एक्सेस परामर्श वैठक सम्पन्न 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
एक्सेस परामर्श वैठक सम्पन्न 

काठमाडौं । नेफ्स्कूनको आयोजना र एशियाली ऋण महासंघको प्राविधिक सहजीकरणमा काठमाडौंमा आयोजित एक्सेस परामर्श वैठक तथा अन्तरक्रिया सम्पन्न भएको छ । कार्यक्रमको समापनमा धन्यवाद व्यक्त गर्दै नेफ्स्कूनका बरिष्ठ उपाध्यक्ष दामोदर अधिकारीले सहकारी कानुन निकै तरल अवस्थामा रहेको प्रशङ्ग उल्लेख गर्दै यो बर्ष बचत ऋण सहकारी अभियानका लागि चुनौतिपूर्ण बर्षको रुपमा रहेको बताउनुभयो । बचत ऋण अभियानले यतिवेला अप्ठ्यारो परिस्थितिको सामना गर्नुपरिरहेको छ, यो समयमा गुणस्तरयुक्त साकोसबाट समस्याको उपयुक्त सोलुसनको समेत अपेक्षा रहेको उहाँले बताउनुभयो । नेपालको बचत ऋण सहकारी अभियानलाई मसिनो सँग बुझ्नुभएका अकूका प्राविधिक प्रतिनिधिले अभियानको दिगोपना र सदस्य केन्द्रीयतालाई मध्यविन्दुमा राखेर विविध विषयमा परामर्श प्रदान गर्नुभएकोप्रति धन्यवाद व्यक्त गर्नुभएको थियो । 

बचत तथा ऋण सहकारी संस्थाको सेवा अझ बढी सदस्य केन्द्रित हुनुपर्नेमा कार्यक्रम लक्षित थियो । संस्थागत दिगोपना, वित्तीय सबलता र सदस्य सक्षमताको क्षेत्रमा साकोस अभियानले जोडबलका साथ काम गर्नुपर्ने अवस्थाप्रति ऐक्यबद्धता जनाईएको छ । 

नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत डा. शिवजी सापकोटाले क्वालिटी एसुरेन्समा गएका सिइओहरु बचत ऋण सहकारी अभियानमा एउटा सोलुसनको आधारको रुपमा रहनुपर्ने बताउनुभयो । उहाँले क्वालिटी एसुरेन्समा रहेका बचत ऋण सहकारी संस्थाहरुको बीचमा ऐक्यबद्धता रहँदै एक अर्काबिचको सपोर्टमा अभियान अगाडि बढ्ने विश्वास व्यक्त गर्नुभयो । एक उत्कृष्ट संस्थाले आफू नजिक रहेको अर्को सहकारी संस्थालाई कसरी संस्थागत गर्न सकिन्छ भन्नेमा सोच्ने समय आएको बताउनुभयो । 

नेफ्स्कून साकोस म्यानेजर्स क्लबका संयोजक भीम गुरुङले कठिन समयको यात्रामा रहेको बचत तथा ऋण सहकारी अभियानलाई दिगो र संस्थागत बनाउन अवका केही बर्ष अत्यन्त मेहनतका साथ काम गर्नुपर्ने विचार व्यक्त गर्नुभयो । संस्था पनि बचाउने र अभियानलाई पनि एउटा वेआउट दिने विषयमा केन्द्रीत यस छलफलबाट सहकारीकर्मीहरुमा एउटा छुट्टै उर्जाको सञ्चार भएको छ, यसले संस्था स्वयं र अन्य सहकारी संस्थाहरुलाई समेत सिकाउने थलोको रुपमा रुपान्तरित हुनुपर्नेमा उहाँले जोड दिनुभयो । 

एशियाली ऋण महासंघकी प्रमुख कार्यकारी अधिकृत एलिनिता भि स्यान रोके (लेनी) ले नेपालको बचत तथा ऋण सहकारी अभियानसँग करिब ३ दशकदेखि निकट रहेको अनुभव सेयरिङ गर्नुभएको थियो । चुनौतिपूर्ण समयको सामना गरिरहेको नेपालको क्रेटिड युनियन मुभमेन्टलाई सशक्त बनाउन प्रारम्भिक साकोसको भुमिका महत्वपूर्ण हुने बताउनुभयो । "साकोस बलियो भएमा नेफ्स्कून बलियो हुन्छ, त्यसको संरक्षणका लागि सामुहिक एकता र ऐक्यवद्धता आजको आवश्यकता हो । उहाँले भन्नुभयो ।” 

अकूका प्रमुख प्राविधिक अधिकृत रञ्जित हिताराचीले कोभिड पछि सहकारीले सामना गर्नुपरेका चुनौति तथा अवसरहरु, रणनीतिक समाधान, ऋण रिकभरीमा गर्नुपर्ने सुधार तथा व्यावहारिक समाधानका उपाय, जोखिम व्यवस्थापन अभ्यास, प्रविधि विकास, वित्तीय साक्षरता, संस्थागत दिगोपन, सहकारी नीति नियम तथा नियामकको व्यवस्थाहरु सम्बन्धी विविध विषयमा प्रस्तुतीकरण सहित परामर्श प्रदान गर्नुभएको थियो । 

समापनका अवसरमा संघका महिला उपाध्यक्ष शान्ति अधिकारी, महासचिव घनश्याम अधिकारी, सञ्चालक कमलादेवी गिरी, सञ्चालक गोपाल प्रसाद गौतम, सञ्चालक खेम सुवेदी उपस्थित हुनुहुन्थ्यो । 

कार्यक्रममा एशियाली ऋण महासंघ (अकू) को प्राविधिक सहजीकरणमा सञ्चालित साकोस गुणस्तर सुनिश्चितताको कार्यक्रम एक्सेसमा आबद्ध देशभरका साकोसका प्रमुख कार्यकारी अधिकृत एवं व्यवस्थापकहरुको सहभागिता रहेको थियो । हाल देशभरबाट ७३ बचत तथा ऋण सहकारी संस्थाहरु एक्सेस कार्यक्रममा आबद्ध छन् । 

भर्खरै
नेपालका दुई साकोसले पाए एशियास्तरको एक्सेस ब्रान्ड
नेपालका दुई साकोसले पाए एशियास्तरको एक्सेस ब्रान्ड

२ घण्टा अगाडि

नेफ्स्कूनद्वारा निजगढ नगरपालिकालाई कार्यालय सामग्री हस्तान्तरण
नेफ्स्कूनद्वारा निजगढ नगरपालिकालाई कार्यालय सामग्री हस्तान्तरण

१६ घण्टा अगाडि

सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

२ दिन अगाडि

सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन
सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन

२ दिन अगाडि

बचाउने हो भने पहिले विश्वास बचाऔँ     
बचाउने हो भने पहिले विश्वास बचाऔँ     

२ दिन अगाडि

बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ
बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ

३ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

४ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

५ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

५ दिन अगाडि

नेपालका दुई साकोसले पाए एशियास्तरको एक्सेस ब्रान्ड
नेपालका दुई साकोसले पाए एशियास्तरको एक्सेस ब्रान्ड

२ घण्टा अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

७ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न
कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

८ दिन अगाडि

नेफ्स्कूनद्वारा निजगढ नगरपालिकालाई कार्यालय सामग्री हस्तान्तरण
नेफ्स्कूनद्वारा निजगढ नगरपालिकालाई कार्यालय सामग्री हस्तान्तरण

१६ घण्टा अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 
सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

१५ दिन अगाडि

सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

२ दिन अगाडि

पाठकबाट थप