम्मानित रहेको स्मरण गर्दै नेफ्स्कूनका बरिष्ठ उपाध्यक्ष दामोदर अधिकारीले अभियानको छवि पुर्ननिर्माणमा दर्विलो सामुहिक ऐक्यवद्धता आवश्यक रहेको बताउनुभएको छ । नेफ्स्कूनको आयोजना र एशियाली ऋण महासंघको प्राविधिक सहजीकरणमा काठमाडौंमा आयोजित एक्सेस परामर्श वैठकलाई सम्बोधन गर्ने क्रममा बरिष्ठ उपाध्यक्ष अधिकारीले अन्तर्राष्ट्रिय अभ्यासलाई अनुसरण गर्दै बचत तथा ऋण सहकारीको गुणस्तर सुधार साथै स्तरीकरण मार्फत व्यावसायिकता प्रवद्र्धनमा नेफ्स्कून निरन्तर लागिरहेको स्पष्ट पार्नुभयो । नेपालको कानुन तरल अवस्थामा रहेको अवसर पारेर सहकारी अभियानमा जताजतै निराशा छर्ने काम भएको छ, यसलाई चिर्न अभियानबीचको धैर्यता र  ऐक्यबद्धताले मात्रै दर्विलो इतिहास पुनः कायम गर्न सक्ने विचार व्यक्त गर्नुभयो । 

एशियाली ऋण महासंघकी प्रमुख कार्यकारी अधिकृत एलिनिता भि स्यान रोके (लेनी) ले कार्यक्रमलाई सम्बोधन गर्दै नेपालको बचत तथा ऋण सहकारी अभियानसँग करिब ३ दशकदेखि निकट रहेर काम गरेको अनुभव सेयरिङ गर्नुभयो । नेपालको क्रेडिट युनियनले यतिवेला चुनौतिपूर्ण समयको सामना गरिरहेको छ, यसलाई चिर्न प्रारम्भिक साकोसको सशक्तिकरण नै प्रमुख हो, उहाँले भन्नुभयो, “साकोस बलियो भएमा नेफ्स्कून बलियो हुन्छ, त्यसको संरक्षणका लागि सामुहिक एकता र ऐक्यवद्धता आजको आवश्यकता हो ।” 

कार्यक्रममा एशियाली ऋण महासंघ (अकू) को प्राविधिक सहजीकरणमा सञ्चालित साकोसको गुणस्तर सुनिश्चितताको कार्यक्रम एक्सेसमा आबद्ध देशभरका साकोसका प्रमुख कार्यकारी अधिकृत एवं व्यवस्थापकहरुको सहभागिता रहेको छ । हाल देशभरबाट ७३ बचत तथा ऋण सहकारी संस्थाहरु एक्सेस कार्यक्रममा आबद्ध छन् । 

कार्यक्रमको शुरुमा नेफ्स्कूनका पूर्व अध्यक्ष एवं सल्लाहकार, नेपालको सहकारी अभियानका मुर्धन्य व्यक्तित्व कैलाशभक्त प्रधानाङ्गको निधनप्रति एक मिनेट मौनधारण गरिएको थियो ।  

सहभागिहरुलाई स्वागत तथा कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत डा.शिवजी सापकोटाले एक्सेस कार्यक्रमलाई दिगो बनाउन र सहकारी मार्फत सदस्यहरुको जीवनस्तर सुधारमा सहयोग गर्न एक्सेसमा आबद्ध साकोसहरुको भूमिका महत्वपूर्ण हुनुपर्ने बताउनुभयो । नेफ्स्कूनले अगाडि सारेको एकरुपता प्रणालीमा अब सम्पूर्ण आबद्ध सदस्य साकोसहरु एकरुपताका साथ अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा संघका महासचिव घनश्याम अधिकारी, सञ्चालक गोपाल प्रसाद गौतम र खेम सुवेदी उपस्थित हुनुहुन्थ्यो । 

कार्यक्रममा अकू, नेफ्स्कून र एक्सेसमा आबद्ध साकोसका प्रमुख कार्यकारी अधिकृत एवं व्यवस्थापकहरुबिच  एक्सेस ब्राण्डलाई दिगो बनाउने, सदस्य सेवालाई उत्कृष्ट बनाउने, सदस्य सन्तुष्टी, वित्तीय सुरक्षा र सदस्यको जीवनस्तरमा परिवर्तन ल्याउने विषयमा दिनभर वृहत अन्तरक्रिया तथा अकूको प्राविधिक टीमबाट परामर्शको कार्य सञ्चालन भईरहेको छ ।

भर्खरै
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

६ घण्टा अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२१ घण्टा अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

२ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

४ दिन अगाडि

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल
इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

७ दिन अगाडि

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२१ घण्टा अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

४ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

४ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

२ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

६ घण्टा अगाडि

पाठकबाट थप